खबर
आम सञ्चार क्षेत्र सुधार सुुझाव समिति गठन
निकासखबर संवाददाताकाठमाडौं । सरकारले आम सञ्चार क्षेत्रको समग्र सुधारका लागि नीति, कानुुन तथा नियमनका बिषयमा सुुझाव दिन समिति गठन गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रिस्तरीय निर्णयअनुसार नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा. सुरेश आचार्यको संयोजकत्वमा समिति गठन गरेको हो । समितिका सदस्यहरुमा महासंघका पूर्व अध्यक्षद्वय गोविन्द आचार्य र डा. महेन्द्र बिष्ट, वर्तमान अध्यक्ष विपुल पोख्रेल र बरिष्ठ पत्रकार बबिता बस्नेत रहेका छन् । समितिले आगामी आइतवारदेखि काम थाल्ने भएको छ । काम थालेको तीस दिनभित्र प्रतिवेदन बुुझाउने गरी कार्य क्षेत्र निर्धारण गरिएको छ । समितिसँगको संक्षिप्त छलफलमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आम सञ्चारका क्षेत्रमा नीति…
विदेश जाने युवाहरूलाई अनावश्यक दुख नदिन प्रधानमन्त्रीकाे निर्देशन
निकासखबर संवाददाताकाठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले वैदेशिक रोजगारीका क्रममा विदेश जाने युवाहरूलाई अनावश्यक दुख नदिन निर्देशन दिनएका छन् । बिहीबार दिउँसो गृह मन्त्रालय मातहतको विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले वैदेशिक रोजगारीमा जाँदा युवाहरूले अनेकौँ समस्या भोग्नुपरेको भन्दै अनावश्यक दुख नदिन निर्देशन दिएका हुन् । बैठकमा प्रधानमन्त्रीले भने, “वैदेशिक रोजगारीमा जाने युवाहरूले अनावश्यक दुख पाएको गुनासो सुन्ने गरेको छ। पासपोर्ट बनाउँदा, मेडिकल टेस्ट गर्दा, अभिमुखीकरण तालीम लिँदादेखि अध्यागमनसम्म युवाहरूले दुख पाएको कुरा गम्भीर छ। कानुन र विधिअनुसार हुने कुनै पनि काम नरोकियोस् । दुख दिने, आलटाल गर्ने, ढिलासुस्ती गर्ने कामको अनुगमन र नियन्त्रण होस्।” यस्तो छ प्रधानमन्त्रीको बुँदागत निर्देशन…
समावेशीकरणसँगै क्षमता विकासका कार्यक्रमलाई अगाडि बढाउन मन्त्री मोदीको अग्रसरता
निकासखबर संवाददाताकाठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले समावेशीकरणसँगै क्षमता विकासका कार्यक्रमलाई अगाडि बढाउनका लागि अग्रसरता लिएका छन् । निजामती सेवा लगायतका सार्वजनिक सेवा प्रवेशका लागि प्रतिस्पधार्मक क्षमता वृद्धि गर्न लोकसेवा आयोग तयारी कक्षा लगायत क्षमता विकासका कार्यक्रम अगाडि बढाउन मन्त्री मोदीले मंगलबार मन्त्रीस्तरीय निर्णय गरेका हुन् । मन्त्री मोदीको निर्णय अनुसार क्षमता विकासका कार्यक्रमहरु सञ्चालनका लागि मन्त्रालयले बुधबार देशभरका ७५३ वटै स्थानीय तहलाई परिपत्र गरेको छ । परिपत्रमा लेखिएको छ, “निजामती सेवा लगायतका समग्र सार्वजनिक सेवा प्रवेशका लागि प्रतिष्पर्धात्मक क्षमता अभिवृद्ध गर्न महिला, आदिवासी जनजाति, दलित, मधेशी, थारु, मुस्लिम, पिछडा वर्ग, अल्पसंख्यक, सीमान्तकृत, अपांगता भएका व्यक्ति, लैंगिक…
कृषि विश्वविद्यालयका डिन निलम्बित
निकासखबर संवाददाताचितवन । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयले कृषि संकायका डिन प्रा. जयप्रकाश दत्तलाई निलम्बन गरेको छ । जुम बैठकमा उनले महिला कर्मचारीलाई अश्लील हर्कत गरेको भिडियो सार्वजनिक भएपछि निलम्बन गरिएको कृषि तथा वन विज्ञान विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयका उपकुलपति पुण्य रेग्मीले सामाजिक सञ्जालमा देखिएको विषयवस्तु सम्वेदनशील देखिएको हुँदा सत्यतथ्य छानबिनका लागि समिति पनि गठन गरिएको बताए । उनले छानविन समितिको प्रतिवेदन प्राप्त भई निर्णय नहुञ्जेलसम्मका लागि दत्त निलम्बनमा रहने बताए । कृषि संकायका ६३ जनाभन्दा बढी सहभागी भएको बैठकमा डीन दत्तले अडियो म्यूट गरेका थिए भने, उनको भिडियो अन नै थियो । दत्त कृषि संकायको डीनको ४ बर्षे…
बागमती प्रदेशका मुख्यमन्त्रीले आगामी साता विश्वासको मत लिने
निकासखबर संवाददाताकाठमाडौं । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आगामी साता विश्वासको मत लिने तयारी गरेका छन् । मुख्यमन्त्री जम्मकट्टेलले आगामी बुधबार विश्वासको मत लिन लागेको प्रदेशसभा सचिवालयले जनाएको छ । सोही प्रयोजनको निम्ति प्रदेशसभा सचिवालयले चैत ८ गने दिउँसो ३ बजे बैठक बोलाएको छ । बागमती प्रदेश सरकारको वर्तमान क्याबिनेटमा माओवादी केन्द्र र एमालेका मन्त्री छन् । प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारमा पनि माओवादी र जनमत पार्टीका मन्त्री मात्रै छन् । वागमती प्रदेशमा पनि राप्रपाले सरकारमा सहभागी आफ्ना तीन जना मन्त्रीलाई फिर्ता बोलाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेको छ ।

