खबर

दोस्रोपटक पाए प्रधानमन्त्री प्रचण्डले विस्वासको मत
निकासखबर संवाददाता

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले दोस्रोपटक प्रतिनिधि सभाबाट विस्वासको मत प्राप्त गरेका छन् । प्रचण्डले प्रधानमन्त्री भएपछि संसदमा दोस्रो पटक विश्वासको मत लिएका हुन्। सोमबारको प्रतिनिधिसभा बैठकमा २६२ जना सांसद उपस्थित रहेकोमा १७२ जनाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएका थिए । उनको विपक्षमा ८९ मत खस्यो भने एक जना तटस्थ रहेका थिए । राष्ट्रपति र उपराष्ट्रपति चयनका सन्दर्भमा अघिल्लो गठबन्धनबीच सहमती हुन नसकेपछि नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्रीलाई विश्वासको मत लिनुपर्ने परिस्थिति सिर्जना भएको हा‍े । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेकाे छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल गत…

जग्गा वर्गीकरण नहुँदा पर्वतमा जग्गा कारोबार ठप्प
निकासखबर संवाददाता

पर्वत । पर्वतमा जग्गा वर्गीकरणमा ढिलाइ हुँदा झण्डै १० महिनादेखि जग्गाको कारोबार ठप्प बनेको छ । जिल्लाका स्थानीय तहहरूले जग्गा वर्गीकरण गर्न नसक्दा कित्ताकाटदेखि खरिद बिक्रीलगायत कारोबार गत असारदेखिनै ठप्प बनेका हुन् । जिल्लामा कतिपय स्थानीयतहले भूउपयोग कार्यान्वयन समिति गठन गरे पनि केही स्थानीयतहले गठनसमेत गर्न सकिरहेका छैनन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको निर्देशिका र परिपत्रबमोजिम स्थानीय तहहरुले वर्गीकरणको काम थालनी गर्न नसक्दा जग्गाको कारोबार हुन नसकेको हो । भूउपयोग ऐन २०७६ र नियमावली २०७९ मा जग्गाको वर्गीकरण गरेपछि मात्रै कित्ताकाट, खरिद बिक्री गर्न पाउने व्यवस्था रहेको छ । सोही व्यवस्थाको कार्यान्वयनमा कडाइ गर्न सबै सात सय…

आफूले जन्माएको बच्चाको माया सबैलाई हुन्छ, प्रचण्डलाई यो परिर्वतनको माया छः सिके राउत
निकासखबर संवाददाता

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त सिके राउतले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने बताएका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले नेपालमा संघीयता नौलो कुरा नरहेको बताए। नेपालमा बाइसे, चौबिसे राज्य भनेको संघीयता नै रहेकाले पछिल्लो समय पुनः स्थापित गर्न प्रधानमन्त्री प्रचण्डले महत्वपूर्ण भूमिका खेलेको बताए। उनले सरकारसँग आफ्ना केही असन्तुष्टि रहे पनि त्यसलाई मध्यनजर गरेर सरकार अघि बढ्ने विश्वास रहेको बताए। उनले भने, ‘आफूले जन्माएको बच्चाको माया सबैलाई हुन्छ भनेझैँ, प्रधानमन्त्री पुष्पकमल प्रचण्डले पनि यत्रो संघर्ष गरेर संघीयता ल्याउनुभएको छ । संघीयता नेपालको सन्दर्भमा कुनै नौलो कुरा होइन, पहिला पनि बाइसे,…

देबेन्द्र पौडेलको प्रश्नः के राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नु गलत थियो ?
निकासखबर संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता देवेन्द्र पौडेलले राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि राष्ट्रिय सहमतिको खाँचो रहेको बताए । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलका क्रममा उनले निर्वाचनबाट प्राप्त जनमतले दलहरु एकताबद्ध भएर जानुपर्छ भन्ने देखाएको बताए । सबै राजनीतिक दललाई एकताबद्ध बनाएर लैजानुपर्ने अहिलेको जनमत रहेको र मिलेर जाने भन्ने अहिलेको जनमत भएको भन्दै उनले राष्ट्रपति जस्ता देशको प्रमुख पद सहमतिमा गरौँ भन्दा एमालेका नेताहरु किन भाग्नु पर्यो ? भनेर प्रश्न गरे । सहमतिमै राष्ट्रपति, उपराष्ट्रपति चयनमा मिलेर जान सकिँदैन थियो ?” उनले प्रश्न गरे । सङ्क्रमणकालीन न्याय टुङ्ग्याउन, देशका यावत समस्या…

सरकार शान्ति प्रक्रिया अविलम्ब टुंग्याउन चाहन्छः प्रधानमन्त्री प्रचण्ड
निकासखबर संवाददाता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार शान्ति प्रक्रियालाई टुंग्याउन चाहेको बताएका छन् । सोमबार प्रतिनिधिसभामा विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै प्रधानमन्त्री प्रचण्डले शािन्त प्रकृयालाई निष्कर्षमा पुर्याउने बताएका हुन् । विविध कारणले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने काम नभएको बताउँदै वर्तमान सरकारले अविलम्ब यो प्रक्रिया टुंग्याउन चाहेको बताए । अन्तराष्ट्रिय मानवअिधकार तथा मानवीय कानुन, संक्रमणकालीन न्यायका मान्यता र सिद्धान्त, पीडित सरोकारवालाका सुझाव र सर्वोच्च अदालतको आदेशका आधारमा वेपत्ता पारिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक तयार गरी संसदमा पेश गरिसकिएको उनले बताए । उनले संक्रमणकालीन न्यायसम्बन्धी विषय कुनै दल विशेषको मुद्दा नभएको भन्दै…