खबर
प्रधानमन्त्रीले संसद्मा निर्वाचन आयोगको प्रतिवेदन पेश गर्दै
निकासखबर संवाददाताकाठमाडौं । प्रतिनिधिसभाको आज बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन आयोगको १५ औं वार्षिक प्रतिवेदन २०७८/७९ पेश गर्ने कार्यसूचि रहेको छ । संसद् सचिवालयका अनुसार आज एउटामात्रै कार्य सुची रहेको छ । ६० किलो सुन तस्करीमा छानबिन आयोग बनाउन सरकार तयार भएसँगै झण्डै एक महिनापछि हिजोबाट सदन सुचारु भएको हो ।
संसद चल्ने, दलहरुबीच जुट्यो सहमति
काठमाडौं, ६ भदौ २०८० ।संसदको गतिरोध अन्त्यका लागि दलहरुबीच सहमति भएको छ । बुधबार प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बसेको राष्ट्रिय मान्यता प्राप्त दलहरुको बैठकले आजको प्रतिनिधिसभा बैठक सञ्चालन गर्ने सहमति भएको हो । संसदमा रहेका प्रमुख दलहरुबीच सुन तस्करीका सम्बन्धमा छानबिनको अध्ययन र तस्करी नियन्त्रणका लागि कानुनी र संरचनागत सुधारबारे सिफारिस गर्न जाँचबुझ आयोग गठन गर्ने सहमति भएको छ । यही साउन २ मा ब्रेक सुमा लुकाएर ल्याएको ६० किलो बढी सुन तस्करीको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान सकेपछि आयोग बन्नेछ । बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनता समाजवादी पार्टीका नेताहरु उपस्थित थिए । बैठकमा…
धादिङ बस दुर्घटना : ८ जनाको मृत्यु
धादिङ, ६ भदौ २०८० ।धादिङको गजुरी गाउँपालिका १, छहराबाट बस त्रिशुली नदीमा खस्दा ८ जनाको मृत्यु भएको छ । काठमाडौबाट पोखरा जाँदै गरेको यात्रुबाहक बस बुधबार बिहान त्रिशुलीमा खसेको हो । उक्त बस दुर्घटनामा ६ जना पुरुष र दुई महिलाको मृत्यु भएको छ । बसमा कति जना यात्रु सवार थिए भन्ने हालसम्म खुलेको छैन । प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बिहान सवा ११ बजे सडकबाट करिब ४० मिटर तल त्रिशूली नदीमा खसेको थियो । विस्तृत विवरण आउन बाँकी रहेको छ ।
धादिङको छहरा नजिकै यात्रुबाहक बस त्रिशुली नदीमा खस्यो
धादिङ, ६ भदौ २०८० ।पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिकाको छहराबाट यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ । काठमाडौंबाट पोखरा जाँदै गरेको बस बिहान सबा ११ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । दुर्घटनाग्रस्त बसमा कति यात्रु थिए भन्ने खुलेको छैन । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।
प्रधानमन्त्री प्रचण्डको न्यूयोर्क भ्रमण स्वीकृत
काठमाडौं, ६ भदौ २०८० ।मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को न्यूयोर्क भ्रमण स्वीकृत गरेको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधि मण्डलको भ्रमण स्वीकृत गरेको हो । प्रधानमन्त्री प्रचण्डले नेपालीे प्रतिनिधि मण्डलको नेतृत्व गर्दै न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागी हुन त्यसतर्फ जाने निर्णय भएको सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन । प्रधानमन्त्री प्रचण्ड सहितको टोली आगामी भदौ ३० गते न्यूयोर्क प्रस्थान गर्नेछ ।

