खबर
माछा मार्न करेन्ट लगाउने क्रममा युवकको मृत्यु
निकासखबर संवाददातामुगु । माछा मार्न खोलामा करेन्ट लगाउँदा माछा मार्ने युवकलाई नै करेन्ट लागेर मुत्यु भएको छ । मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका–१ र ४ मा पर्ने घट्टे खोलामा माछा मार्न करेन्ट लगाउने क्रममा करेन्ट लागेर सोही नगरपालिका–४ भाम वाडा घर भएका २२ वर्षीय सञ्जय भामको शुक्रबार मृत्यु भएको हो । ब्याट्री र १२ भोल्टको इन्भर्टर लगेर खोलामा माछा मार्न गएका भामको दिउँसो २ बजेतिर खोलामा करेन्ट लागेर बेहोस भएपछि उनका साथीहरूले जिल्ला अस्पताल मुगुमा पुर्याएका थिए । अस्पतालमा पुगेपछि भामको ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिए । शव परीक्षणका लागि जिल्ला अस्पताल…
नेपाल छिमेकी देशको सम्पन्नताबाट लाभ लिन चाहन्छः मन्त्री शर्मा
निकासखबर संवाददाताकाठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले छिमेकी देशको सम्पन्नताबाट नेपालले लाभ लिन चाहेको बताएकी छन् । नेपालका लागि चिनियाँ राजदूत छन सोङसँग मन्त्रालमा भएको दुई पक्षीय भेटवार्ताका क्रममा मन्त्री शर्माले नेपाल र नेपाली जनताको हितमा अन्तर्राष्ट्रिय समुदायबाट हुने सहयोगको सँधै स्वागत गर्ने बताइन् । नेपाल र चीनबिच घनिष्ट छिमेकीको सम्बन्ध रहेको उल्लेख गर्दै उनले सूचना र प्रविधिको क्षेत्रबाट समृद्धि हासिल गर्ने नेपालको प्राथमिकता भएकाले छिमेकीलगायत अन्तर्राष्ट्रिय समुदायबाट यसमा आउने सहयोग स्वागतयोग्य हुने बताइन् । आफूहरुले आफ्नै भूउपग्रहको विकास गर्ने, फोरजी इन्टरनेट सेवा देशब्यापीरुपमा विस्तार गर्दै फाइभजी सेवाको तयारी गर्ने, सूचना प्रविधि विश्वविद्यालय स्थापना गर्ने र सबै प्रदेशमा…
नक्कली शरणार्थी काण्डका आराेपीहरू कुनै हालतमा उम्किन सक्नदैनन्: उपप्रधानमन्त्री श्रेष्ठ
निकासखबर संवाददाताकाठमाडाैं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले बलियो प्रमाण-अभियोजनसहित मुद्दा परेकोले नक्कली शरणार्थी काण्डका आराेपीतहरू अदालतबाट समेत उम्किन नसक्ने बताएका छन् । नक्कली शरणार्थी प्रकरणलाई यत्तिकै सामसुम पार्न खोजिएको त होइन? भन्ने लिखित प्रश्न र आशंकासहित शुक्रबार उनलाई भेट्न गृहमन्त्रालय पुगेका नागरिक आन्दोलनका अगुवालाई आश्वस्त पार्दै उपप्रधानमन्त्री श्रेष्ठले यस्ताे बताएका हुन् । उनले सरणार्थी प्रकरण सम्बन्धि थप अनुसन्धानलाई जारी राखिने बताउँदै राजनीतिक उपलब्धिलाई जोगाएर भ्रष्टाचारको नियन्त्रण तथा आर्थिक, सामाजिक रुपान्तरणका लागि नागरिक आन्दोलनले सडकमै उपस्थित भएर खबरदारी गर्नुपर्ने समेत बताए । आफुलाई कतिपयले ‘सधै गृहमन्त्री होलास् र? थुनिएकाहरू निस्किदा तेरो के होला?’ भन्ने गरेपनि बरु सहिदको लाममा मिसिन तयार हुने…
माओवादीविना एमाले अध्यक्ष ओलीको सिंहदरबार यात्रा कठिन छः जनार्दन शर्मा
निकासखबर संवाददाताकाठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले माओवादीको शक्तिविना नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सिंहदरबार यात्रा कठिन रहेको बताएका छन् । बजेटमाथि संसदमा भएको छलफलमा एमाले अध्यक्ष ओलीले माओवादी ३२ सिटमा झरेको भन्दै व्यंग्य गरेका र शुक्रबार शर्माले त्यसको जवाफ दिँदै नेपालको राजनीतिक इतिहास माओवादीविना अपुरो हुने बताएका हुन् । संघीयता, धर्म निरपेक्षता, समावेशीता जस्ता मुद्दा माओवादीको विरासत भएको र संसदको तेस्रो शक्ति बनेपनि परिवर्तनको रापतापबाट आएको चुम्बकीय शक्ति बाँकी रहेको उनले बताए । उपमहासचिव शर्माले भने, ‘यसको बलमा माननीय केपी ओलीजीलाई प्रधानमन्त्री बनाउन हामीले पार्टीगत, समूहगत र व्यक्तिगत रुपमा योगदान पुर्याएको होइनौं र ?’ मंसिरको चुनावमा एमालेको…
असंवैधानिक, अराजक र अशान्तिपूर्ण गतिविधि सरकारले स्वीकार्न सक्दैनः गृहमन्त्री श्रेष्ठ
निकासखबर संवाददाताकाठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रदेश सभाको नामकरणलाई लिएर विरोध गर्नेलाई संविधान, लोकतन्त्र र शान्तिपूर्ण बाटोको माध्यम प्रयोग गर्न सुझाव दिएका छन् । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टीका केन्द्रीय सदस्य एवम् एमाले कोशी प्रदेश सभाका संसदीय दलका उपनेता रामबहादुर रानामाथि हिजो बिहीवार इलामको चिसापानीमा आक्रमण भएको घटनालाई लिएर विरोध गरेपछि जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । गृहमन्त्री श्रेष्ठले असंवैधानिक, अराजक, अशान्तिपूर्ण र ध्वंशात्मक गतिविधि सरकारले स्वीकार गर्न नसक्ने स्पष्ट पारे । उनले त्यस घटनाका बारेमा आफूले एमालेका अध्यक्ष केपी शर्मा ओली र सम्बद्ध नेता, प्रदेश सभा सांसद राना र कोशी प्रदेशका…

