खबर
वर्षमानद्वारा प्रचण्ड र देउवासँग फोन संवादः सहकार्य कसिलो बनाएर जनपक्षीय काम गर्न सुझाव
निकासखबर संवाददाताकाठमाडाैं । चीनमा उपचाररत नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवासँग टेलिफोन संवाद् गरेका छन् । पुनले प्रचण्डसँग सोमबार र देउवासँग मंगलबार संवाद गरेको उनको सचिवालयले जनाएको छ । नेता पुनले संसदका झण्डै दुई तिहाई सदस्यले विश्वासको मत दिएकामा प्रधानमन्त्रीलाई बधाई दिए । दुवै नेतासँग उनले राजनीतिक स्थायित्व, संविधानको रक्षा तथा जनआकांक्षाअनुसार सुशासन, विकास र रोगजारी श्रृजना गर्ने गरी सरकार र सत्ता गठबन्धन अघि बढ्नुपर्ने बताए । ‘को प्रधानमन्त्री र को मन्त्री बन्न भन्ने कुरासँग जनतालाई त्यति धेरै चासो छैन’, पुनले भने, ‘व्यवस्था परिवर्तनका लागि राजनीतिक नेतृत्वलाई साथ दिएका…
स्वास्थ्यकर्मी बलियो भए मात्र नागरिक स्वास्थ्य हुन्छन्ः प्रदेश सदस्य सुरेश श्रेष्ठ
सन्जिब दुलालभक्तपुर । बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले स्वास्थ्यकर्मी बलियो भए मात्र नागरिक स्वस्थ हुने बताएका छन् । नेपाल स्वास्थ्य कर्मी युनियनको चौथो भक्तपुर जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले स्वास्थ्यकर्मी तन मन र बचनले बलियो भए मात्र नागरिक स्वास्थ्य हुने बताएका हुन् । नेपालमा स्वास्थ्य कर्मी आफै आफ्नो हक हितका लागि लड्नु पर्ने बाध्यता रहेको छ, सङ्घ प्रदेश र स्थानीय तहको संरचनाको मारमा स्वास्थ्यकर्मी पनि परेका छन् । अहिलेको अवस्थामा स्वास्थ्य कर्मी आफै खुम्चनु पर्यो भने आम नागरिकको अवस्था के हुने यसको विषयमा सोच्नु पर्ने अवस्था आएको बताए । हाल सम्म पनि सङ्घीयता कार्यान्वयनको अवस्थामा नपुगेको बताउँदै उनले यसको मार…
चितवनबासीले ‘गिरिजाबाबु’लाई गर्ने स्मरण
नारायण अधिकारीचितवन । नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेता गिरिजाप्रसाद कोइरालाको आज १३औँ स्मृति दिवस मनाइँदैछ । नेपाली कांग्रेस, भातृसङ्गठनलगायतका विभिन्न सङ्घ संस्थाले उहाँको स्मृतिमा विभिन्न कार्यक्रम गरी मनाउने गरेका छन् । कोइरालालाई मुलुकले पूर्वप्रधानमन्त्रीका साथै लोकतान्त्रिक गणतन्त्रको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका नेताका रुपमा समेत स्मरण गर्दछ । वर्तमान राजनीतिक उपलब्धि तत्कालीन दशवर्षे सशस्त्र द्वन्द्वको अन्त्यका लागि गरिएको शान्ति सम्झौता र त्यसपछिको संविधानसभा निर्वाचनबाट मात्र सम्भव भएको थियो । जसमा स्वर्गीय कोइरालाले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । कोइरालालाई बृहत्त शान्ति सम्झौताका एक हस्ताक्षरकर्ताका रुपमा पनि चिनिन्छ । तर चितवनबासीका लागि भने उहाँलाई सम्झिनेरहने अन्य कारण पयिन छन् । उनकै नेतृत्वमा…
बाबुराम र नाराणकाजी सँगै गोरखा पुगेर प्रधानमन्त्रीले गरे सडक शिलान्यास
निकासखबर संवाददाताकाठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा पालुङटार पुगेर ‘पन्थहिटी–कटहरे–हर्मी–साहिलटार सडक स्तरोन्नति योजना’ को शिलान्यास गरेका छन् । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको गृहनगर रहेको गोरखा पालुङटार नगरपालिकाको बिमिरेमा आयोजित कार्यक्रमा प्रधानमन्त्री प्रचण्डले शिलान्यास गरेका हुन् । मंगलबार बिहान बालुवाटारबाटै हेलिकोप्टरमार्फत प्रधानमन्त्री प्रचण्डसहितको टोली गोरखा पुगेको थियो । यो उनको निर्वाचन क्षेत्र पनि हो । प्रधानमन्त्री प्रचण्डसँगै कार्यक्रममा पूर्वप्रधानमन्त्री डा.भट्टराई, उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, सांसद हितराज पाण्डे, प्रदेश सांसद फणिन्द्र देवकोटा र शुरेन्द्र पाण्डे, पालुङटारका मेयर विवश चिन्तन सहभागी थिए । यस योजनाअन्तर्गत पन्थहिटीदेखि साहिलटारसम्मको झण्डै साढे २० किलोमिटर सडक चौडा गर्ने, नाली र टेवा पर्खाल निर्माण गर्ने तथा…
सरकारले ‘अयोग्य लडाकु’ लाई २ लाख रूपैयाँ दिने
निकासखबर संवाददाताकाठमाडौं । सरकारले माओवादीका बहिर्गमित ‘लडाकु’हरूलाई राहत दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले अयोग्य लडाकुहरूलाई कार्यविधि बनाएर जनही दुई लाख रूपैयाँ दिने निर्णय गरेको हो । यसअघि २०७३ सालमा बहिर्गमित लडाकुलाई दिने भनिएको रकम सर्वोच्च अदालतका कारण रोकिएको थियो ।त्यही रकम अहिले दिन लागिएको बताइएको छ । कार्यविधि बनाएर प्रत्येकलाई दुई लाख दिने निर्णय भएको जनाइएको छ । नेकपा माओवादी केन्द्र शान्ति प्रक्रियामा आएपछि अनमिनको प्रमाणीकरणमा नपरेका लडाकुहरू चार हजार हाराहारी छन्। अनमिनले लडाकुहरूमध्ये ककसले युद्धमा भाग लिएका हुन् वा होइनन् र ककसको उमेर लडाकु हुन पुगेको छ कि छैन भनेर छानिबिन गरेको थियो। छानबिनका आधारमा युद्धमा भाग…

