खबर
प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले गर्याे आन्दाेलनकाे घाेषणा
निकासखबर संवाददाताकाठमाडौं । कोशी प्रदेशको नामकरण खारेजीमा माग राख्दै आएको ‘प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति’ ले आन्दोलन बढाउँदै जाने भएको छ । गत चैत ५ गते विराटनगरमा भएको आन्दोलनमा सशस्त्र प्रहरीको लाठी प्रहारबाट लिम्बुवान भोलन्टियर्स केन्द्रीय सिनियर कमान्डर पदम लिम्बू लाजेहाङको मृत्यु भएपछि समितिले आन्दोलनका कार्यक्रम बढाउने निणर्य गरेको हो । समितिका अनुसार कोशी नाम खारेजीको आन्दोलनमा प्रहरीको कुटाइबाट लिम्बूको मृत्यु भएको विरुद्धमा आज विभिन्न विरोधका कार्यक्रम हुनेछन् । आजै साँझ ५ देखि ६ बजेसम्म विरोध सभा र शनिबार १ देखि २ बजेसम्म चक्का जाम गर्ने समितिले जनाएको छ । आफूहरुको माग पूरा नभएसम्म शव नबुझ्ने र आन्दोलनका…
वरिष्ठ रेडियोकर्मी ताम्राकारको निधनमा मन्त्री शर्माद्वारा शोक व्यक्त
निकासखबर संवाददाताकाठमाडौं । सन्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधनमा व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेकी छन् । मन्त्री शर्मा देश बाहिर रहेकाले उहाँको तर्फबाट सन्चार बिज्ञ नरेन्द्र केसीले आर्यघाट पुगेर श्रद्धाञ्जली अर्पण गरेकी हुन् । ताम्राकारको ८७ वर्षको उमेरमा विहीबार राति काठमाडौंमा निधन भएको थियो । रेडियो नेपालकी पूर्व समाचार सम्पादक एवं समाचार वाचक ताम्राकार नेपाली सन्चार क्षेत्रको एउटा युग भएको उल्लेख गर्दै मन्त्री शर्माले उनको स्वर र योगदानलाई नेपाली जनताले युगयुग सम्म सम्झिरहने बताएकी छन् ।
पहिचान सिहतको प्रदेश नामाकरण हुनुपर्ने मागसहित भएको आन्दोलनका घाइते लिम्बूको निधन
निकासखबर संवाददाताविराटनगर । कोशी प्रदेशको नामकरणविरुद्ध गत चैत ५ गते विराटनगरमा भएको आन्दोलनमा सशस्त्र प्रहरीको लाठी प्रहारबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ । प्रदेश खारेजीको माग गर्दै आन्दोलनमा सहभागी लिम्बुवान भोलन्टियर्स केन्द्रीय सिनियर कमान्डर पदम लिम्बू लाजेहाङको शुक्रबार मृत्यु भएको हो । आन्दोलनमा गम्भीर घाइते भएका लाजेहाङको उपचारका क्रममा शुक्रबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको संघीय लिम्बुवान पार्टीका सुनसरी अध्यक्ष अमर इजमले जानकारी दिए । मोरङको लालभित्ती घर भएका उनी धरान १५ मा बस्दै आएका थिए । टाउकोको देब्रे पट्टी ब्रेनमा खुन जमेपछि चिकित्सकहरूले शल्यक्रिया गर्नुपर्छ भनेका थिए । तर, बेहोस अवस्थामा शल्यक्रिया गर्न नमिल्ने…
इटालीसँग व्यापारघाटा कम गर्न प्रभावकारी आर्थिक कूटनीति जरुरी
निकासखबर संवाददाताकाठमाडौं । युरोपेली मुलुक इटालीसँग नेपालको व्यापारघाटा कम गर्दै नेपाली वस्तुको निकासी बढाउन आर्थिक कुटनीति बलियो बनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । नेपालमा इटालीको दूतावास नभएको र इटालीमा पनि नेपाली दूतावास नभएकाले द्विपक्षीय व्यापारमा नेपालले अपेक्षित लाभ लिन नसकेको उनीहरुको भनाइ छ । गत आर्थिक वर्षको तथ्यांकअनुसार हाल इटालीसँग नेपालको वार्षिक २ अर्ब ५६ करोड ६४ लाख बराबरको व्यापारघाटा रहेको छ । नेपाल इटाली उद्योग वाणिज्य संघको नवौं वार्षिक साधारण सभालाई बिहीबार राजधानीमा सम्बोधन गर्दै उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले भारत, चीन लगायतका देशसँगको तुलनामा इटालीसँगको व्यापारघाटा अनुपात कम भए पनि यसमा सन्तुष्ट हुन नसकिने धारणा राखे…
पुरानो संसद् भवन नभत्काउन निर्देशन
निकासखबर संवाददाताकाठमाडाैं । संसदीय समितिले सिंहदरबारस्थित पुरानो संसद् भवन नभत्काउन निर्देशन दिएको छ । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको आजको बैठकले कला, संस्कृतिसहित इतिहास बोकेका पुरानो भवनको निर्माणाधीन नयाँ भवनले प्रतिनिधित्व गर्न नसक्ने बताउँदै पुरानो भवन नभत्काउन निर्देशन दिएको हो । नभत्किएसम्म भत्काउन जरुर नरहेको समितिका सभापति मायाप्रसाद शर्माले बताए । उनले भने, “विभिन्न कालखण्डका इतिहास बोकेका भवनको संरक्षण गर्यो भने आउने पुस्तालाई साक्षीको रूपमा रहन्छ । पुर्खाको इतिहास मास्न हुँदैन । भवनको संरक्षणतर्फ सबैले पहल गर्नुपर्छ ।” निर्माणाधीन सङ्घीय संसद्मा सङ्घीय पुस्तकालय समयसापेक्ष अनुरुप र व्यवस्थित ढङ्गको हुनुपर्ने सभापति शर्माले बताए । बैठकमा संस्कृति, पर्यटन तथा उड्डयन मन्त्रालयका सचिव…

