खबर

वार्षिक २५ लाख मेट्रिक टन माटो बाढीसँगै बग्छ
रासस

म्याग्दी । म्याग्दीमा वार्षिक २५ लाख मेट्रिक टनभन्दा बढी माटो बाढीले बगाउने गरेको छ । म्याग्दी कार्य क्षेत्र भएको भू–तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा सो परिमाणमा माटो भू–क्षयको रुपमा बगेर जाने गरेको उल्लेख छ । खेतीयोग्य जमिन र मलिलो माटो बाढीले बगाउँदा कृषि उत्पादनमा असर परेको छ । कार्यालयका सहायक भूसंरक्षण अधिकृत शम्भुकुमार मिश्रले पछिल्लो समय हिमाल आसपास र मुस्ताङमा बढी पानी पर्न थालेपछि म्याग्दीको तटीय क्षेत्रमा बाढीको सतहसँगै कटानको जोखिम बढेको बता्रए । “६१ प्रतिशत ६० डिग्रीभन्दा बढी भिरालो भूगोल रहेको म्याग्दीमा कमजोर भूवनोटका कारण भू–क्षय, बाढी, पहिरो तथा नदी कटानले गर्दा बर्सेनि क्षति…

आपसी खिचतानीले पहिचानको नारा नारामै सिमित
गुमनाम गाउँले

विराटनगर । प्रदेश १ ले नामाकरणको लामो बहस पछि ‘कोशी’ टुंगो लागेको छ । लामो रस्साकस्सीपछि दुईवटा संविधानसभा र एउटा प्रदेशसभाले पनि पार लगाउन नसकेको नामको टुंगो प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनबाटै टुंगो लागेको हो । अहिले पहिचानको आन्दोलन कमजोर भएको छ । पहिचानलाई जातीय देख्ने नश्लीय चिन्तन र उनका आँखाका लागि यही बेला पहिचानवादी आन्दोलनलाई हुर्मत लिने अवसर भएको थियो । उक्त प्रयासमा प्रदेश १ का पहिचानवादी भनिएका र भोट बैंकको रुपमा प्रयोग गर्दै आएका १ नम्बर प्रदेशका राजनीतिक दलहरुको असलियत पनि उदाङ्गीएको छ । यस प्रदेशमा लामो समयदेखि किराँत, लिम्बुवान र खम्बुवान आन्दोलनहरु निरन्तर चले । लामो समयदेखि…

नेपालको जैविक विविधतालाई जनजीविकासँग जोडेर लैजानु पर्दछः प्रधानमन्त्री
निकासखबर संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको जैविक विविधतालाई जनजीविकासँग जोडेर लैजानु पर्ने बताएका छन् ।  आज अपरान्ह अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ आइयुसिएनका महानिर्देशक डा ब्रुनो ओबेरल सहितको एक प्रतिनिधि मण्डलसँगको छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले आइयुसिएनसँगको साझेदारी लामो समयदेखि हुँदै आएको उल्लेख गर्दै प्राकृतिक साधनस्रोतको व्यवस्थापनबाट जनसमुदायको आर्थिक उत्थानका क्षेत्रमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । आइयुसिएनका महानिर्देशक ओबेरलले नेपालको जैविक विविधता र वातावरण संरक्षणमा खेलेको भूमिकाको प्रसंशा गर्दै नेपालसँगको साझेदारीमा भएका कार्यहरुप्रति सन्तोष व्यक्त गरे । नेपाल सन् १९७४ अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन)को सदस्य राष्ट्र रहेको छ ।

प्रधानमन्त्रीलाई वुझाइयो राष्ट्रिय युवा परिषदको बार्षिक प्रतिवेदन
निकासखबर संवाददाता

काठमाडौं। नेपाल सरकार अन्तर्गत राष्ट्रिय युवा परिषदले प्रधानमन्त्री पुष्पकमल दाहाललाई वार्षिक प्रतिवेदन वुझाएको छ। परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले मंगलबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सो प्रतिवेदन वुझाएको हो। २४२ पृष्ठको प्रतिवेदनमा परिषदले आर्थिक वर्ष ०७८ /०७९ मा गरेका काम र गतिविधि समेटिएको छ । राष्ट्रिय युवा परिषद ऐन २०७२ को दफा २४ को उपदफा २ वमोजिम वार्षिक रिपोर्ट वुझाइएको बस्नेतले वताए। प्रतिवेदनमा परिषद्ले वर्षभरिमा युवा उद्यमशीलता , स्वयंसेवक विकास तथा परिचालन , प्रतिभा पहिचान तथा प्रोत्साहन , सहुलियतपूर्ण कर्जा सहजिकरण र वित्तीय साक्षरता लगायतका कार्यक्रम समेटिएका छन् । त्यसैगरी विज्ञान तथा प्रविधि प्रवर्द्धन , नवप्रवर्तन तथा इन्कुवेसन , नेतृत्व विकास कार्यक्रम…

राष्ट्रसेवकलाई अन्तर्राष्टिस्तरमा प्रतिष्पर्धा गर्न सक्ने बनाउनुपर्छः मन्त्री मोदी
निकासखबर संवाददाता

ललितपुर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीले राष्ट्रसेवक कर्मचारीलाई अन्तर्राष्टिस्तरमा प्रतिष्पर्धा गर्न सक्ने जनशक्तिको रुपमा विकास गर्नुपर्ने बताएका छन् ।  नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज)को अवलोकन तथा निरीक्षणका क्रममा मन्त्री मोदीले यस्तो बताएका हुन् । राष्ट्रसेवक कर्मचारीलाई सबल, सक्षम र दक्ष बनाउनका लागि स्टाफ कलेजको महत्वपूर्ण भूमिका रहने बताउँदै मन्त्री मोदीले भने, “राष्ट्रसेवक कर्मचारीलाई अन्तर्राष्टिस्तरमा प्रतिष्पर्धा गर्न सक्ने जनशक्तिको रुपमा विकास गर्नुपर्छ, बेलायत, अमेरिका, भारत लगायतका देशका कर्मचारीसँग प्रतिष्पर्धी बनाउनेगरी उनीहरुको क्षमता विकास गर्नुपर्छ, उनीहरुलाई कसरी सबल, सक्षम र दक्ष बनाउने भन्ने मुख्य जिम्मेवारी स्टाफ कलेजको हो, देश र जनतालाई सर्वोपरी ठानेर काम गर्ने प्रवृत्तिको…