खबर
पुर्व गृहमन्त्री खाँणलाई ३० लाख धराैटीमा छाड्ने आदेश
निकासखबर संवाददातानक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहनु भएका नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई ३० लाख रुपियाँ धरौटीमा छाड्न आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले यस्तो आदेश दिएको प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिनुभयो । न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाँणलाई ३० लाख धरौटीमा छोड्न बिहीबार आदेश दिएको हो । यसअघि न्यायाधीशहरूबीच राय बाझेपछि बिहीबार तेस्रो न्यायाधीशको इजलासले छोड्ने पक्षमा राय दिएको हो । उच्च अदालत पाटनले खाँणलाई थुनामा पठाउनुपर्ने भनी जिल्ला अदालत काठमाडौंले दिएको आदेश बदर गरी धरौटीमा छाड्न आदेश गरेको हो । उच्च अदालत पाटनका प्रवक्ता तिर्थराज भट्टराईले अदालतको फैसला सुनाउँदै न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाँणलाई ३०…
सरकारद्वारा नेपालमा टिकटक तत्कालका लागि बन्दकाे निर्णय
निकासखबर संवाददाताइन्टरनेटको माध्यमबाट सामाजिक सञ्जालको रुपमा चल्ने टिकटकमा विकृति बढेसँगै विभिन्न देशले यसमा प्रतिबन्ध लगाउँदै आएका छन् । मन्त्रिपरिषद् बैठकले आज नेपालमा पनि टिकटक प्रतिबन्ध गर्ने निर्णयसँगै प्रतिबन्ध लगाउने देशको सङ्ख्या २७ पुगेको छ । मध्य एसियाली मुलुक किर्गिस्तानले अगस्त ३० देखि बालबालिकाको कुलत र मानसिक स्वास्थ्य बिग्रेको कारण देखाउँदै यसमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । यसको दुरुपयोग गर्दै अश्लीलता, मानव बेचबिखन, गलत सूचना अफवाह प्रवाह, राष्ट्रिय सुरक्षा, युवाहरूको मानसिक स्वास्थ्यलगायतमा असर पर्ने भएपछि टिकटकमाथि विभिन्न देशले प्रतिबन्ध लगाउने निर्णय गरिरहेका छन् । प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार बेलायतले सुरक्षाकाे कारण देखाउदै मन्त्री, सचिवलगायत सरकारी अधिकारीले प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय सन्…
लिटरमा ११ रुपैयाँ घट्यो पेट्रोलको भाउ
निकासखबर संवाददातानेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आइतबार राति १२ बजेपछि लागू हुनेगरी मूल्य घटाएको हो । जस अनुसार निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घटाएको छ । डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटेको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँ पर्नेछ भने डिजेलको मूल्य प्रतिलिटर १६८ रुपैयाँ पर्नेछ ।
काठमाडौँ आईपुगे इजरायलबाट उद्धार गरिएका नेपाली
काठमाडौं, ९ कात्तिक, २०८० ।इजरायलबाट २५४ जना नेपाली नागरिकलाई उद्धार गरी आज विहान नेपाल ल्याइएको छ । नेपाल एयरलाइन्सको वाइडवडी विमानबाटउनीहरुलाई नेपाल ल्याइएको हो । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहित सरकारी अधिकारीहरु उनीहरुलाई लिनका लागि इजरायल गएका थिए । उद्धारपछि आज विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरा गर्नुहुँदै परराष्ट्रमन्त्री साउदले इजरायलबाट नेपाल फर्कन चाहना राखेका ४ सय ३ जनामध्ये २ सय ५४ जनालाई नेपाल ल्याइएको र अन्यलाई पनि छिट्टै नेपाल ल्याइने जानकारी दिए ।
इजरायलबाट २५३ जना नेपाली लिएर काठमाडौंका लागि उड्यो जहाज
निकासखबर संवाददातानेपाल एयरलायन्सको जहाज इजरायलबाट २५३ जना नेपाली लिएर काठमाडौँको लागि उडेको छ । नेपाली समय अनुसार बिहिबार साँझ ५ बजेर १५ मिनेटमा उडेको जहाज राति १:३० बजे नेपाल आईपुग्ने छ । नेपाल एयरलायन्सका आरएनआर २२९ जहाज काठमाडौँबाट दुबई हुँदै इजरायल गएको थियो । दुबईबाट नेपाली समय अनुसार ११ बजे उडेको उक्त जहाज नेपाली समय अनुसार दिउँसो २ बजे इजरायलको बेन गुरियन विमानस्थलमा ल्याण्ड गरेको थियो । जहाजमा परराष्ट्र मन्त्री एनपि साउद र मन्त्रालयका सहसचिव शरदराज आरण पनि छन्न । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपालीहरुको उद्दारको लागि परराष्ट्रमन्त्रीलाई संगै पठाउने निर्णय गरेको थियो ।

