खबर

पत्रकारितासँगै व्यावसायिक अचार उत्पादनमा ‘बन्दना’
निकासखबर संवाददाता

पाल्पा । व्यक्ति एक ठाउँअनुसार उसको भूमिका अनेक हुन सक्छन् भन्ने उदाहरणीय बन्नुभएको छ, बन्दना पोखरेल । पत्रकारिता, सामाजिक अभियान्ताको रुपमा पाल्पामा राम्रो पहिचान बनाएकी पोखरेलको परिचय हिजोआज उद्यमीसँग जोडिएको छ । पाल्पामा सक्रियरुपमा पत्रकारितासँगै महिला सशक्तीकरण, महिला हिंसाविरुद्ध सशक्तरुपमा नेतृत्व गर्दै आएकी पोखरेल यतिबेला अचार उद्यमीको रुपमा  कहलिएकी  छन्। पत्रकारिता गर्ने क्रममा गाउँघरका महिला, किसान, अन्याय, हिंसा, समानता, सशक्तीकरणका कुरामा कलम चलाउने र उनीहरुका आवाजलाई मिडियामा ल्याउने क्रममा आफू पनि यसबाट प्रभावित भएर व्यवसायमा होमिएको उनले बताइन् । एक वर्षअघिदेखि उहाँले रामपुरमा अचार उत्पादन सुरु गरेकी छन्  । पारिवारिक अवस्था अब्बल रहे पनि आफ्नो व्यवसायबाट अरु महिलाले पनि सिको…

को हुन् उपराष्ट्रपतिमा निर्वाचित रामसहाय प्रसाद यादव ?
निकासखबर संवाददाता

काठमाडौं । मुलुकको तेस्रो उपराष्ट्रपतिका लागि शुक्रबार सम्पन्न मतदानबाट जनता समाजवादी पार्टी जसपा नेपालका संसदीय दलका नेता एवं पूर्वमन्त्री रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । यादवको जन्म विसं २०१७ साउन ९ गते बुवा स्व प्रसाद राय यादव र आमा स्व सिहवा देवी यादवका कान्छो छोराका रूपमा बाराको कचोर्वा–८ बसवरियामा भएको हो । उनका दुई दाजुभाइ तथा तीन दिदीबहिनी छन् । साथै श्रीमती, दुई छोरा र एक छोरी छन् । उनी विसं २०७२ मा मधेसी जनाधिकार फोरम नेपाल र सङ्घीय समाजवादी पार्टी नेपाल एकीकरण भई गठन भएको सङ्घीय समाजवादी फोरम नेपालको महासचिव भएका थिए । यादव गत मङ्सिर ४ गते…

जीर्णाेद्धारपछि चिटिक्क कालिका मन्दिर
निकासखबर संवाददाता

बलेवा । भूकम्पले क्षतिग्रस्त भएको प्रसिद्ध कालिका भगवती मन्दिरको जीर्णाेद्धार गरिएको छ । मन्दिरको कलात्मक ढङ्गले भक्तपुरको इँटा प्रयोग गरी जीर्णाेद्धार गरिएको हो । मन्दिरको छानो ताम्रपत्रले छाइएको छ । भक्तपुरे साना इँटाको प्रयोगले मन्दिरलाई थप आकर्षक बनाएको हो । मुख्य मन्दिरलाई पुरानै शैलीमा आकर्षक ढङ्गबाट निर्माण गरिएको गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो । मन्दिर परिसरका अन्य संरचना आधुनिक ढङ्गबाट निर्माण गरिएको छ । मन्दिरमा सत्तल, हवन कुण्डलगायतका संरचना निर्माणाधीन अवस्थामा छन् । गुठी व्यस्थापन समितिको पञ्चवर्षीय रणनीतिक सुधार कार्यक्रमअनुसार मन्दिरको स्वरुप कलात्मक ढङ्गबाट निर्माण गरिएको हो । थप संरचना पुरातात्विक शैलीमा निर्माण गरिने अध्यक्ष खड्काको भनाइ…

किरियापुत्रीले गरे उपराष्ट्रपति निर्वाचनमा मतदान
निकासखबर संवाददाता

काठमाडौं । उपराष्ट्रपति पदका लागि आज भएको निर्वाचनमा किरियापुत्रीले मतदान गरेका छन् । गण्डकी प्रदेशको कास्की निर्वाचन क्षेत्र नं ३ (२) का प्रदेशसभा सदस्य प्रकाश बरालले मतदान गरेका हुन् । पिता लोकराजको निधनमा आशोच बारिरहेका बरालले आज बिहान पोखराबाट हवाई जहाजबाट काठमाडौं आएर मतदान गरेका हुन् । उनी आजै दिउँसो नै पोखरा फर्कँने बताइएको छ । संविधानले दिएको जिम्मेवारी र आफ्नो कर्तव्य पूरा गर्ने सन्दर्भमा उपराष्ट्रपति निर्वाचनमा मतदानका लागि यहाँ आएर मतदान गरेको उनले बताए ।

प्रदेश र स्थानीय तहलाई बलियो बनाउनुुपर्छः मन्त्री शर्मा
निकासखबर संवाददाता

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले संविधान र कानुनका आधारमा रहेर प्रदेश र स्थानीय तहहरुलाई बलियो बनाउनुपर्ने बताएकी छन् । मन्त्रालयले आयोजना गरेको सातै प्रदेशका सञ्चार हेर्ने मन्त्रीहरुसँगको बैठकलाई सम्वोधन गर्दै उनले संविधानले दिएको एकल अधिकारलाई प्रभावकारीरुपमा प्रयोग गर्ने, साझा अधिकारलाई समन्वयमा प्रयोग गर्ने र संविधानको प्रतिकूल नहुने गरी कतिपय अत्यावश्यकीय सवालमा व्यवहारिकरुपमा पनि समन्वय गरेर तीनै तहका सरकारहरुले अघि बढ्नुपर्ने उनले बताइन् । ‘हामीले ठूलो राजनीतिक संघर्षपछि प्राप्त गरेको संघीयताको मूल मर्म भनेकै राज्यमा जनताको पहुँच स्थापित गर्ने र राज्यबाट प्रवाह हुने सेवा सुविधा सरल र सहजरुपमा जनताको घरनजिक पुर्याउनुु हो’– उनले भनिन्– ‘त्यसका लागि संघीय…