खबर
गठबन्धन संस्कृतिको भण्डाफोर गरौं : जनता प्रगतिशील पार्टी
निकासखबर संवाददाताकाठमाडौं, ८ जेठ । हृदयश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी, नेपालले स्थानीय तह निर्वाचनमा दलीय गठबन्धनलाई तोडेर अघि बढन आम मतदातालाई आह्वान गरेको छ । सत्तारुढ दलहरुले गठबन्धन गरेर स्थानीय तह निर्वाचन लड्ने तयारी गरिरहेका बेला सो पार्टीले भने यस्तो आह्वान गरेको हो । शनिबारबाट काठमाडौंमा सुरु भएको पार्टीको केन्द्रिय कमिटी बैठकमा सहभागी हुनु भएका नेता डा. शिवजी यादवले दलहरुलाई रोजेर जनताले मत दिने अधिकारलाई कटौति गर्ने भएकाले पनि आफ्नो पार्टीले गठबन्धन तोडेर निर्वाचनमा जानुपर्ने अडान लिएको स्पष्ट पारे । त्यस अवसरमा उहाँले आफ्नो पार्टीले आम जनता र खासगरी किसानको माग सम्बोधन गर्न लागि परेको भन्दै मतदान गर्न पनि सबै…
राष्ट्रपति विद्या भण्डारी, हिमालयन हाईड्रो एक्स्पोमा
निकासखबर संवाददाताकाठमाडौं । राष्ट्रपति विद्या भण्डारीले विद्युत उत्पादन, खपत र निर्यात व्यवस्थापनलाई प्रभावकारी बनाउँदै अर्थतन्त्रमा ऊर्जा क्षेत्रको योगदान वृद्धि गरी ‘समृद्ध नेपाल सुःखी नेपाली’को राष्ट्रिय संकल्पलाई पूरा गर्नु हाम्रो प्राथमिकताको विषय रहेको बताएकी छन् । शनिबार काठमाडौंको भृकुटीमण्डवमा आयोजित हिमालयन हाईड्रो एक्स्पोको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले आयातित विजुलीका कारण केही वर्षअघि मात्रै हामीले लोडसेडिङबाट मुक्ति पाएको उल्लेख गर्दै उहाँले यसको दिर्घकालीन समाधान भनेको हाम्रो आफ्नै उत्पादन हुनु रहेको पनि स्पष्ट पारीन् । त्यस अवसरमा राष्ट्रपति भण्डारीले दुई छिमेकी मुलुक भारत र चीनमा पनि विद्युत व्यापारका लागि प्रशारण लाईन निर्माण गर्ने काम सुरु भएको भन्दै त्यसले मुलुकमा यस क्षेत्रको विकासका लागि लगानी गर्न…
अपराजित रहँदै नेपाल फाइनलमा
निकासखबर संवाददाताकाठमाडौं । त्रिदेशीय अन्तर्राष्ट्रिय ट्वान्टी–२० क्रिकेटमा शनिबार मलेशियामाथि ८५ रन जित निकालेको नेपाल सतप्रतिशत फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न शृंखलाको अन्तिम खेलमा मलेसियालाई पराजित गर्दा नेपाल उपाधि नजिक पुगेको हो । नेपालको जितसँगै पपुवा न्यु गिनी (पिएनजी) नेट रनरेटको आधारमा फाइनल प्रवेश गरेको छ । अब उपाधिका लागि सोमबार नेपाल र पिएनजीबीच प्रतिस्पर्धा हुनेछ । सहज जित निकाल्दै फाइनलमा प्रवेश गरेको नेपाली टोलीका कप्तान सन्दिप लामिछानेले पावर प्लेमा विकेट गुमाए पनि मध्यक्रमका दीपेन्द्रको उत्कृष्ट ब्याटिङले टोलीले सफलता निकाल्न सफल भएको बताए । नेपालले दिएको २ सय २४ रनको लक्ष्य पछ्याएको मलेसियाले १९.५ ओभरमा…
शिक्षक सेवा आयोगको परीक्षा केन्द्रमा शिक्षामन्त्रीको निरीक्षण
निकासखबर संवाददाताललितपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवा आयोगद्वारा सञ्चालित प्राथमिक तह परीक्षा केन्द्रको निरीक्षण गरेका छन् । शनिबार ललितपुरस्थित नमुना मछिन्द्र माध्यमिक विद्यालय, त्रिपद माध्यमिक विद्यालय र मदनस्मारक माध्यमिक विद्यालय केन्द्रको निरीक्षण गरेका हुन् । उनले शनिबार सञ्चालन भएको प्राथमिक तहको परीक्षा निरीक्षण गदै परीक्षालाई मर्यादित र विश्वसनीय बनाउन निर्देशन समेत दिएका थिए । परीक्षा सम्पन्न गरेकोमा मन्त्री पौडेलले शिक्षक सेवा आयोगलाई धन्यावाद ज्ञापनसमेत गरेका छन् । शिक्षक सेवा आयोगले लिएको परीक्षामा माध्यमिक तह परीक्षामा ३६ हजार, निमावि तहमा ८६ हजार बढी र प्राथमिक तहमा १ लाख ३५ हजार बढी परीक्षार्थी सहभागी भएको आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले…
मुलुकको परिवर्तन गुम्ने खतरा कायम छः प्रचण्ड
निकासखबर संवाददाताकाठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकको परिवर्तन गुम्ने खतरा कायमै रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले माओवादी केन्द्रले मुलुकमा परिवर्तन ल्याएको र मुलुकको नेतृत्व भने परिवर्तन रोक्नेहरूका हातमा जाने अवस्था निम्तिएको भन्दै परिवर्तनमाथि खतरा कायमै रहेको बताएका हुन् । अहिले माओवादीले जितेको पालीकाहरुमा मात्र राम्रो काम हुन सकेको उहाले दावी गर्नुभयो । भरतपुर महानगरपालिकामा अन्य पालीकामा भन्दा राम्रो काम भएको भन्दै प्रचण्डले माओवादीले जितेका स्थानीय तहमा राम्रो काम भएको बताए । मुलुकको हरेक पालीकामा सुशासन, विकास तथा समृद्धिको ढोका खोल्न आवश्यक रहेको उनको भनाई छ । कार्यक्रममा प्रचण्डले भूतपूर्व सैनिकहरु सहितलाई…

