खबर
विप्लव नेतृत्वको नेकपा र माओवादी समाजवादी पार्टी एकता हुने
निकासखबर संवाददाताकाठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र नेकपा (माओवादी समाजवादी)बीच पार्टी एकता हुने भएको छ । पार्टी एकताबारे जानकारी दिन दिउँसो २ बजे पत्रकार सम्मेलनको आयोजना गरिएको छ। प्रज्ञा भवनमा आयोजित पत्रकार सम्मेलन मार्फत् पार्टी एकताबारे सम्पुर्ण जानकारी गराउने नेकपाका प्रचार विभाग इन्चार्ज अनिल शर्माले बताए। माओवादी समाजवादीको नेतृत्व कर्णजित बुढाथोकीले गरिरहेका छन् । द्वन्द्वकालीन मुद्दाको बिषयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएपछि सबै माओवादी घटक एकजुट हुने प्रयास गरिरहेका छन्।
विद्युतीय चुलोप्रति मधेसवासीको बढ्दो आकर्षण
निकासखबर संवाददाताढल्केबर । केही वर्षअघिसम्म घरका भित्ता र सडकमा समेत गाईवस्तुका गोबरलाई गुइँठा बनाएर सुकाई खाना पकाउने इन्धनको रूपमा प्रयोग गर्ने मधेस प्रदेशका ग्रामीण क्षेत्रका वासिन्दा आजभोलि विद्युतीय चुलोतिर आकर्षित भएका छन् । गाउँ–गाउँसम्म केन्द्रीय प्रसारणको विद्युत् लाइन विस्तार भएसँगै भान्छामा स्वच्छ ऊर्जाको प्रयोग गर्नु पर्दछ भन्ने जनचेतनाका कारण विद्युतीय चुलोको प्रयोग बढ्न थालेको हो । अधिकांश युवा वैदेशिक रोजगारमा जाने गरेको र कतिपय व्यक्तिहरूले स्वदेशमै विभिन्न व्यवसायमा संलग्न भएसँगै परिवारको आर्थिक स्थितिमा सुधार आउँदा पक्की घरको निर्माण गर्ने, भान्छामा एलपी ग्यास वा विद्युतीय चुलोको प्रयोगलाई प्राथमिकता दिन थालिएको छ । एलपी ग्यास प्रयोग गर्न सजिलो भए पनि कहिलेकाहीँ खोजेको बेला…
ह्वात्तै बढे सर्लाहीमा सर्पदंशका बिरामी
निकासखबर संवाददातासर्लाही । सर्लाहीमा केही दिनदेखि सर्पदंशका बिरामी ह्वात्तै बढ्न थालेका छन् । प्रादेशिक अस्पताल मलङ्गवा र सर्पदंश उपचार केन्द्र नवलपुरमा सर्पले डसेर उपचार गर्न आउने बिरामीको सङ्ख्यामा उल्लेख्य वृद्धि हुन थालेको हो। मलङ्गवा र नवलपुर दुवै स्थानमा अहिले दैनिक आठरनौ जनासम्म सर्पदंशका बिरामी उपचारका लागि आइरहेका छन् । प्रादेशिक अस्पताल मलङ्वाका प्रमुख डा। नवलकिशोर झाले गर्मी बढेपछि सर्पदंशका बिरामी बढ्न थालेका बताए । गर्मी बढ्न थालेपछि विषालु सर्प अत्यधिक देखा पर्ने गरेका छन् । नवलपुर सर्पदंश उपचार केन्द्रका अध्यक्ष उद्धव पौडेलले करेत, गोमन, हरियोलगायत विषालु सर्पले टोकेर उपचार गर्न आउने बिरामी दिनहुँ बढिरहेका बताए । सर्पले डस्ने बित्तिकै ल्याइएका बिरामीलाई…
राजनीतिमा कायम सिन्डिकेटका विरुद्धराष्ट्रवादी शक्तिहरु एक हुन पर्छः कमल थापा
निकासखबर संवाददातानेपालगन्ज । राप्रपा नेपालका अध्यक्ष कमल थापाले भ्रष्टाचार र बिदेशी हस्तक्षेपको अन्त्य, सनातन धर्म संस्कृतिको रक्षा र राजनीतिमा कायम सिन्डिकेटको अन्त्यका निमित्त सम्पूर्ण राष्ट्रवादी शक्तिहरु एक ठाउँमा उभिन आह्वान गरेका छन् । आज नेपालगन्जमा आयोजित पार्टीका अगुवा कार्यकर्ता भेटघाट एबं पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताउका हुन् । उनले भने –‘राजनीतिक दलका नेता र विभिन्न शक्तिकेन्द्रहरूलाई म विनम्रतापूर्वक सम्झाउन चाहन्छु कि जनता तपाईहरुको कमारा वा दास होइनन्,अहिले जनतालाई तन्त्रमन्त्र वा वादविवाद होइन शान्ति र स्थिरता चहिएको छ, विकास चाहिएको छ, रोजगारी चाहिएको छ, गरी खाने वातावरण चाहिएको छू। उनले गणतन्त्रले जनताको जीवनस्तरमा परिवर्तन ल्याउन सकेन भने जनता विकल्प…
प्रधानमन्त्रीकै नेतृत्वमा उच्चस्तरीय प्रशासन सुधार आयोग बन्छः प्रधानमन्त्री
निकासखबर संवाददाताकाठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रशासनिक क्षेत्रमा देखिएका समस्याहरू सम्बोधनका लागि उच्चस्तरीय प्रशासन सुधार आयोग गठन गरिने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहतका कार्यालयहरूको दोस्रो चौमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीकै नेतृत्वमा उच्चस्तरीय प्रशासन सुधार आयोग गठन गरिने बताएका हुन्। “प्रशासनिक क्षेत्रमा विद्यमान समस्या समाधानका निम्ति सरकारले गम्भीर पहल गर्ने तयारी गरिरहेको छ। यसको समाधानमा हामीले विलम्ब गर्नु हुँदैन” प्रधानमन्त्रीले भने, “कर्मचारी प्रशासन र जनअपेक्षाबिच ठूलो खाडल छ। बदलिँदो परिस्थिति, लोकतान्त्रिक प्रणाली र जनअपेक्षा सम्बोधन गर्नेगरि आयोग गठनको तयारी गरिएको छ। केही समयभित्रै आयोग बन्छ। त्यसको नेतृत्व प्रधानमन्त्रीले नै गर्नेगरि…

