खबर
कोशी प्रदेश नामाकरण विवादपछि भएका घटनाको छानविन गर्न सरकारले समिति गठन
निकासखबर संवाददाताकाठमाडौं । कोशी प्रदेश नामाकरण विवादपछि चैत ५ गते भएको घटनाको छानविन गर्न सरकारले समिति गठन गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डको’ आव्हानमा प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि सरकारले छानविन समिति गठन गर्ने निर्णय गरेको हो । कोशी प्रदेश नामाकरण विवादपछि देखिएको घटनाक्रमप्रति सरकार गम्भीर रहेकोे र चैत ५ गते भएको घटनाका सम्बन्धमा गृहमन्त्रालयले समिति गठन गरी तत्काल छानविन अघि बढाउने सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । समग्र घटनाका सम्बन्धमा छलफल गर्न सरकारले सम्बन्धित पक्षलाई संवादका लागि पनि आव्हान गरेको छ ।
बागमतीमा जम्कट्टेलले पाए विश्वासको मत
निकासखबर संवाददातामकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । शुक्रबार मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मतका लागि प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्तावमा भएको भोटिङमा ९१ मत पाउँदै जम्कट्टेलले विश्वासको मत पाएका हुन् । कुल ९१ सांसद उपस्थित रहेकामा १७ सांसदले भने उक्त प्रस्तावको विपक्षमा मत दिएका थिए । त्यस्तै ७ सांसद तटस्थ बसेका थिए । बागमतीमा ११० सदस्यीय प्रदेशसभा छ ।
३० औं प्रहरी महानिरीक्षक बसन्त कुँवर
निकासखबर संवाददाताकाठमाडौ । प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्त भएका छन् । सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बसन्तबहादुर कुँवरलाई आईजीपी नियुक्त गरेको हो । सरकारको निर्णयसँगै कुँवर नेपाल प्रहरीको ३० औँ प्रहरी महानिरीक्षक बन्न सफल भएका छन् । प्रहरी महानिरीक्षकका पाँच जना प्रतिस्पर्धी मध्ये वरियतामा कुँवर एक नम्बरमा थिए । कुँवर २०५१ चैत ५ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षकमा बढुवा हुँदा कुँवर एक नम्बर वरियतामा बढुवा भए ।चैत ६ मा मन्त्रिपरिषद्ले कुँवरसहित ५ जनालाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गरेको थियो । एआईजी हुँदा पनि कुँवर एक नम्बर वरियतामा थिए । वरिष्ठ उपरीक्षकबाट…
ठेकेदारको लापरवाहीले स्वास्थ्यचौकी अलपत्र
निकासखबर संवाददाताबाग्लुङ, १० चैत, २०७९ । बागलुङको तमानखोला गाउँपालिकाका स्थानीयले स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य एकाइमा उपचार गराउँदै आएका छन् । यहाँ अहिलेसम्म ठूलो अस्पताल बनेका छैनन् । सरकारको ‘एक पालिका, एक आधारभूत अस्पताल’को नीतिअनुसार वडा नं ५ को खुङ्खानीमा तमानखोला आधारभूत अस्पताल निर्माणाधीन अवस्थामा छ । दुई वर्ष अगाडिदेखि निर्माण सुरु भएको उक्त अस्पताल ठेकेदारको लापरवाहीका कारण अहिलेसम्म सम्पन्न हुनसकेको छैन । निर्माणाधीन अस्पताल अहिले अलपत्र बनेको छ । गाउँमै पालिकास्तरीय अस्पताल बन्न थालेपछि खुसी भएका स्थानीय लामो समयदेखि काम नहुँदा निराश बनेका छन् । अस्पताल निर्माणका लागि विसं २०७७ असार २० गते ज्ञान ज्योति÷कुँवर आयोजना जेभीले १३ करोड लागतमा निर्माणको…
वर्षाैँदेखि हराएका प्रहरी कर्मचारी खाेज्दै प्रहरी प्रधान कार्यालय
निकासखबर संवाददाताकाठमाडौं । एक वर्षभन्दा बढी समयदेखि बिना सूचना ड्युटीमा उपस्थित नहुने आफ्ना कर्मचारीलाई तत्काल सम्पर्कमा आउन नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक सूचना जारी गरेको छ । प्रहरी प्रधान कार्यालयको कानून शाखाले दश जना प्रहरी कर्मचारी आफूखुशी कार्यालयमा गैरहाजिर रहेको भन्दै सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको हो । उनीहरु लामो समयावधिदेखि कार्यक्षेत्रमा गैरहाजिर रहेको र खोजतलास गर्दा पनि सम्पर्कमा आउन नसकेको भन्दै सूचनामा सात दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित उपस्थित हुन भनिएको छ । पञ्हरी पञ्धान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगञ्ज दरबन्दी भएका प्रहरी हबल्दार दिपेन्द्र सिंह २०७८ साल फागुन १० गतेदेखि सम्पर्कमा नआएको प्रहरी हेडक्वाटरले जनाएको छ । त्यस्तै, प्रहरी जवान दिपु…

