खबर

लुम्बिनीमा सत्ता गठबन्धनको भागबण्डा, एकीकृत समाजवादी एक्लियो
निकासखबर संवाददाता

बुटवल । सत्ता गठबन्धनले निर्वाचनमा तालमेल गरेर जाने बताए पनि लुम्बिनी प्रदेशमा भने एकीकृत समाजवादी बाहेकको गठबन्धन गरिएको छ । कतिपय जिल्लामा भएका सिट बाँडफाँटमा पनि नेकपा एकीकृत समाजवादीलाई समेटिएको छैन । गठबन्धनमा सहभागी कांग्रेस र माओवादी केन्द्रले वास्ता गर्न छाडेपछि समाजवादीले भने गठबन्धन तोड्ने सम्मको चेतावनी दिएको छ । गुल्मीका १२ पालिकामा गरिएको चुनावी तालमेलका लागि पनि एकीकृत समाजवादीलाई बेबास्ता गरिएको छ । गुल्मीका १२ पालिकामध्ये आठवटा नेपाली कांग्रेस र चारवटा माओवादी केन्द्रले लिने सहमति भएको छ । गुल्मीमा १० वटा गाउँपालिका र दुई वटा नगरपालिका छन् । कांग्रेस सभापति खिलध्वज पन्थीले कांग्रेसले आठ र माओवादीले चार पालिका लिने…

द्वन्द्वकालीन मानवअधिकार उल्लङ्घनका घटनाको छानबिन गर्न माग
निकासखबर संवाददाता

काठमाडौं । द्वन्द्वकालीन मानवअधिकार उल्लङ्घनका घटनाको छानबिन तथा अनुसन्धान गर्नुपर्ने माग गरिएको छ । द्वन्द्वपीडितहरूको दुईदिने राष्ट्रिय सम्मेलनपछि २४ बुँदे घोषणापत्र जारी गर्दै गठन भएको सात वर्ष भइसक्दा पनि सम्बन्धित आयोगहरूले द्वन्द्वकालीन मानवअधिकार उल्लङ्घनको एउटै घटनाको समेत छानबिन अनुसन्धान पूरा गर्न नसकेको ठहर गछानबिन र अनुसन्धानको माग गरेएको हो । सम्मेलनले सङ्मणकालीन न्याय प्रक्रियामा पुनरावलोकन गरी आजसम्म प्राप्त अनुभव तथा सर्वोच्च अदालतबाट स्थापित सिद्धान्त एवं अन्तर्राष्ट्रिय मूल्य, मान्यता र मापदण्डसमेतका आधारमा समयसीमा र स्पष्ट कार्ययोजनासहितको सङ्क्रमणकालीन न्याय प्रक्रिया लागू गर्न अपिल गरेको छ । द्वन्द्वपीडितले मानवअधिकारका गम्भीर उल्लङ्घन तथा ज्यादतिमा क्षमादान, माफी र मेलमिलाप नहुने सुनिश्चततासहित पीडित समुदाय एवं सरोकारवालासँगको…

आगामी निर्वाचन सामान्य नभई अधिकार प्राप्तिको लडाइँँ होः अध्यक्ष प्रचण्ड
निकासखबर संवाददाता

जनकपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आगामी निर्वाचन सामान्य नभई प्राप्त उपलब्धिको रक्षा गर्ने र थप अधिकारका लागि लड्ने अभियान भएको बताएका छन् । सिरहाको मिर्चैया नगरपालिकाद्वारा सहिद रामप्रताप साहको नाममा निर्मित प्रतिमासहितको प्रवेशद्वार उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले अहिले पनि संविधानलाई मास्न र उपलब्धिलाई समाप्त पार्न कतिपय शक्ति लागि परेकाले त्यसको रक्षा गर्दै थप अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्ने अभियानका रूपमा निर्वाचनलाई लिनुपर्ने बताए । “नेपालीको आत्मसम्मानको रक्षा गर्ने, प्रतिक्रियावादीलाई परास्त गर्दै देशको रक्षा गर्ने, राष्ट्रको रक्षा गर्ने, समानता र आत्मसम्मानको रक्षा गर्ने वा प्रतिक्रियावादीलाई छोडिदिने भन्ने लडाइँ हो अहिलेको निर्वाचन”, अध्यक्ष…

ओली मधेश विरोधी हुन्ः प्रचण्ड
निकासखबर संवाददाता

सिरहा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ आउने निर्वाचनलाई सामान्य निर्वाचनको रुपमा नलिन अनुरोध गरेका छन् । सिरहाको मिर्चैया नगरपालिकाद्वारा सहिद रामप्रताप साहको नाममा निर्मित प्रतिमासहितको प्रवेशद्वार उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले यो निर्वाचन सामान्य निर्वाचन मात्र नभएर अधिकारकारको रक्षा गर्ने र थप अधिकारको लागि लडाई लड्ने अभियान भएको बताए । अहिले पनि राजावादी शक्तिहरु एकजुट हुन कोशिस गरिरहेको भन्दै अझै पनि संविधान सुरक्षित नरहेको उनले बताए । केपी ओली प्रधानमन्त्री रहेको बेला दुई पटक प्रतिनिधि सभा विघटन गरेको भन्दै प्रतिगामीहरु संविधान मास्ने खेलमा लागिरहेको दाबी गरे । ‘अहिले…

पत्रकार महासंघ प्रदेश १ द्वारा ११ बुँदे घोषणपत्र जारी
निकासखबर संवाददाता

विराटनगर । नेपाल पत्रकार महासंघ प्रदेश १ को प्रदेशस्तरीय भेलाले विभिन्न ११ बुँदे घोषणपत्र जारी गरेको छ । विराटनगरमा बिहीबार सम्पन्न भेलाले ११ बुँदे घेषणपत्र जारी गरेको हो । कोरोना संक्रमणका बहानामा सञ्चारगृहबाट निष्कासन, बेतलबी बिदामा राख्ने, तलब घटाउनेलगायत सञ्चारगृहलाई दबाबमूलक कार्यक्रम गर्ने जनाएको छ । भेलाले साना तथा स्वरोजगारमुखी सञ्चार गृहको प्रवद्र्धनका लागि समानुपातिक विज्ञापनसँगै स्थानीय विज्ञापन स्थानीय सञ्चारगृहलाई उपलब्ध गराउन मातहतको निकायसमक्ष माग गरेको पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष लीलावल्लभ घिमिरेले जानकारी दिए । प्रेस तथा अभिव्यक्तितर्फ तीन तहमा बन्दै गरेका र बनेका विभिन्न कानुनबारे भेलामा समीक्षा भएको बताएका अध्यक्ष घिमिरेले कानुन निर्माण गर्दा मुलुकको संविधान, आमसञ्चार…