खबर
बजार अनुगमन, ठूलो परिमाणमा सामान नष्ट
निकासखबर संवाददातावीरगन्ज । होली पर्वलाई दृष्टिगत गरी वीरगन्ज महानगरपालिकाले सुरु गरेको बजार अनुगमनका क्रममा ठूलो परिमाणमा म्याद नाघेका सामान बरामद गरी नष्ट गरिएको छ । सरोकारवाला निकायसँग समन्वय गरी महानगरपालिकाले बजार अनुगमन थालेको हो । वीरगन्ज महानगरपालिका–९ स्थित पानगल्लीमा रहेका किराना तथा खाद्यान्न पसलमा अनुगमन गर्दा विभिन्न पसलबाट म्याद नाघेको पिठो, बिस्कुट, खानेतेललगायत सामान नष्ट गरिएको वीरगन्ज महानगरपालिकाका खाद्य अधिकृत विपीनलाल दासले जानकारी दिए । पानगल्लीस्थित सुमित्रा ट्रेडर्स एण्ड सप्लायर्स, श्री श्याम ट्रेडर्स, बालाजी ट्रेडर्स, सिद्धिदाता ट्रेडर्स, वर्णबाल जेनरल सप्लायर्स, गहवामाई सप्लायर्स र श्री गढीमाई स्टोर्समा अनुगमन गर्ने क्रममा धेरैजसो पसलमा व्यवसाय अनुमतिपत्र नलिई सञ्चालन गरेको, मूल्यसूची नराखेको, पसलको बोर्ड नराखिएको,…
पोल गाडेको आधादशकमा पनि बलेन बिजुली
निकासखबर संवाददाताजाजरकाेट । जाजरकाेटकाे कुशे गाउँपालिकाको अधिकांश ठाउँमा पोल गाडेको पाँच वर्ष भइसक्दा पनि विद्युत सेवा उपलब्ध गराइएको छैन । ३३ केभी प्रशारण लाइन कुशेमा पुर्याउनका लागि नेपाल विद्युत प्रद्यिकरणले पाँच वर्षअघि वोलपत्र आह्वान गरेर काम सुरु गरे पनि हालसम्म सेवा सञ्चालन हुन सकेको छैन । विगत पाँच वर्षअघि कुशे –५ पाँचकाटियाबाट खुर्पासम्म पोल गाडिएका थिए । शाइ बाबा एण्ड तारा कन्टक्सन खलङ्गा–२ ले पालिकाको पाँचकाटियादेखि खुर्पा समकोटसम्म प्रशारण लाइन निर्माण गर्न आव २०७५÷७६ मा ठेक्का लिएकामा हालसम्म काम सम्पन्न भएको छैन । अहिले गाडिएको पोल जीर्ण अवस्थामा छन् भने तार छरिएर अलपत्र छन् । दुई ठाउँबाट विद्युत लिनका लागि काम…
शिलान्यास भएको २१ वर्षपछि कालोपत्रे भयाे सहिदभूमि-खाल्सा सडक
निकासखबर संवाददाताधनकुटा । धनकुटाको एक सडक शिलान्यास भएको २१ वर्षपछि सडक कालोपत्रे हुने भएको छ । सहिदभूमिस्थित खाल्सा क्षेत्रमा रहेकेा सडक शिल्यान्याश भएकाे घज्ञ वर्षपछि कालाेपत्रे हुन लागेकेा हाे । यो क्षेत्रमा २०५८ सालमा कच्ची सडक पुगेको याे क्षेत्रमा रहेकाे सडक हिउँदमा धुलाे र वर्षामा हिलाेका कारणा जाेखिमपुर्रण यात्रा गर्नु पर्ने वाध्यता रहेकाे थियाे । खाल्सा क्षेत्रका हाल सहिदभूमि गाउँपालिकाको आँखीसल्ला, खोकु र छिन्ताङसम्मको सडक धनकुटाका तत्कालीन प्रमुख जिल्ला अधिकारी शम्भु कोइरालाले शुभारम्भ गरेका थिए । प्रदेश १ सरकारको प्रादेशिक विशेष सडक आयोजनाअन्तर्गत २९ करोड ७२ लाख ९८ हजारको लागतमा उक्त सडक कालोपत्रे हुन लागेको हो । मध्यपहाडी लोकमार्गमा अवस्थित धनकुटा नगरपालिका–१ को…
आगामी बजेटमा खेलकुद क्षेत्रको रकम बढाउने प्रधानमन्त्रीको घोषणा
निकासखबर संवाददाताकाठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षको बजेटमा खेलकुद क्षेत्रमा बजेट बढाउने घोषणा गरेका छन् । मंगलबार ललितपुरको च्यासल रंगशाला उद्घाटन गर्दै उनले खेलकुदमा बजेट बढाउने बताए । प्रधानमन्त्री प्रचण्डले खेलकुद क्षेत्रले समाजलाई अनुशासित बनाउने उल्लेख गर्दै मर्यादा र संस्कृति स्थापित गर्नका लागि पनि खेल क्षेत्र महत्वपूर्ण रहेको बताए । उनले खेलकुदले राजनीतिक, कुटनीतिक र भाइचारा सम्बन्धको विकास हुने दाबी गर्दै सरकारको तर्फबाट देशका सबै प्रदेशहरुमा, सबै पालिकाहरुमा पनि खेल पूर्वाधार निर्माण गर्न नीति, योजना र कार्यक्रम बनाएको बताए । “यो क्षेत्रमा विगतमा बजेटको व्यवस्था निकै कम हुने गरेको छ,” उनले भने, “आउने बजेटमा यो क्षेत्रमा पहिलेको भन्दा गुणात्मक…
११ जना सांसदले अझै बुझाएनन् सम्पत्ति विवरण
निकासखबर संवाददाताकाठमाडौं । संघीय संसदमा निर्वाचित भएको ६० दिनभित्र बुझाउनुपर्ने सम्पत्ति विवरण ११ जना सांसदले अझै बुझाएका छैनन् । सघीय संसद् सचिवालयले भ्रष्टाचार निवारण ऐन ०५९ को दफा ५० अनुसार प्रतिनिधि सभाका नवनिर्वाचित ११ सांसदले ६० दिनभित्र बुझाउनुपर्ने सम्पत्ति विवरण नबुझाएको जनाएको छ। यसरी सम्पत्ति विवरण नबुझाउनेमा फरार सूचिमा रहेका एमाले सांसद लक्ष्मी महतो कोइरी र निलम्बित सांसद नेपाली कांग्रेसका टेकबहादुर गुरुङसमेत रहेका छन् । विवरण नबुझाउनेमा कांग्रेसका सांसदहरू उदय शमशेर जबरा,अजयकुमार चौरसिया, मोहन बस्नेत, मनोरमा शेरचन र निलम्बित सांसद गुरुङ छन्। त्यसैगरी, नेकपा एमालेका फरार सांसद लक्ष्मी कोइरीसहित राजकुमार गुप्ता, माओवादी केन्द्रका वर्षमान पुन, नेकपा (एकीकृत समाजवादी पार्टी)का सांसद मेटमणि चौधरी,…

