खबर

नेपाल लगानीमैत्री मुलुकको रुपमा स्थापित भएको छः प्रधानमन्त्री
निकासखबर संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल लगानीमैत्री मुलुकको रुपमा स्थापित भएको बताएका  छन् ।  नेपाल उद्योग परिसङ्घ र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सिसिपीआईटी) को संयुक्त रुपमा आज यहाँ आयोजना गरेको नेपाल–चाइना विजनेस फोरम –२०२३ लाई सम्बोधन गर्दै उनले जनशक्तिको सहज उपलब्धता, परिमार्जित श्रम कानुन र सुधारिएको औद्योगिक सम्बन्धलगायतका कारणले गर्दा नेपालमा लगानीमैत्री वातावरण बन्दै गएको बताए । प्रधानमन्त्रीले विदेशी लगानीकर्ताले भोग्दै आएका झन्झट हटाउन एकल विन्दु सेवा सुरु गरिएको र त्यसलाई थप प्रभावकारी बनाउने विश्वास दिलाए । उनले नेपालमा लगानी गर्न चाहने विदेशी लगानीकर्तालाई तत्कालै सबै प्रकारका सेवा एउटै विन्दुबाट प्राप्त गर्ने अवस्था सिर्जना…

पाकापुस्ताकै भरमा ‘मारुनी नाच’
निकासखबर संवाददाता

पाल्पा । मारुनी नाचका अगुवा सुवेदार सुर्जबहादुर थापा उमेरले ७८ वर्षमा टेके । उनको मारुनी नाच्ने र गाउने मोह भने जवानी अवस्थाकै जस्तै छ । युवापुस्तालाई साथमा लिएर विभिन्न स्थानमा मारुनी नाच देखाउन पुग्छन् थापा । पाल्पाको रामपुर नगरपालिका–२ का उनी आफूले जाने बुझेदेखि बाउबाजेका साथ मारुनी देखाउन थालेको बताउँछन् । गाउँमा अहिले कृष्णचरित्र मारुनी नाच समूह गठन गरेर उहाँकै नेतृत्वमा देखाइन्छ । “युवापुस्ता मारुनीमा रहर गर्दैन, अधिकांश पढाइ, पेसा व्यवसायको सिलसिलामा घरबाहिर छन्”, थापाले भने, “केहीलाई साथमा लिएर सिकाउने र नचाउने गरेका छौँ ।” मारुनी गाउने र नाच्ने भनेपछि उहाँ औधी खुसी हुनुहुन्छ । पहिला अहिलेजसो मारुनी नाच्नेका लागि…

जंगलमा लागेको आगोले खोस्यो घरबास
निकासखबर संवाददाता

तेह्रथुम । तेह्रथुमकाे लालीगुराँस नगरपालिका–६ सुङनामकी ४६ वर्षीया रनमाया तामाङ सोमबार बिहान जलेर खरानी भएको घरअगाडि टोलाइरहेकी थिइन् । घर अगाडिको बारीको पाटामा दुई छोरा बसेर त्यही जलेको घर हेरिरहेका थिए । आइतबार आगोले ध्वस्त घरबाट सोमबार बिहानसम्म पनि धुँवा आइरहेको थियो । उनका श्रीमान् पञ्चबहादुर तामाङ घुँडा दुख्ने समस्या भएपछि उपचार गराउन घरमा आगो लागेको दिन शनिबार बिहान धरान गएका थिए । आइतबार घरसहित सम्पूर्ण सम्पत्ति जलेर खरानी भयो । उनी उपचारमै छन् । घर फर्किन सकेका छैनन् । फर्किएर पनि उनी बास बस्ने घर छैन । फुसको छाना हटाएर जस्तापाता लगाउन बाख्रा र गोरु बिक्री गरेर जम्मा गरेको…

ओखलढुंगाका २१ दुर्घटनामा २६ जनाको मृत्यु
निकासखबर संवाददाता

काठमाडौं । ओखलढुंगामा गत फागुन २१ गते चिशङ्खुगढीको दियालेमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भयो भने बाह्र जना घाइते भए।  खानीभञ्ज्याङबाट ओखलढुङ्गा सदरमुकाम आउँदै गरेको ना १ ज ८४७३ नंको जिप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै ज्यान गएको थियो ।  कच्ची सडकमा कोचाकोच यात्रु बोक्नु नै दुर्घटनाको प्रमुख कारण हो। पाँचजनाको क्षमता भएको जिपमा १४ यात्रु सवार रहेका र बढी यात्रु भएकै कारण अनियन्त्रित भइ जिप दुर्घटना भएको प्रहरी निरीक्षक देवेन्द्र दासले बताए ।सडक मापदण्ड अनुसारका नहुनु र जथाभावी खनिएका साँघुरा सडकका साथमा असाध्यै उकालो, ओरालो र घुम्ती नमिलेका सडक र यात्रुमा कोचेर बोक्ने चलन भएकाले दुर्घटना बढेको उनले बताए ।…

गलत काम गर्ने कर्मचारीलाई निष्कासन गर्नेसम्मको व्यवस्था हुन्छ : मन्त्री मोदी
निकासखबर संवाददाता

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले संघीय निजामती ऐनबाट सबै क्षेत्रलाई न्याय होस् भन्ने आफ्नो चाहना रहेको बताएका छन् । संघीय निजामती ऐनको सन्दर्भमा स्वास्थ्य क्षेत्रमा क्रियाशील ट्रेड युनियनका पदाधिकारीहरुसँगको छलफलमा मन्त्री मोदीेले यस्तो बताएका हुन् । मन्त्री मोदीले संघीय निजामती ऐनका सन्दर्भमा आफूले सबै पक्षसँग चरणबद्ध छलफल गरेको स्मरण गराउँदै भने, “ऐनको सन्दर्भमा मैले सबै पक्षसँग छलफल गरिरहेको छु, यो ऐनबाट मुलभूत रुपमा सबैलाई न्याय होस् भन्ने मेरो चाहना छ ।” ऐनमा अधिकतम विषयवस्तु समेटिने र ऐन जारी भएपछि विद्यमान समस्याको आधा समाधान निस्किने मन्त्री मोदीको भनाई थियो । “सबैका मागलाई एकैपल्ट सम्बोधन गर्न सकिँदैन,…