खबर
उपराष्ट्रपति यादवलाई गृह जिल्लामा भव्य स्वागत
निकासखबर संवाददाताबारा । उपराष्ट्रपति रामसहायप्रसाद यादवको गृह जिल्ला बारामा आज भव्य स्वागत गरिएको छ । उपराष्ट्रपति भएपछि उनी पहिलो पटक गृहजिल्ला आउँदा उनलाई सिमरा विमानस्थलमा भव्य स्वागत गरिएको हो । सिमरा विमानस्थलमा उपराष्ट्रपति यादवलाई मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, जसपाका मधेस प्रदेश अध्यक्ष रामबाबुकुमार यादव, नेपाली कांग्रेस मधेस प्रदेशका उपसभापति चन्द्रशेखरकुमार यादव, प्रदेश सरकाका अर्थमन्त्री सञ्जय यादव, संविधानसभा सदस्य प्रमोद गुप्ता, पूर्व मन्त्री, सङ्घीय सांसद, प्रदेशसभा सदस्य, सुरक्षा निकायका प्रमुखलगायतकाले स्वागत गरेका थिए । उपराष्ट्रपति यादवलाई स्वागत गर्न सर्वसाधारणको समेत उल्लेख्य सहभागिता रहेको थियो । दुई दिनको बसाइमा उहाँ जिल्लाको विभिन्न ठाउँमा आयोजना गरिने स्वागत तथा सम्मान कार्यक्रममा सहभागी हुने निमित…
आईटी ग्लोबल प्रालिले सञ्चालनमा ल्यायो अत्याधुनिक प्रविधिसहितको ‘इन्नोभेसन सेन्टर’
निकासखबर संवाददाताकाठमाडौं । आईटी ग्लोबल प्रालिले काठमाडौंमा ‘इन्नोभेसन सेन्टर’ स्थापना गरेको छ । डेल टेक्नोलोजीजसँगको सहकार्यमा कम्पनीले डेटा सेन्टर सोलुसनको रूपमा नेपालमा इन्नोभेसन सेन्टर स्थापना गरेको हो । सेन्टरमा लेटेस्ट हाइपर कन्भर्ज इन्फ्रास्ट्रक्चर, सफ्टवेयर डिफाइन स्टोरेज, सफ्टवेयर डिफाइन नेटवर्किङ, सफ्टवेयर डिफाइन म्यानेजमेन्ट र नेक्स्ट जेनेरेसन फायरवाल जस्ता अत्याधुनिक प्रविधिको प्रयोग गरिएको छ । इन्नोभेसन सेन्टर एउटा यस्तो प्लेटफर्म हो, जहाँ ग्राहकले डेटा सेन्टरलाई आवश्यक पर्ने सम्पूर्ण प्रविधि र त्यसका पूर्वाधार छनौट गर्नुभन्दा अगाडि प्रविधिको अनुभव लिन र त्यसलाई भ्यालिडेट गर्न सक्नेछन् । बैंकिङ, सरकारी, गैरसरकारी, दूरसञ्चार सेवा प्रदायक, फिनटेक लगायतका संस्थागत ग्राहकहरूलाई लक्षित गर्दै इन्नोभेसन सेन्टर सञ्चालनमा ल्याइएको आईटी ग्लोबल प्रालिका…
जनमत पार्टीले तोक्यो छ जिल्लामा इञ्चार्ज
निकासखबर संवाददाताकाठमाडौं । जनमत पार्टीले मधेसका छ जिल्लामा आफ्नो पार्टीको इञ्चार्ज तोकेको छ । जिल्लामा पार्टीको काम कारबाही अगाडि बढाउन र सङ्गठन विस्तार गर्ने गरी जिल्ला समिति गठन गर्न इञ्चार्जको जिम्मेवारी तोकिएको सो पार्टीले जनाएको छ । पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सिरहाको इञ्चार्ज तोकिएको अध्यक्ष सीके (चन्द्रकान्त) राउतले जानकारी दिए । उनका अनुसार पर्सामा माधवप्रसाद सिंह इञ्चार्ज, ओमप्रकाश सर्राफ संयोजक र मुकेश द्विवेदी सहसंयोजक तोकेका हुन् । यसैगरी रौतहटमा वृजकिशोर यादव, सर्लाहीमा श्रीचनराय यादव, महोत्तरीमा सौरभ साह, धनुषामा सुरेन्द्र मण्डल र सिरहामा विनोद यादव इञ्चार्ज तोकिएको सो पार्टीले जनाएको छ ।
निजी क्षेत्रलाई सशक्त नेतृत्वको आवश्यक छ : व्यवसायी श्रेष्ठ
निकासखबर संवाददाताउद्योगी व्यवसायीको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको साधारणसभा सन्निकट छ । उम्मेदवारी घोषणादेखि प्रचारप्रसारको काम समेत जारी छ । महासङ्घको विधानले वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष हुने व्यवस्था गरेको छ । सोही व्यवस्थाअनुसार नयाँ वर्षमा हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अध्यक्षको पद सम्हाल्ने छन् । मुलुकको अर्थतन्त्रमा समस्या देखिएको टिप्पणी भइरहेको छ । उद्योगी व्यवसायी, आम नागरिकले पनि समस्या भोग्नुपरेको छ । महासङ्घ नेतृत्वले व्यवसायीका समस्या समाधानमा ध्यान नदिएको गुनासो पनि बेलाबेलामा सुनिने गरेको छ । सरकारपछि देशव्यापी रुपमा ठूलो सञ्जाल रहेको महासङ्घको काम कारवाही, निर्वाचन तथा मुलुकको अर्थतन्त्रको बारेमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठसँग राष्ट्रिय समाचार समिति (रासस) का समाचारदाता…
लयमा फर्किंदै बन्दीपुरको होटल व्यवसाय
निकासखबर संवाददाताडुम्रे । पछिल्ला दिन ‘पहाडकी रानी’ले परिचित बन्दीपुरमा आन्तरिक एवं बाह्य पर्यटकको चहलपहल बढेको छ । पर्यटकको चहलपहल भएसँगै बन्दजस्तै भएको यहाँको होटल व्यवसायले पनि गति समात्न थालेको छ । बन्दजस्तै भएको व्यवसाय अहिले केही मात्रामा चयलायमान भएको बन्दीपुरका होटल व्यवसायी सूर्य ढकालले बताए । सर्वजानिक बिदा र शनिबारको दिनमा बन्दीपुरमा आन्तरिक पर्यटकको आवतजावत बढिरहेको उनको भनाइ छ । पूर्वाधारमा सहज व्यवस्थापन नहुँदा पनि केही असर गरेको उनले बताए । पहिले–पहिले पर्यटक धेरै आउँथे, फुर्सद हुँदैनथ्यो तर बीचमा पुनः बन्द जस्तै भए पनि आजभोली केही मान्छेहरु आउन लागेको बन्दीपुरका पर्यटन व्यवसायी काशीनाथ गुरुङले बताए । अहिले यहाँ पर्यटक कम मात्रामा…

