खबर
विरोध प्रदर्शनलाई ध्यान दिँदै विराटनगरमा निषेधाज्ञा
निकासखबर संवाददाताविराटनगर । प्रदेश १ प्रदेशसभाले प्रदेशको नामाकरण आजै गर्ने तयारी गरेपछि प्रदेशसभा आसपासको क्षेत्रमा धर्ना, जुलुस तथा प्रदर्शनलाई निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले निषेधाज्ञा सम्बन्धी सूचना जारी गरेका छन् । उक्त सूचना अनुसार प्रदेश १ को प्रदेशसभा नामाकरणको प्रक्रिया प्रारम्भ भई टुंगो नलागेसम्म तथा नामाकरण भएपश्चात पनि असहमत पक्ष (विभिन्न राजनीतिक दल, समूह, जातीय संघ संस्था)बाट सम्भावित विरोध, धर्ना, जुलुस, झडप हुनसक्ने भएकोले निषेधाज्ञा जारी गरेको उल्लेख छ । ‘सुरक्षा जोखिमलाई मध्यनजर गर्दै सुरक्षा स्थितिलाई सहज एवम् सामान्य तुल्याई राख्न विराटनगरस्थित देवकोटा चोकदेखि कोशी अस्पताल चोकसम्म, जिल्ला प्रशासन कार्यालय वरपर, मुख्यमन्त्री तथा…
वर्तमान सरकारलाई कुनै खतरा छैनः सांसद निधी
निकासखबर संवाददाताजनकपुरधाम । नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधीले पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारलाई कुनैपनि प्रकारको खतरा नरहेको जनाएका छन् । जनकपुरधाममा नेपाल प्रेस युनियन मधेश प्रदेश समितिको पदस्थापन समारोहमा पूर्व उपसभापति समेत रहेका सांसदले निधीले वर्तमान सरकारले जुनसुकै बेलापनि आठ दलको समर्थन प्राप्त गर्ने बताएका हुन् । आम निर्वाचन पश्चात् जनताले दिएको जनादेशअनुसार सरकार सञ्चालन हुनुपर्छ । सांसद निधीले भने, ‘चुनावपछिको गठबन्धनमा आपसी तालमेल नमिलेका गठबन्धन टिक्न सकेन ।’ राजनैतिक दलहरुको जनादेश र चुनावी गठबन्धन अलग अलग भएकाले लोकतान्त्रिक जमात असन्तुष्ट बनेका थिए । अहिले सुखद वातावरण बनेको उनको तर्क छ । नेपाली काँग्रेसले वर्तमान प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर कोर्ष…
कुकुरको टोकाइबाट सल्यानमा चार जना घाइते
निकासखबर संवाददातासल्यान । कुकुरको टोकाइबाट सल्यानमा चार जना घाइते भएका छन् । जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ३ मा कुकुरको टोकाइबाट दुई बालक सहित चार जना घाइते भएका हुन् । वहुला कुकुरले टोकेको भन्दै स्थानीय त्रासमा छन् । कपुरकोट तल्लो बजार निवासी उत्तम खड्काको ६ वर्षिय छोरा सुरज मंगलबार कुकुरको टोकाइबाट गम्भीर घाइते भएपछि उपचारका लागि काठमाडाैं पठाइएकाे छ । सोबार र मंगलबार गरेर कपुरकोटमा कुकुरले २२ वर्षिय दिपा भण्डारी, दुई बालक र एक पुरुषलाई टोकेको र कुकुरले एक किसानको बाख्रालाई समेत टोकेको स्थानीय रुद्रवीर कुँवरले बताए । प्रहरी चौकी कपुरकोटका अनुसार कुकुरले मानिसलाई टोकेको सुन्नमा आएको र यसबारे विवरण संकलनको कार्य भइरहेको छ…
कांग्रेस–एमाले दुवैले प्रतिपक्ष बेन्च खोज्दा संसद् बैठक प्रभावित
निकासखबर संवाददाताकाठमाडौं । संघिय संसदमा नेकपा एमाले र नेपाली कांग्रेस दुवैले प्रतिपक्ष बेन्च खोजेपछि प्रतिनिधि सभा बैठक प्रभावित बनेको छ । दुबैदलले प्रतिपक्ष बेन्च खोजेका कारण बैठक प्रभावित भएका कारण संसद् सचिवालयले संसदको बैठक समेत सारेको छ । बुधबार दिउँसो १ बजेका लागि तय भएको प्रतिनिधि सभाको बैठक दुवै दलले प्रतिपक्षमा बस्ने अडान नछोडेपछि संसद् सचिवालयले सूचना जारी गरेर पूर्वनिर्धारित बुधबारको बैठक १५ दिनपछि बस्नेगरी चैत ५ गतेसम्मका लागि स्थगित गरेको हो । दुवै दलले प्रतिपक्षमा बस्ने अडान नछाडेपछि सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले बुधबारको बैठक विशेष कारणले बस्न नसकेको भन्दै सूचना जारी गरेका थिए। त्यसअघि सभामुख देवराज घिमिरेले…
त्रिशुली–१ जलविद्युत् आयोजनाको सुरुङ निर्माण सम्पन्न
निकासखबर संवाददाताकाठमाडौं । प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशुली–१ जलविद्युत् आयोजनाको सुरुङ निर्माण सकिएको छ। बाँधलगायत संरचना ९हेडवर्क्स० निर्माणका लागि नदी फर्काउन डाइभर्सन सुरुङको निर्माण सम्पन्न भएको हो। रसुवाको आमाछोदिङमो गाउँपालिका–१ हाकुमा बाँध निर्माणका लागि ४२० मिटर लम्बाइ र ५ मिटर व्यास भएको पूर्ण कंक्रिट लाइनिङ डाइभर्सन सुरुङ निर्माण गरिएको हो। सुरुङ निर्माण सम्पन्न भएपछि मंगलबारबाट सोही सुरुङबाट नदी फर्काइ बाँध निर्माण सुरु गरिएको आयोजनाको प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलप्मेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत ताइ हक युनले जानकारी दिए। ‘आयोजना निर्माणका लागि एउटा माइलस्टोन पूरा भएको छ, मुख्य तथा प्रवेश सुरुङ, टेलरेसहित सुरुङको जम्मा लम्बाइ १३.५ किलोमिटर…

