खबर
लालीगुराँसले राताम्य सोलेडाँडामा पर्यटकको चहलपहल
निकासखबर संवाददाताढोरपाटन । सिरसिर हावा चलिरहने । चिरबिर–चिरबिर चराको आवाज आइराख्ने सोलेडाँडाको विशेषता हो । हरियाली वनपाखा । त्यसमाथि राताम्य फुलेका लालीगुँरासले यहाँ पुग्ने जोकोहीको मन लोभ्याउने गर्छ । बागलुङ र म्याग्दी जिल्लाको सिमाना रहेको सोलेडाँडामा अहिले गुराँससँग रम्नेको घुइँचोनै लाग्ने गरेको छ । लामो समयको घडेरीपछि केही दिनदेखि परेको सिमसिमे वर्षाले गुराँस फूल वनैभरि फुलेको छ । वनैभरि फुलेका गुराँससँग रम्न बागलुङ र म्याग्दीबाट दैनिक आन्तरिक पुग्ने गरेका छन् । बाह्रै महिना पर्यटकले भरिने सोलेडाँडा यो समयमा कुनै पनि दिन खाली छैन । दुवै जिल्लाबाट मोटर बाटोले जोडिएको सोलेडाँडामा पर्यटक कतिपय गाडी लिएर त कति पैदलयात्रामार्फत यहाँ घुम्न आउने गरेका…
राज्य सबैको अभिभावक हो, कसैप्रति विभेद गर्दैनः मन्त्री मोदी
निकासखबर संवाददातामोरङ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले राज्यले कसैप्रति विभेद नगर्ने बताएका छन् । मोरङको रंगेलीमा नेपाल सन्थाल इसाई समाजले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् । “राज्य सबैको अभिभावक हो, कुनै जाति वा धर्म विशेषलाई लिएर राज्यले कसैप्रति विभेद गर्दैन” मन्त्री मोदीले भने । माओवादीको नेतृत्वमा भएको जनयुद्धकै कारण मुलुक धर्मनिरपेक्षता गएको बताउँदै उनले भने, “माओवादी जनयुद्धकै कारणले देश धर्मनिरपेक्षतामा गएको हो, कोही हिन्दु धर्म मान्नेहरु होलान्, कोही मुस्लिम, बौद्ध धर्म त कोही क्रिश्चियन होलान्, धर्मको आधारमा राज्यले कसैलाई विभेद गर्दैन ।” राज्यको कुनै एउटा धर्म हुन नसक्ने उनको भनाई थियो ।…
४६ अर्ब लगानीको काँकडभिट्टा–लौकही सडक विस्तार आगामी वर्षदेखि
निकासखबर संवाददाताकाठमाडौं। पूर्वपश्चिम राजमार्गमा पर्ने पूर्वको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्मको सडक विस्तार अगामी वर्षदेखि सुरु हुने भएको छ । ४६ अर्ब लागत अनुमान गरिएको आयोजनालाई ५ प्याकेजमा ठेक्का लगाइने भएको छ। यसमा काम गर्न इच्छुक निर्माण कम्पनीहरुले बुझाएका आर्थिक प्रस्ताव मूल्यांकनका क्रममा छन् । एसियाली विकास बैंक आयोजना निर्देशनालयका इन्जिनियर राकेश महर्जनका अनुसार सडक विस्तारका लागि ठेक्का प्रक्रिया थालिएको छ। ठेक्काको प्रक्रिया लामो हुने भएकाले आगामी आर्थिक वर्षबाट निर्माण कार्य सुरु हुने उनले बताए । महर्जनका अनुसार प्याकेज –१ मा पर्ने काँकडभिट्टादेखि ४५ किलोमिटरसम्मको सडक विस्तार गर्न इबारासकम कालिका जेभी प्राविधिक रुपमा छनोट भएको छ । त्यसपछिको ८५ किमी दोस्रो प्याकेजमा रहेको…
सभामुख घिमिरेको अभिव्यक्तिप्रति नेमकिपा सांसद सुवालको आपत्ति
निकासखबर संवाददाताकाठमाडौं । नेपाल मजदुर किसान पार्टी नेमकिपाका सांसद प्रेम सुवालले सभामुख देवराज घिमिरेको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले एमाले, कांग्रेस र माओवादीले जत्तिकै चित्रबहादुर केसी, प्रभु साह र प्रेम सुवालले बोल्न भाग खोजेको भन्ने सभामुख घिमिरेको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् । ‘सभामुखको एउटा न्युज आएको छ । एमाले, कांग्रेस, माओवादीजत्तिकै चित्रबहादुर केसी, प्रभु साह र प्रेम सुवालले बोल्नलाई भाग खोज्यो रे, सभामुख महोदय त्यसरी यहाँबाट व्यक्त नभएको हुनुहुपर्छ । मैले पनि त्यो भ्वाइस सुनेको हो । यहाँको होइन होला सभामुख महोदयको । त्यो हुनुहुँदैन यस्तो अभिव्यक्ति,’ सुवालले भने, ‘बोल्नुपर्छ संसदमा । कति लाख खर्च हुन्छ…
ओखलढुंगाबाट सवारी अनुमतिपत्र प्रदान गरिने
निकासखबर संवाददाताओखलढुंगा । माथिल्लो सगरमाथाका नागरिकले अब सवारी अनुमतिपत्र लिनका लागी बाहिर जानुपर्ने बाध्यता हटेको छ । ओखलढुंगाको रुम्जाटरमा स्थापना गरिएको यातायात व्यवस्थापन कार्यालयबाटै लाइसेन्स दिने कार्यको सुरुवात भए पछि यो वाध्गयाता हटेको हो । लाइसेन्स सेवाको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले उद्घाटन गरेका हुन । उद्घाटन पछि बोल्दै मुख्यमन्त्री कार्कीले अब नागरिकलाई घर आँगनमै सेवा दिने गरि लाइसेन्स सेवा सुरु भएकाले ओखलढुंगा, सोलुखुम्बु र खोटाङका नागरिक लाभान्वित हुने विश्वास व्यक्त गरे । सवारी लाइसेन्स, दर्ता, नविकरण लगायतका सबै काम ओखलढुंगाबाट हुने गरि कार्यालय स्थापना भएपछि यसक्षेत्रका सेवाग्राहीलाई सहज भएको छ । यसअघि यातायात सम्बन्धी सामान्य कामका लागि पनि प्रदेश नम्बर…

