खबर

चारवटा जलविद्युत परियोजनाका लागि ३६ अर्ब ३७ करोडको लगानी स्वीकृत
काठमाडौं, ८ भदौ २०८० ।

लगानी बोर्ड नेपालले चारवटा जलविद्युत परियोजनाका लागि ३६ अर्ब ३७ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षता बसेको बैठकले रोल्वालिङ खोला, छुजुङ खोला, दाना खोला र सानीभेरी जलविद्युत परियोजनाका लागि लगानी स्वीकृति गरेको हो । लगानी बोर्डको कार्यालयमा सम्पन्न बैठकले तमोर जलाशययुक्त जलविद्युत् परियोजना कार्यान्वयन अघि बढाउने सम्बन्धमा हालसम्मको विकासक्रमको समीक्षा गर्दै परियोजनाको भावी कार्यदिशासम्बन्धी सुझाव पेस गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय समेत गरेको छ । त्यस्तै, दाङको राजपुर गाउँपालिकामा २४५ मेगावाट र २० मेगावाट ब्याट्री क्षमताको सौर्य ऊर्जा परियोजनाको अध्ययनका लागि डोल्मा हिमालयन इनर्जीलाई अध्ययन अनुमतिपत्र दिने निर्णय गरेको छ ।…

शनिबार बागमतीमा ‘नदी महोत्सव तथा महाजलयात्रा’ हुने
काठमाडौं, ८ भदौ २०८० ।

बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउनका लागि ‘नदी महोत्सव तथा महाजलयात्रा’ हुने भएको छ । नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सीज् (नारा), नेपाल नदी संरक्षण संस्था र फ्रेन्डस क्लब कुपण्डोलको आयोजनामा यही भदौ ९ गते शनिबार ‘नदी महोत्सव तथा महाजलयात्रा’ हुन लागेको हो । नाराका उपाध्यक्ष शिशिर खनालले बागमती नदी सभ्यताको पहिचान, संरक्षण र संवद्र्धनका साथै र्याफ्टिङ र जल पर्यटनको उजागर गर्नका लागि र नदी महोत्सव तथा महाजलयात्रा गर्न लागिएको जानकारी दिए । ललितपुरको कुपण्डोलस्थित वाग्मती पुलबाट बिहान ७ः०० बजेदेखि सुरु हुने महाजलयात्रामा १५ वटा डुङ्गामार्फत जलयात्रा गरिने उपाध्यक्ष खनालले बताए । काठमाडौँ सहरका साथै वाग्मती नदीको वातावरण दूषित भएको भन्दै…

सर्वोच्चप्रति कांग्रेस सांसदको आक्रोश, भने-संसदमाथि हस्तक्षेप भयो
काठमाडौं, ७ भदौ २०८० ।

नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले बजेटमा आएको संसद विकास कोष सम्बन्धमा सर्वोच्च अदालतको अन्तरिम आदेशले संसदको क्षेत्राधिकारमा हस्तक्षेप गरेको आरोप लगाएका छन् । घिमिरेले बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै बजेट गर्ने निर्माण अधिकार संसदको रहेको भन्दै सर्वोच्चले आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर व्यवस्थापिकामाथि हस्तक्षेप गरेको टिप्पणी गरे । ‘सांसदहरु जनताका प्रतिनिधि हुन् । कानुन बनाउने सर्वाधिकार तिनीहरुमा निहित छ’ सांसद घिमिरेले भने, ‘बजेटको एउटा अंशलाई झिकेर त्यसको विरोध गर्ने अधिकार न न्यायपालिकालाई छ, न कार्यपालिकालाई नै ।’ संविधानले अँगालेको शक्ति पृथकीकरणको सिद्धान्तलाई प्रभावित पार्ने गरी सर्वोच्च अदालतको आदेश आएको घिमिरेले बताए । उनले हाम्रो संविधानले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका अलग-अलग…

सुन तस्करी प्रकरण : अध्यागमन विभागका महानिर्देशक अधिकारी मन्त्रालय तानिए
काठमाडौं, ७ भदौ २०८० ।

अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी गृह मन्त्रालयमा तानिएका छन् । सुन तस्करी प्रकरणमा मुछिएका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसँग संवाद गरेको पाइएपछि विभागका महानिर्देशक अधिकारीलाई गृह मन्त्रालयमा तानिएको स्रोतले जनाएको छ । अधिकारी र दावाबीच चिनियाँ सामाजिक सन्जाल वी–च्याटमा कुराकानी भएको सार्वजनिक भएको थियो । अधिकारी २०७९ साल फागुन १७ गतेदेखि अध्यागमन विभागको महानिर्देशक थिए ।

संसदीय समितिका सभापतिको निर्वाचन भदौ ११ मा
काठमाडौं, ७ भदौ २०८० ।

संसदीय समितिका सभापतिको निर्वाचन यही भदौ ११ गते हुने भएको छ । बिहीबार सभामुख देवराज घिमिरेको कार्यकक्षमा बसेको मुख्य चार राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूको बैठकबाट भदौ ११ गते १० वटै विषयगत समितिका सभापतिको निर्वाचन गर्ने निर्णय भएको हो । नेकपा एमालेका सचेतक महेश बर्तौलाले ११ गते सबै १० वटा विषयगत समितिको सभापतिहरूको निर्वाचन गर्ने निर्णय भएको जानकारी दिए । उनले भने, अब प्रतिनिधिसभाका विषयगत समितिका सबै समितिले नेतृत्व पाउने कुराको सुनिश्चितता भएको छ । प्रतिनिधि सभाका १० तथा प्रतिनिधि सभा र राष्ट्रिय सभाका संयुक्त २ गरी जम्मा १२ वटा समितिका सभापति पद चयन हुन भएका छैनन । बैठकमा…