खबर
राप्ती लोकमार्ग: बिग्रियो ‘ओटासिल’
निकासखबर संवाददातातुलसीपुर । राप्ती लोकमार्ग ठाउँ–ठाउँमा जीर्ण छ । दाङ, सल्यान हुँदै रुकुमसम्म नै सडकबीचमा खाल्डाखुल्डी छन् । जिम्मा पाएका निर्माण कम्पनीले पनि समयमा काम गरेका छैनन् । जसले गर्दा आवतजावतमा पनि समस्या छ भने दुर्घटनाको जोखिम पनि उत्तिकै छ । “आवतजावत गर्दा धुलाम्मे हुन्छ, खाल्डाखुल्डीले पनि उत्तिकै समस्या पार्छ”, सल्यानबाट दाङ आउँदै गर्नुभएका यात्रु रुद्रबहादुर रेउलेले भने, “दुर्घटनाको जोखिम उत्तिकै छ ।” सल्यान कपुरकोटबाट तुलसीपुर पुग्दा मानिस चिन्न नसिकने अवस्था रहने यात्रुहरूको गुनासो छ । त्यस्तै समय पनि धेरै लाग्ने गर्छ । “धुलोले शरीर थपक्कै ढाकेको हुन्छ”, मोटरसाइकल चालक लक्ष्मण केसीले भने, “खाल्डाखुल्डीले गर्दा पहिलेजस्तो छिटो पनि आउन सकिँदैन, आधा…
बैतडीको हवाई सेवा एक वर्षदेखि बन्द
निकासखबर संवाददाताबैतडी । बैतडीको पाटनस्थित विमानस्थलमा हवाई सेवा बन्द भएको एक वर्ष भएको छ । धनगढी–बैतडी–धनगढी साप्ताहिकरूपमा हुने गरेको हवाई सेवा गत चैतदेखि बन्द भएको हो । साताको एक दिन बिहीबार समिट एयरले उडान भर्दै आएकामा गत चैत १० गते यहाँ अन्तिमपटक उडान भएको थियो । हवाई भाडा महँगो हुँदा र यात्रु नपाउँदा बन्द हवाई सेवा पुनःसञ्चालन हुन नसकेको समिट एयर बैतडीका प्रतिनिधि कृष्णदत्त भट्टले बताए । उनले भने, “यात्रु अभावका कारण उडान हुन सकेको छैन, यात्रु नै नभएपछि हवाई सेवा बन्द भएको छ ।” यसअघि उडान भर्दै आएको समिट एयरले अबदेखि उडान नभर्ने जनाएको छ । यात्रु अभाव हुन थालेपछि…
उत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्री
निकासखबर संवाददाताकाठमाडौं। प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले गरीब, बिपन्न र उत्पीडित वर्गको असली प्रतिनिधि पार्टी माओवादी केन्द्र र यसको नेतृत्व नै भएको बताएका छन् । शनिबार दिउँसो काठमाडौंमा आयोजित विश्व नेवार दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले गरीब र उत्पीडित वर्गले आफ्नो असल प्रतिनिधि चिन्न सक्नुपर्ने बताएकका हुन् कार्यक्रममा प्रधानमन्त्रीले भने, “नेपाल जनताको त्याग र बलिदानको बलमा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिक विशेषतासहितको संवैधानिक व्यवस्था गरिएको छ। यद्यपि, वर्तमान संविधान पनि हामीले अपेक्षा गरेजस्तै पूर्ण चाहिँ छैन। नयाँ संविधानमा पहिचान र अधिकार स्थापित गर्न म र हाम्रो पार्टीले मुख्य संघर्ष गरेको थियो। जे–जति अधिकार लेखिएका छन्, त्यसका लागि…
बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालक
निकासखबर संवाददातामकवानपुर । भौतिक पूर्वाधारको अभावलगायत समस्या भोग्दै आएको हेटौँटास्थित बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालक रहेका छन् । सङ्घीय सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत रहेको सो बाल सुधार गृहमा तोकिएको भन्दा दोब्बर बालक आश्रित रहेका छन् । करिब ३५ जनाको क्षमता रहेको सो बाल सुधार गृहमा अहिले ६८ बालक आश्रित छन् । सुधार गृहमा १८ वर्षमुनिका विभिन्न अभियोग लागेका र फैसला भएकालाई त्यहाँ राख्नुपर्ने प्रावधान भए पनि बढी उमेरकालाई समेत राख्नुपर्ने बाध्यता रहेको सुधारगृहका निमित्त प्रमुख प्रदीप गौतमले जानकारी दिए । हाल यहाँ १४ वर्ष उमेर पुगेका बालकदेखि २२ वर्षसम्मकालाई राखिएको छ । “सामान्य लेखपढ गर्नेदेखि ११ कक्षासम्म…
मौलिकता संरक्षणसँगै स्वरोजगार
निकासखबर संवाददाताम्याग्दी । आधुनिकताको बढ्दो प्रभावसँगै मौलिक सीप, हस्तकला र काष्ठकलाका सामग्रीको प्रयोग घटेको छ । नयाँ संरचनामा प्रयोग नहुने र पुराना नासिँदै जाँदा मौलिक सीपयुक्त काष्ठकलाका सामग्री लोप हुँदै गएका छन् । सीपयुक्त दक्ष जनशक्तिको अभाव पनि मौलिक हस्तकला र काष्ठकलाको सामग्रीको भौतिक संरचनामा प्रयोग घट्नुको कारण हो तर म्याग्दीका तीन युवा मौलिक सीपको संरक्षणसँगै स्वरोजगार बन्ने प्रयासमा छन् । बेनी नगरपालिका–६ जामुनाखर्कका अशोक शाही, बेनी नगरपालिका–८ का अमर विश्वकर्मा र रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका रुपेश परियारले हस्तकलाको सीपलाई अर्थोपार्जनका साथै मौलिकता संरक्षणमा परिचालन गरेका हुन् । घर, भवन, मन्दिर, गुम्बा, सङ्ग्रहालयमा राखिने काठका टुँडाल, झ्याल, ढोका, थाम, कुर्ची, खाट, दराजमा…

