खबर
कछुवा गतिमा कोशी करिडोर
निकासखबर संवाददाताविराटनगर । कोशी करिडोर राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत कोशी प्रदेशको बहुप्रतिक्षित संरचना हो । तर, यसको निर्माण भने ज्यादै सुस्त देखिएको छ । कछुवा गतिमा चलिरहेको आयोजनाको सुस्तताले स्थानीयबासीलाई खिन्न बनाएको छ । कोशी करिडोरको उत्तर–दक्षिण लोकमार्गको अझै ७ किलोमिटर ट्रयाक छिचोल्नै बाँकी रहेको छ । सरकारले उच्च प्राथमिकतामा राखे पनि करिडोरको ट्रयाक खन्ने काम भने धिमा गतिमा नै अघि बढिरहेको छ । कोशी करिडोर खाँदबारी–किमाथांका सडक योजना कार्यालयका योजना प्रमुख सविन कोइरालाले करिडोर अन्तर्गत १४ किलोमिटर सडकको ट्र्याक खन्नुपर्नेमा अहिलेसम्म ७ किलोमिटरको ट्रयाक खुलिसकेको बताए । ‘अहिले च्याङपाङ खण्डको ७ किलोमिटर सडकको ट्रयाक छिचोल्न बाँकी छ,’ उनले भने ‘अबको…
प्राविधिक शिक्षा अध्ययन गर्ने २४ विपन्न विद्यार्थीलाई छात्रवृत्ति
निकासखबर संवाददातातनहुँ । तनहुँको भानु नगरपालिकाले चालु आर्थिक वर्ष २०७९/८० मा प्राविधिक शिक्षा अध्ययन गर्ने २४ विपन्न विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्ने भएको छ । नगरपालिकाभित्र सञ्चालित प्राविधिक शिक्षालयमा तीन वर्षे प्राविधिक शिक्षा अध्ययन गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीलाई यस्तो छात्रवृत्ति उपलब्घ गराइने छ । नगरपालिकाका शिक्षा शाखा प्रमुख धु्रवराज पौडेलले हरेक वडाका दुई÷दुई विद्यार्थीलाई छात्रवृत्ति रकम उपलब्ध गराउने जानकारी दिए । “प्राविधिक शिक्षाको माध्यमबाट दक्ष जनशक्ति बनेर स्वरोजगार एवं आत्मनिर्भर बन्न सकुन् भनेर प्रोत्साहन स्वरुप छात्रवृत्ति वितरण गर्ने नीति ल्याइएको हो”, उनले भने । नगरपालिकाले प्राविधिक शिक्षा छात्रवृत्ति वितरण कार्यविधि २०७९ जारी गरिसकेको छ । कार्यविधि बमोजिम तीनवर्षे प्राविधिक कोर्स अध्ययन…
जंगलको आगो वस्तीमा पस्दा लाखौको क्षती
निकासखबर संवाददातापाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका १ को जंगलमा लागेको डढेलो वस्तीमा पस्दा दुई वटा घर जलेका छन् । आगलागीबाट कुम्मायक गाउँपालिका(१ साठीमुरेमा वसन्तकुमार चाम्लिङ र उनका छोरा छत्रबहादुरको घर जलेर नष्ट भएको हो । सोमबार साँझ करिब ५ बजेतिर घरमा आगो सल्किएको थियो । स्थानीयवासी र प्रहरीले आगो निभाउन प्रयास गरे पनि आगो नियन्त्रणमा ल्याउन नसकिएको प्रहरीकोे भनाइ छ । जिल्ला प्रहरी कार्यालयका अनुसार घरसँगै अन्नपात, लत्ताकपडा, नगद र गहनासमेत गरी करिब २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
सहकारी बन्द हुँदा बचतकर्ता समस्यामा
निकासखबर संवाददातादाङ । दाङ तुलसीपुरस्थित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको शाखा कार्यालय बन्द हुँदा सेवाग्राही समस्यामा परेका छन् । एक महिनादेखि बन्द भएको सो सहकारीको शाखा कार्यालयमा रकम झिक्न दिनदिनै बचतकर्ता पुग्ने गरेका छन् । सोही सहकारीमा तुलसीपुरको बिपी चोकका फलफूल व्यवसायी तुलसी नेपालीको एक लाख २७ हजार बचत छ । उनले अब त्यो पैसा पाउने आशा मरिसकेको बताए । “एक महिना भयो सहकारी बन्द भएको, फोन गर्छौ दुई÷चार दिनमा खुल्छ भन्न लागेको धेरै भइसक्यो”, उनले भने, “साहुलाई पैसा तिर्नुपर्ने थियो, निकै गाह्रो भएको छ ।” शिव शिखरमै तुलसीपुर–५ जेसिजचोकमा फलफूल व्यवसाय गर्ने चन्द्रकली विकको ६० हजार बचत छ । त्यही…
प्रदेश नामकरणको विरोधमा इलाममा तालाबन्दी
निकासखबर संवाददाताइलाम । ‘कोशी’ प्रदेश नामकरणको विरोधमा संघर्ष समितिले इलामका स्थानीय पालिकाका केही वडा कार्यालयमा तालाबन्दी गरेको छ । पहिचान झल्कने नाम राख्नु पर्ने माग गर्दै आन्दोलन सुरु गरेको संघर्ष समितिले इलामको माङसेबुङ गाउँपालिका र माई नगरपालिकाका वडा कार्यालयमा तालाबन्दी गरेको हो । आन्दोलनकारीले माङसेबुङ गाउँपालिका दुई वटा वडा कार्यालयमा तालाबन्दी गरेका छन् । आन्दोलनकारीले वडा नम्बर ३ र ५ को वडा कार्यालयमा तालाबन्दी गरेको स्थानीय सुमन लावतीले जानकारी दिए । ‘माङसेबुङ नागरिक समूह’ को नाममा नारा जुलुससहित प्रदर्शनमा उत्रिएको आन्दोलनकारीको समूहले विभिन्न स्थानहरूमा कालो झण्डा समेत गाडेका छन् । समूहका अध्यक्ष केहेरसिङ योङहाले नियोजित ढङ्गले कोशी प्रदेश नामकरण गरिएको भन्दै आफ्नो…

