खबर
प्रधानमन्त्री प्रचण्डकाे काँधमा १६ वटा मन्त्रालयकाे जिम्मेवारी
निकासखबर संवाददाताकाठमाडाैं । नेकपा एमालेका मन्त्रीले राजीनामा दिएपछि उनीहरूले सम्हालेका मन्त्रालयकाे जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे काँधमा आएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलवार थप आठ वटा मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नै ताेकेकी हुन् । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले छाडेका तीन मन्त्री र एक राज्यमन्त्री तथा राप्रपाले छाडेका तीन मन्त्री र एक राज्यमन्त्रीको जिम्मेवारी आफैँसँग राखेका प्रधानमन्त्री प्रचण्डले एमालेका आठ मन्त्रीले छाडेका मन्त्रालय पनि आफैँसँग राखेका हुन् । एमालेले छाडेपछि अर्थ, कृषि, उद्योग, भूमि व्यवस्था, स्वास्थ्य, रक्षा, परराष्ट्र र महिला तथा बालबालिका मन्त्रालयको जिम्मा प्रधानमन्त्री प्रचण्डलाई आएको हो । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले छाडेका गृह, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम,…
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि आचारसंहिता जारी
निकासखबर संवाददाताकाठमाडाैं । निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि यही फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गर्ने निर्णय गरेको छ । आयोगको माघ १६ गतेको निर्णय अनुसार यही फागुन २५ गते राष्ट्रपतिको र आगामी चैत ३ गते उपराष्ट्रपतिको निर्वाचनका लागि आचारसंहिता जारी गर्न लागेकाे हाे । निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले आचारसंहिता जारी गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज जारी गरेकाे प्रेस विज्ञप्तिमा जनाइएको छ । उक्त आचारसंहिता २०७९ भदौ १३ गतेको नेपाल राजपत्र खण्ड—७२, सङ्ख्या ३२ मा प्रकाशन भइसकेको छ ।…
आफ्नै कार्यकालमा जनताको जीवनमा गुणात्मक परिवर्तन आउँछः प्रधानमन्त्री प्रचण्ड
निकासखबर संवाददाताकाठमाडाैं । नेकपा मावादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले माझी समुदायले फागुन महिनाको साहिँली अर्थात् तेस्रो मंगलबार मनाउने लदी पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् । एक विज्ञप्ति मार्फत प्रधानमन्त्रीले शुत्भकामना ब्यक्त गरेका हुन् । विज्ञप्ति मार्फत प्रधानमन्त्री प्रचण्डले नेपालको आदिवासी जनजातिअन्तर्गत अल्पसंख्यक सीमान्तकृत जाति माझी समुदायले फागुन महिनाको साहिँली अर्थात् तेस्रो मंगलबार मनाउने लदी पर्वको अवसरमा सम्पूर्ण माझी समुदायसहित सबैमा शुभकामना व्यक्त गर्दै -नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको मुलुक हो । नेपालका प्रत्येक जातजाति र धर्मावलम्बीहरूका आ–आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक चाडपर्वहरू रहेका छन् । यी चाडपर्वहरूले नयाँ उमङ्ग र उत्साहका साथ एक आपसमा एकता तथा सद्भाव स्थापित गर्न महत्वपूर्ण…
संगठित हुदै प्रदेशका विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानः अनुदान आयोगको नितिमा समावेश गर्न माग
निकासखबर संवाददाताविराटनगर । प्रदेश स्तरमा स्थापना भएका विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानहरु संगठित हुन थालेका छन । उनीहरुले पहिलो संयुक्त्त भेला आयोजना गरि अनुदान आयोगमा आफुहरुलाई समावेश गर्न माग गरेका छन । स्थापना भए पनि उद्देश्य र कार्यक्रम अनुसार पर्याप्ट बजेट उपलब् हुननसकेको र अनुदान आयोगको नीतिमा उपेक्षित हुनु परिरहेको भन्दै प्रदेश स्तरका विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानहरुको १४ फागुनमा बाग्मती प्रदेशको राजधानी हेटौडामा सम्पन्न संयुक्त्त भेला अयोाजना गरि विश्वविद्यालय अनुदान आयोगमा आफुहरुलाई समावेश गर्न माग गरेका हुन । प्रदेश १ मामोरङको बुढीगंगा गाउँपालिका हात्तीमुढा स्थित मनमोहन प्राबिधिक विश्वबिद्यालयका उपकुलपति डा सुभाषश्री पोखरेलका अनुसार संघिय सरकारको विश्विद्यालय अनुदान आयोगले अझै सम्म प्रदेशमा स्थापना…
गोठगाउँमा मेडिकल कलेज चलाउन कोशी अस्पताल प्रयोग गर्ने गरी त्रिपक्षीय सम्झौता
निकासखबर संवाददाताकाठमाडौं । मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालनका लागि कोशी अस्पताललाई प्रयोग गर्ने गरी सम्झौता भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र पूर्वाञ्चल विश्वविद्यालयबीच कलेजको प्रयोगात्मक अभ्यासका लागि कोशी अस्पताल प्रयोग गर्ने गरी त्रिपक्षीय सम्झौता भएको हो । मन्त्रीपरिषदले पूर्वाञ्चल विश्वविद्यालयलाई मेडिकल कलेज सञ्चालन गर्न स्वीकृति दिएपछि कोशी अस्पताललाई प्रयोग गरेर कलेज सञ्चालन गर्ने गरी त्रिपक्षीय सम्झौता गरिएको प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले जानकारी दिए । ‘कोशी अस्पताललाई प्रयोगात्मक अभ्यासका लागि प्रयोग गरेर पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज चलाउँने गरी सम्झौता भएको छ,’ डा.शर्माले भने, ‘अब चिकित्सा शिक्षा आयोगबाट बाँकी प्रकृया पुरा गरेर मेडिकल…

