खबर
कर्णालीको विकासमा मन्त्री मोदीको चासो
निकासखबर संवाददाताकाठमाडौं ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीले कर्णाली प्रदेशको विकासको सन्दर्भमा चासो राखेका छन् । मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीम प्रकाश शर्मा र भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोतमन्त्री मंंगल बहादुर शाहीसँग भएको भेटवार्तामा मन्त्री मोदीले कर्णाली प्रदेशको विकासको सन्दर्भमा चासो राखेका हुन् । मन्त्री मोदीले कर्णालीको विकासको सवालमा आफूले निभाउनुपर्ने भूमिका निर्वाह गर्ने बताए । “कर्णाली प्रदेशको समग्र विकासका सन्दर्भमा मैले निर्वाह गर्नुपर्ने भूमिकाका लागि म सदैव तत्पर छु” मुख्यमन्त्री शर्मासहितको प्रतिनिधिमण्डललाई मन्त्री मोदीले भने, “कर्णालीलाई समृद्ध बनाउने तपाईहरुको यात्रामा सदैव सँगै हुन्छु तपाईहरुलाई…
शान्ति प्रक्रिया टुङ्ग्याउनु सरकारको प्राथमिक कार्यभारः मन्त्री शर्मा
निकासखबर संवाददाताधादिङ । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले शान्ति प्रक्रिया टुंगोमा पुर्याउनु सरकारको प्राथमिक कार्यभार रहेको बताएकी छन् । धादिङको गल्छीमा आयोजित सामुदायिक रेडियोहरुको दुई दिने राष्ट्रिय परामर्श सम्मेलन उद्घाटन गर्दै उहाँले चालु संसद अधिवेशनबाटै संक्रमणकालीन न्यायसम्बन्धी कानुन निर्माण गरेर शान्ति प्रक्रियाको बाकी कार्यभार टुंगोमा पुर्याउने बताएकी हुन् । अघिल्लो संसदमा बिधेयक पेश भए पनि टुंगोमा पुग्न नसकेको उल्लेख गर्दै उहाँले यसपटक त्यसका लागि प्रमुख दलहरूले लिखित प्रतिबद्धता नै जनाइसकेकाले संक्रमणकालीन न्यायको काम टुंगोमा पुग्ने विश्वास व्यक्त गरिन् । यसका लागि मिडियाको पनि सकारात्मक भूमिकाको अपेक्षा सरकारले गरेको मन्त्री शर्माले बताइन्। शान्ति प्रक्रिया टुंगोमा नपुग्दा…
सर्वोच्चमा प्रचण्ड’ विरुद्धको रिट दर्ता हुँदै
निकासखबर संवाददाताकाठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको रिट दर्ता हुने भएको छ । प्रचण्डको अभिव्यक्तिलाई लिएर अधिवक्ताद्वय ज्ञानेन्द्र आरन र कल्याण बुढाथोकीले प्रचण्डलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन दिएको रिट दर्ता हुन लागेको हो । अहिले अधिवक्ता आरन सर्वोच्चमा पुगिसकेका छन् । तीन वर्षअघि टुँडिखेलमा आयोजित एक कार्यक्रममा प्रचण्डले जनयुद्धका बारेमा विवादित अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर सर्वोच्चमा रिट परेको थियो । सर्वोच्च प्रशासनले उक्त रिट दरपीठ गरेपनि न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको इजलासले रिट दर्ताको आदेश दिएको हो ।
मार्च ८ मा १०१ महिला सम्मानित हुँदै
निकासखबर संवाददाताकाठमाडौं । वुमन इन इन्फरमेसन टेक्नोलोजी (डब्लुआइआइटी) ले अन्तर्राष्ट्रिय महिला दिवस २०२३ को अवसरमा सञ्चार तथा सूचना प्रविधि क्षेत्रका एक सय एक९१०१० महिलाहरुको पहिचान गर्दै पुस्तक प्रकाशन र उनिहरुलाई सम्मान कार्यक्रमको आयोजना गर्ने धएके छ । कार्यक्रम फागुन २४ गते होटल हायात प्लेसमा आयोजना हुनेछ । प्रविधिलाई प्रयोग गरी कसरी लैंगिक समानता ल्याउन सकिन्छ भन्ने बारेमा ‘डिजिटल इनोभेसन एण्ड टेक्नोलोजी फर जेन्डर इक्वालिटी’ विषयमा कन्फ्रेन्सको पनि आयोजना हुने डब्लुआइआइटी सस्थाका अध्यक्ष गुणकेशरी प्रधानले जानकारी दिइन् । उक्त कार्यक्रममा प्रतिनिधि सभाका सांसद सुमना श्रेष्ठ ‘कि(नोट’ बक्ताको रुमा रहेकी छन् । उक्त कन्फ्रेन्समा एसिया प्यासिफिक टेलिकम्युनिटीकी पूर्व कार्यक्रम संयोजक एलिसा राज भण्डारीले आईसीटीमा…
शान्ति सम्झौताको मर्म र भावना विपरीत हुने गतिविधिको विरूद्ध माओवादी घटक एक हुने
निकासखबर संवाददाताकाठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा माओवादी धारका नेताहरू भेला सम्पन्न भएको छ । बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरण, नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोला र नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी लगायतका नेताहरू सहभागी रहेका थिए । यसअघि सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले काठमाडौंमा आयोजना गरेको ‘जनयुद्ध, सहिद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रियामा आइतबार यी नेताहरु एउटै मञ्चमा देखा परेका थिए । बैठकमा पार्टी एकता, द्वन्द्वकालीन घटनाका सन्दर्भमा पछिल्लो समयमा भइरहेका…

