खबर
कमजोरीका छिद्र खोजेर शान्ति प्रक्रिया बिथोल्न पाइदैनः मन्त्री मोदी
निकासखबर संवाददाताकाठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीले कमजोरीका छिद्र खोजेर बृहद् शान्ति सम्झौताको मुल प्रक्रियालाई बिथोल्न नपाइने बताएका छन् । सगरमाथा प्रतिष्ठान नेपालको २२ औं स्थापना दिवस तथा अन्तरास्ट्रिय नारी दिवसको अवसरमा आयोजित अन्तरास्ट्रिय नारी सम्मान एवम् नेपाल सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् । केही पात्रहरुले देशलाई अशान्तितिर लैजान खोजेको भन्दै मन्त्री मोदीले भने, ‘द्धन्द्धकालीन मुद्दालाई लिएर मान्छेहरु अशान्ति फैलाउन खोजेका छन् । देशलाई अशान्तितिर लैजाने काम कसैले गर्छ भने त्यो स्वीकार्य हुँदैन ।’ मन्त्री मोदीले पूर्वाग्रही ढंगले सोच निर्माण गरेर केही कदमहरु चालेको बताउँदै जनयुद्धकै देनका कारण मुलुकले महिला राष्ट्रपति र…
स्थलमार्गबाट नुन ढुवानीमा समस्या, गाउँगाउँमा हेलिकप्टरबाट नुन ढुवानी
निकासखबर संवाददातासुर्खेत । स्थलमार्गबाट नुन ढुवानीमा समस्या देखिएपछि हुम्लास्थित साल्ट टेडिङ कर्पोरेशनले हेलिकोप्टरबाट नुन ढुवानी थालेको छ । सर्केगार्ड गाउँपालिका–४ को दुल्ली कुनाबाट नुन हेलिकोप्टरमा ढुवानी सुरु भएको हो । कैलाश एयरको हेलिकोप्टरबाट अनुदानको नुन ओसार्ने कार्य धमाधम भइरहेको कर्पोरेशन सिमकोट शाखाका प्रमुख राजबहादुर लामाले बताए । नुन सुर्खेतबाट पैदल मार्गबाट सलीसल्ला हुँदै दुल्लीकुनासम्म गाडीमा ढुवानी भएपछि सो ठाउँबाट हेलिकोप्टरको माध्यमबाट ढुवानीको काम सुरु भएको हो। हेलिकोप्टरले दैनिक २० भन्दा बढी उडान भरेर नुन ढुवानी गर्ने कार्य गरिरहेको छ। बढी परिमाणमा ढुवानी गर्नका लागि हेलिकोप्टरमा झुन्ड्याएर ओसार्ने कार्य गर्दै आएको छ। हेलिकोप्टरभित्र राख्नभन्दा झुन्ड्याएर ल्याउँदा ५० केजी बढी ढुवानी हुने गरेको…
प्रधानमन्त्री प्रचण्ड र विप्लवबीच भेटवार्ता
निकासखबर संवाददाताकाठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान प्रचण्ड र विप्लवबीच भेटवार्ता भएको हो । भेटमा पछिल्लो विकसित देशको राजनीतिक घटनाक्रमबारे गम्भीर छलफल र समीक्षा भएको विप्लवको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार विप्लवले बिगतमा सरकार र नेकपाबीच भएको तीन बुँदे सहमतिअनुसार सरकारले राजनीतिक आस्थाका वन्दीहरूको रिहाइ र मुद्दा खारेजी गर्नुपर्ने धारणा राखेका थिए । प्रधानमन्त्री प्रचण्डले तीन बुदे सहमति अनुसार कामहरू अगाडि बढाउने जवाफ दिएको सचिवालयले जनाएको छ । भेटमा नेकपा प्रवक्ता प्रकाण्डसमेत रहेका थिए।
६ जना अटो चालक महिला सम्मानित
निकासखबर संवाददाताधनगढी, २४ फागुन, २०७९ । ११३औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ६ जना अटो चालक महिला सम्मानित भएका छन्। सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले उनीहरूलाई नगद १० हजारसहित प्रमाणपत्र र दोषल्ला ओढाएर सम्मान गरेको हो। सम्मानित हुनेहरूलाई १० हजारसहित सम्मानपत्र प्रदान गरिएको हो। सम्मानीत हुनेमा कैलालिकी सविता चौधरी, कञ्चनपुरकी भगवती कुँवर, कैलालीकी छुटमनीया चौधरी, ईश्वरी नाथ, मिरादेवि चौधरी र बास्मती दहित रहेका छन्।
प्रचण्डविरुद्धको रिट खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन
निकासखबर संवाददाताकाठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा आज दर्ता भएको रिट खारेजीको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । क्रान्तिकारी केन्द्रीय समितिले माइतीघर मण्डलामा बृहत प्रदर्शन गरेका् हो । जनयुद्धका सुप्रिम कमाण्डरसमेत रहेका प्रचण्डले तीन वर्षअघि टुँडिखेलमा आयोजित एक कार्यक्रममा जनयुद्धको नेतृत्वकर्ताको हैसियतले युद्धका क्रममा माओवादी पक्षबाट भएका क्षतिको जिम्मा आफूले लिने बताएका थिए । त्यसैलाई आधार बनाएर सर्वोच्चमा उनीविरुद्ध फौजदारी मुद्दा दर्ता भएको छ । माओवादीले भने यस्ता मुद्दालाई संक्रमणकालीन न्यायको सिद्धान्तका आधारमा टुंग्याउनुपर्नेमा जोड दिँदै आएको छ ।

