खबर

पाल्पामा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल
निकासखबर संवाददाता

पाल्पा । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पाल्पामा पाँच दलबीच चुनावी गठबन्धन गरिएको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा तथा जनता समाजवादी पार्टीबीच चुनावी तालमेल हुने भएको हो । बुधबार संयन्त्रको बैठकले आगामी निर्वाचनमा जिल्लाका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने निर्णय गरेको हो । चुनावी तालमेलका सम्बन्धमा पाल्पा कांग्रेसका सभापति हिमालदत्त श्रेष्ठको संयोजकत्वमा संयन्त्र निर्माण गरिएको छ । त्यसको सदस्यमा माओवादी केन्द्रका संयोजक नेत्रप्रसाद पाण्डे, एकीकृत समाजवादीका अध्यक्ष खिमानन्द पाण्डे, राष्ट्रिय जनमोर्चाका अध्यक्ष विशाल दर्लामी र जनता समाजवादीका मेयरमान राना रहेको संयन्त्रका संयोजक श्रेष्ठले बताए । संयन्त्रले गठबन्धन दलबीच आवश्यक…

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा अपेक्षा धेरै, उपलब्धि न्यून
निकासखबर संवाददाता

खोटाङ । २०७४ साल असारमा सम्पन्न स्थानीय तहको निर्वाचनमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा एमालेकातर्फबाट मेयरका उम्मेदवार दिपनारायण रिजाल र उपमेयरमा बिणादेवी राई निर्वाचित भए । पहिलोपल्ट कार्यान्वयनमा ल्याइएको संघीयता र चुनावमा बाँडिएको आश्वासनले नगरपालिकाप्रति सर्वसाधारणको अपेक्षा उच्च थियो । नगरको नारा नै ‘समाजवाद उन्मुख, सभ्य र समृद्ध नगरस् दिक्तेल रुमवासीको रहर’ तय भयो । तर, नगरपालिकाको पाँच वर्षे कार्यकाल बित्न लाग्दा नागरिकको थोरै अपेक्षा पुरा भए, धेरै अपेक्षा अधुरै छन् । १५ वडा रहेको नगरपालिकामा अहिले अपेक्षित ‘विकास भए’ भन्ने र ‘विकास भएनन्’ भन्ने पक्षको दोहोरी चल्ने गरेकोछ । विशेषगरी पाँच वर्षमा उत्पादनमुखी काम नभएको, जनताको जनजीविकासँग सरोकार राख्ने…

प्रतिवेदन नआउँदा तालमेलको मोडालिटीबारे छलफल भएन
निकासखबर संवाददाता

काठमाडौं । पाँच दलीय गठबन्धनको प्रदेश, जिल्ला र स्थानीय तहमा गठित सबै संयन्त्रबाट प्रतिवेदन आउन बाँकी छ । संयन्त्रहरूलाई प्रतिवेदन बुझाउने समयसीमा भने मंगलबारसम्म तोकिaएको थियो । तर, प्रतिवेदन नै नआएपछि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको निर्वाचन तयारी तथा अनुगमन समितिले निर्वाचनमा तालमेलको ‘मोडालिटी’बारे छलफल गर्न पाएको छैन । समितिलाई संयन्त्रहरूले पठाएको गठबन्धनका दलहरूको वस्तुस्थितिसहितको प्रतिवेदनलाई अध्ययन गरी विश्लेषण गर्दै तालमेलको मापदण्ड बनाउने जिम्मेवारी छ । समिति पाँच दलीय गठबन्धनको शीर्ष नेताहरूको बैठकले मंगलबार गठन गरेको हो । समितिले महानगर, उपमहानगरसहित नगरपालिका र गाउँपालिकादेखि वडा तहसम्मै तालमेलको स्पष्ट ‘मोडालिटी’ प्रतिवेदनकै आधारमा बनाउने समिति सदस्य तथा नेकपा ९एकीकृत समाजवादी०का महासचिव…

सहिद गेट उद्घाटन गर्न सिरहा जाँदै प्रचण्ड
निकासखबर संवाददाता

सिरहा । जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सिरहा आउने भएका छन् ।  सिरहाको मिर्चैया नगरपालिकामा सहिद रामप्रताप साहको नाममा बनेको गेटको उद्घाटन गर्न अध्यक्ष प्रचण्ड आउन लागेका हुन् । उनी आज मध्याह्न सहिद गेटको उद्घाटन गर्ने कार्यक्रम रहेको माओवादी नेता जीवछ यादवले जानकारी दिए ।  उनका अनुसार अध्यक्ष प्रचण्डको सम्बोधन पनि गर्नेछन् । सहिद साहकी श्रीमती जीवछीदेवी मिर्चैया नगरपालिकाको उपमेयर छिन् ।

वायु प्रदूषणले वार्षिक ३७ हजार ६८३ जना नेपालीको मृत्यु
निकासखबर संवाददाता

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल जलवायु परिवर्तनको उच्च जोखिम मुलुक रहेकाले स्वच्छ र हरित वातावरणको सिर्जना र प्रवर्द्धनमा आवश्यक योगदान गर्न आह्वान गरेको छ। मन्त्रालयले विश्व स्वास्थ्य दिवसका अवसरमा बिहीबार जारी प्रेस विज्ञप्तिमा नेपाल वायु प्रदूषण, जलवायु परिवर्तन प्रेरित प्रकोप ९बाढी, खडेरी, अत्यधिक गर्मीका कारण हुने वन डढेलो० र असुरक्षित पानीको प्रयोग मृत्यु र रोगलाई बढावा दिने प्रमुख कारक रहेको उल्लेख गरिएको छ। नेपालमा पनि वातावरण र स्वास्थ्यबीचको अन्तरसम्बन्धमा केन्द्रित हुँदै ‘स्वच्छ वातावरण, स्वस्थ नेपाली’ भन्ने नाराका साथ विश्व स्वास्थ्य दिवस मनाउँदै छ। मन्त्रालयका अनुसार नेपालमा वर्षेनी वायु प्रदूषणबाट ३७ हजार ६८३ जनाको र सुर्तीजन्य रोगका कारण २७…