खबर
नेपालको हवाई क्षेत्रलाई ईयूको सुरक्षा चासोको सूचीबाट हटाउन अर्थमन्त्री महतको आग्रह
मोरक्को ।अर्थमन्त्री डा प्रकाशशरण महतले युरोपेली संघ ९ईयू० का कमिस्नर जुत्ता उर्पियालिनेनलाई भेटेर नेपालको हवाई सुरक्षा चासोको सूचीबाट हटाउन आग्रह गरेका छन । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष ९आईएमएफ०को वार्षिक बैठकमा भाग लिनेक्रममा मोरक्कोको मारकेसमा रहेका अर्थमन्त्री महतले साइड लाइन वार्तामा युरोपियन कमिस्नरसँग यस्तो आग्रह गरेका हुन् । उनले ईयूलाई नेपालमा आर्थिक सहायता बढाउन आग्रह गरे । सन् २०१३ देखि इयुले नेपालका वायु सेवा कम्पनीलाई हवाई सुरक्षा चासोमा राखेको छ । जसले नेपाली वायुसेवा कम्पनीले युरोपको आकासमा उडान गर्न पाउँदैनन । इयुले २०७९ असारमा नेपालका वायुसेवा कम्पनीको अनुगमन गर्दा हवाई सुरक्षा चासोबाट हटाउन अस्विकार गरेको थियो । २०७९ फागुनमा इयुले…
इजरायलमा रहेका नेपाली ल्याउन निगमको जहाज राति साढे ११ बजे उड्दै
निकासखबर संवाददाताइजरायलमा रहेका नेपालीहरुलाई ल्याउन बुधबार राति जहाज त्यसतर्फ जाने भएको छ । दुबईको नियमित फ्लाइट सेड्युलमा रहेको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज त्यहाँ यात्रु झारेर इजरायल जान लागेको हो । जहाज आज राती साढे ११ बजे उड्नेछ । परराष्ट्र मन्त्रालयका अनुसार हमासको आक्रमणबाट मृत्यु भएका १० नेपाली विद्यार्थीको शव पनि सोही जहाजमा ल्याइने छ । प्राप्त जानकारी अनुार हालसम्म ३ सय ५० जना नेपालीले इजरायलबाट नेपाल फर्किनका लागि नाम टिपाएका छन् ।
कार्यशैली सुधार्न कर्मचारीलाई ऊर्जामन्त्री बस्नेतको निर्देशन
निकासखबर संवाददाता | काठमाडौं, २४ भदाै, २०८० ।ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मन्त्रालय र मातहतका निकायका कर्मचारीलाई देश र जनताको हितलाई केन्द्रमा राखेर प्रभावकारीरुपमा काम गर्न निर्देशन दिएका छन् । साथै उनले सबै तहका कर्मचारीलाई आफ्नो कार्यशैली सुधार गर्न निर्देशन पनि दिएका हुन । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा कर्मचारीहरूलाई निर्देशन दिँदै मन्त्री बस्नेतले कुनै पनि निकायमा काम रोकिएको वा आमनागरिकले दुःख पाएको भन्ने गुनासो नआउने गरी काम गर्न आग्रह गरे । उनले पछिल्ला दिनमा ऊर्जा उद्यमी तथा सरोकारवालाले विद्युत् विकास विभागको काम प्रभावकारी नभएको गुनासो आएकाले त्यसलाई सम्बोधन गर्न, कमजोरी सुधार गर्न, संरचनागत वा कानुनी समस्या भए समाधानका निम्ति आफूसँग परामर्श गर्न कर्मचारीलाई निर्देशन दिए…
दिगो विकास लक्ष्य हासिल गर्न निजी क्षेत्रको महत्वपूर्ण भूमिका हुन्छ : चन्द्र ढकाल
निकासखबर संवाददातानेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दिगो विकास लक्ष्य हासिल गर्न निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । राष्ट्रिय योजना आयोग र संयुक्त राष्ट्र संघको सहकार्यमा एफएनसीसीआईले आयोजना गरेको सातौं दक्षिण तथा दक्षिण पश्चिम एसिया उपक्षेत्रीय मञ्चमा बोल्दै अध्यक्ष ढकालले दिगो विकास लक्ष्य हासिल गर्न राज्य र निजी क्षेत्र तथा अन्य विकास साझेदारबिच सहकार्य र नवप्रवर्तनको आवश्यकतामा जोड दिए । उनले गरिबी न्यूनीकरण, जलवायु परिवर्तनलगायतमा साझेदारीको खाँचो समेत औंल्याए । उनले निजी क्षेत्र वित्तीय योगदानकर्ता मात्र नभई आर्थिक वृद्धि, रोजगारी सृजना र प्राविधिक प्रगतिको संवाहक पनि भएको बताए । अध्यक्ष ढकालले रोजगारी सृजना, स्वास्थ्य सेवा र शिक्षामा लगानी,…
प्रत्येक स्थानीय तहमा सुपथ मूल्य पसल सञ्चालन गर्न लेखा समितिको निर्देशन
निकासखबर संवाददाताप्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले प्रत्येक स्थानीय तहमा सुपथ मूल्य पसल सञ्चालन गर्न निर्देशन दिएको छ । सोमबार बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो । समितिले दिएको निर्देशनमा भनिएको छ, कालोबजारी र सिन्डिकेट तथा उच्च मूल्यवृद्धिबाट उपभोक्तालाई राहत दिन प्रत्येक स्थानीय निकायमा अनिवार्य कम्तीमा एउटा सुपथ मूल्य पसल सञ्चालन गर्नेगरी आवश्यक समन्वय गर्न र सोको सेवा प्रवाहको अवस्था अनुगमन मूल्यांकनका लागि आवश्यक संयन्त्र निर्माण गर्न नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देश गर्दछ । त्यसैगरी गैरकानुनी रुपमा पूँजी पलायनलाई तत्काल नियन्त्रण गर्न, आयात गर्दा गरिने न्यून विजकीकरणलाई तत्काल कानुनबमोजिम कारबाही गर्न समेत मन्त्रालयलाई निर्देशन गरिएको छ । उद्योग…

