खबर
मछिन्द्र फुटबल क्लबले मंगलबार श्रीलंकन क्लब ब्लु स्टारसँग प्रतिस्पर्धा गर्दै
निकासखबर संवाददाताकाठमाडौं । एएफसी कप छनोट–२०२२ को प्ले अफ अन्तर्गत मछिन्द्र फुटबल क्लबले मंगलबार श्रीलंकन क्लब ब्लु स्टारसँग प्रतिस्पर्धा गर्दैछ । ए डिभिजन लिग च्याम्पियन मछिन्द्रले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ब्लु स्टारसँग खेल्नेछ । मछिन्द्र आफ्नो पहिलो सहभागितामै समूह चरणसम्म पुग्ने योजनामा रहेको छ । मछिन्द्रले त्यहिँ अनुसार तयारी गरिरहेको मछिन्द्रका मुख्य प्रशिक्षक प्रवेश कटुवालले बताए । प्रशिक्षक कटवालले विपक्षी टोली राम्रो रहेको र आफ्नो टोलीका परिवर्तन नभएको समेत बताए । त्यस्तै मछिन्द्रका कप्तान सुजल श्रेष्ठले टोलीको लक्ष्य दोस्रो चरण भन्दा माथि पुग्ने रहेको बताए । अघिल्लो पटक क्लब लाइसेन्स नभएको कारण मछिन्द्रले छनोटको मौका गुमाएको थियो । मछिन्द्रको स्थानमा त्रिभुवन आर्मी…
उदयपुरमा खुल्ला राष्ट्रिय पुरुष ह्याण्डबल प्रतियोगिताको आयोजना
निकासखबर संवाददाताकाठमाडौं ।उदयपुर जिल्लाको बेलाका नगरपालिकामा खुल्ला राष्ट्रिय पुरुष ह्याण्डबल प्रतियोगिता हुने भएको छ । “स्वास्थ्य जीवन बेलाकाको अभियान, अनुशासित खेलकुद युवाको पहिचान“ भन्ने मुल नाराका साथ प्रतियोगीता आयोजना गर्न लागिएको हो । जिल्ला ह्याण्डबल संघ उदयपुरको आयोजना तथा नगर खेलकुद बिकास समिती बेलाकाको संयोजनमा चैत्र २१ गते देखि खेल संचालन हुने जिल्ला ह्याण्डबल संघ उदयपुरका अध्यक्ष शम्भु पौडेलले जानकारी दिए । खुल्ला राष्ट्रिय पुरुष ह्याण्डबल प्रतियोगितामा दुई बिभागीय टोली एपीएफ र आर्मी सहित सबै प्रदेश बाट खेलाडीहरुको सहभागीता रहने उहाले बताए । प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने टोलीलाइ क्रमश १ लाख, ५० हजार र २५ नगद सहित मेडल, प्रमाण…
पीडितले निश्चित समयअवधिभित्र न्याय पाउनुपर्ने: कानुनमन्त्री बडू
निकासखबर संवाददाताकाठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले न्याय माग्न अदालत पुगेका पीडितले निश्चित समयअवधिभित्र न्याय पाइसक्ने कानूनी व्यवस्था हुनुपर्ने बताएका छन् । आइतवार न्याय प्रशासनसँग सम्बन्धित प्रचलित कानूनमा गर्नुपर्ने आवश्यक सुधारको मस्यौदा पेश गर्न गठित अध्ययन समितिको प्रतिवेदन बुझ्दै मन्त्री बडूले पीडितले निश्चित समयभित्र न्याय पाउने अवस्थाका लागि आवश्यक कानूनी व्यवस्था हुनुपर्ने बताएका हुन् । मुद्दा दर्ता भएसँगै त्यसले बाँकी प्रक्रिया पाउन कति समय लाग्छ र फैसला कहिलेसम्म हुन्छ भन्ने विषयको अनुमान गर्न सकिने अवस्था बन्नुपर्ने उनले बताए । यति समयभित्र न्याय पाउछु भनेर पीडित विश्वस्त हुनसके अदालतप्रतिको आस्था र विश्वास बढ्ने उनले बताए । पीडितलाई छिट्टै…
रेडियो नेपाललाई सार्वजनिक प्रसारण सेवामा रुपान्तरण गरिने: संचारमन्त्री कार्की
निकासखबर संवाददाताकाठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले रेडियो नेपाललाई जतिसक्दो चाँडो सार्वजनिक प्रसारण सेवामा रुपान्तरण गरिने बताएका छन् । रेडियो नेपालको ७२औँ वार्षिकोत्सवका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा सञ्चारमन्त्री कार्कीले सार्वजनिक प्रसारण सेवामा रुपान्तरणका लागि कानुनी तथा संसदीय प्रक्रिया छिटै टुङ्गिने विश्वास व्यक्त गरे । उनले बिनासकारी भूकम्प र कोरोना महामारी लगाएत बिपतको समयमा रडियो नेपालले खेलेको भूमिकाको प्रशंसा गरे । आगामी दिन रेडियो नेपाललाई सार्वजनिक सेवालाई प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्ने उनको भनाई छ । वार्षिकोत्सवका अवसरमा रेडियो नेपालले ‘रेडियो नेपाल राष्ट्रिय स्रष्टा सम्मान पुरस्कार’ बाट वरिष्ठ गीतकार किरण खरेल र सङ्गीतकार दीपक जङ्गमलाई प्रदान गरेको छ । त्यसैगरी…
नेपालको नयाँ नक्सा नराखेको भन्दै ओलीको आपत्ति
निकासखबर संवाददाताकाठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दिल्लीस्थित नेपाली दूतावासमा लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा नराखेको भन्दै आपत्ति जनाएका छन् । आइतबार काठमाडौंमा नेपााल बुद्धिजीवी परिषद्को राष्ट्रिय अधिवेशन उद्घाटन गर्दै ओलीले दूतावासमा टाँगिएको फोटोमा बुच्चे नक्सा राखिएको भन्दै यो भन्दा राष्ट्रिय दलाली र राष्ट्रको गौरव र शीर निहु¥याउने लज्जाजनक काम अरु हुन नसक्ने बताएका हुन् । यसअघि प्रधानमन्त्रीले प्रकाशित गरेको एक सय दिनको विवरणमा चुच्चे नक्सा हटाइएको र सरकारले भौगोलिक अखण्डाप्रति खेलबाड गरेको उनले आरोप लगाए । ओलीले प्रधानमन्त्री देउवाको दिल्ली भ्रमणको उद्देश्यबारे पनि प्रश्न उठाए । त्यस्तै अध्यक्ष ओलीले अहिलेको पाँच गठबन्धनले सत्ताका लागि राष्ट्रियता र भौगोलिक अखण्डाप्रति सौदाबाजी…

