खबर
समाजवादी मोर्चा घोषणा आज नहुने
निकासखबर संवाददाताकाठमाडौं, १ असार । आज समाजवादी मोर्चा घोषणा नहुने भएको छ। आन्तरिक तयारी नपुगेको भन्दै आजका लागि तोकिएको मोर्चा गठनको घोषणा पछि धकेलिएको छ । असार १ गते समाजवादी मोर्चा घोषणा हुने भनिएपनि शुक्रबार बिहान बसेको पार्टीको केन्द्रीय सचिवालयले मोर्चा गठनको घोषणा नहुने नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन् । ‘सबै दलहरूको आन्तरिक तयारी नपुगेका कारण आज घोषणा हुने भनिएको समाजवादी मोर्चा घोषणा हुँदैन।’ बैठकपछि नेता खतिवडाले भने । बैठकमा पार्टीका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम उपस्थित नै भएनन् । यसले गर्दा पनि औपचारिक निर्णय हुन नसकेको उनको भनाई छ । नेता खतिवडाले बैठकमा मोर्चामा…
बल्छी ध्रुवे र राजु मास्टरसहित आठ जना पक्राउ
निकासखबर संवाददाताकाठमाडौँ, ३२ जेठ । अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । हास्य शृङ्खला ‘मेरी बास्सै’मा ‘बल्छी ध्रुवे’को भूमिका निर्वाह गरेर चर्चामा आएका मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे) तथा राजु पौडेल (राजु मास्टर) सहित प्रहरीले प्रहरीले पाँच जना कलाकार र तीन जना युट्यबर पक्राउ गरेको हो । अन्य पक्राउ पर्नेहरुमा भटभटे माइला (बेगम नेपाली), पवन खतिवडा (म्याकुरी) र सरोज घिमिरे रहेको छन् । त्यस्तै युट्युबर अलिस राई, जलन घर्ती मगर र गणेश देवकोटा रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनीहरुलाई काठमाडांैको विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुले आफ्नो…
प्युठान जीप दुर्घटना : मृतकमध्ये ७ जनाकाे पहिचान खुल्यो
निकासखबर संवाददाताकाठमाडौं, ३० जेठ । प्युठानको भिंग्रीमा सोमबार कार दुर्घटनामा परी ज्यान गुमाउनेमध्ये सात जनाकाे पहिचान खुलेको छ । एक जनाकाे भने पहिचान खुल्न बाँकी रहेकाे प्रहरीले जनाएकाे छ । मृत्यु हुनेहरुमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ कोठरीकी ३४ वर्षीया सरिता शर्मा, उनका १४ वर्षीय छोरा विशाल र ९ वर्षे विकास रहेका छन् । त्यस्तै दाङकै गढवा गाउँपालिका वडा नं. ७ का ४० वर्षीय गोविन्द शाह, उनकी ३० वर्षीया श्रीमती राधा नेपाली र छोरा ९ वर्षीय आदित्य शाह रहेको जिल्ला प्रहरी प्रमुख डिएसपी सुवास खड्काले जानकारी दिएका छन् । कार चालक लमही नगरपालिका–५ का ४९ वर्षीय तारा कुमाल रहेका छन् ।…
बजेटमाथि पूर्वअर्थमन्त्री विष्णु पौडेलका ७ टिप्पणी [पूर्णपाठ]
निकासखबर संवाददाताकाठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकारले ल्याएको बजेट चालु आयोजनाहरूको कार्यक्रम र नाम परिवर्तनमा लागेको टिप्पणी गरेका छन् । विभिन्न आयोजनाहरू पूरा गर्नका लागि बजेट विनियोजन गर्ने तथा स्रोत सुनिश्चित गर्नतिर बजेट अग्रसर हुनुपर्नेमा नाम परिवर्तनमा लागेको उनको भनाइ थियो । प्रतिनिधिसभाको आइतबारको बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा सहभागी हुँदै सांसद पौडेलले यसअघिको सरकारले ल्याएका आयोजनाहरूलाई बेवास्ता गरिएको बताएका हुन् । सरकारले स्वास्थ्य, शिक्षा, खानेपानी र सरसफाइका क्षेत्रमा बजेट घटाइएको र त्यसले आम नेपालीको जीवनस्तर र मानव विकास सूचकांकमा गम्भीर नकारात्मक असर पार्ने पौडेलको भनाइ छ । बजेटमा कुनै पनि…
अमेरिकी नागरिक भएकाे भन्दै खिजीदेम्बा गाउँपालिका अध्यक्ष शेर्पा विरुद्व मुद्दा
निकासखबर संवाददाताकाठमाडौं । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका अध्यक्ष गम्बु शेर्पामाथि अनागरिकको आरोपसहित उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुंगामा मुद्दा दायर भएको छ । गत स्थानीय निर्वाचनमा शेर्पासँग प्रतिस्पर्धा गर्दा आफू उपविजेता भएका भुपेन्द्र बहादुर बस्नेतले सो पदमा आफूलाई पदस्थापन गर्न माग गर्दै मुद्वा दर्ता गरेका हुन् । अमेरिकाको नागरिकता कायम रहेकै अवस्थामा नेपाली नागरिक हुन नसक्ने कानूनी व्यवस्थाको उल्लंघन गर्दै पुरानो नेपाली नागरिकता प्रयोग गरेर जनप्रतिनिधि भएको भनी शेर्पाविरुद्द उनले गत मंगलबार मुद्दा दर्ता गराएका हुन् । शेर्पा नेपाली नागरिक नभएकाले जनप्रतिनिधिको रूपमा काम गर्न अयोग्य रहेकोे रिट निवेदकको दाबी छ । ‘शेर्पाले सन् २०१४ मा अमेरिकी पासपोर्ट लिएर अमेरिकामा बसोबास गेरेकोमा…

