खबर
सोलुखुम्बुको जनताले संघीयताको प्रत्याभूती गर्न पाएका छैनन्ः सांसद शेर्पा
निकासखबर संवाददाताविराटनगर । नेकपा माओवादी केन्द्रका प्रदेश सांसद गोम्बु शेर्पा ‘कज्र्याङ’ले सोलुखुम्बुको जनताले प्रदेश राजधानी विराटनगरबाट संघीयताको प्रत्याभूती गर्न नपाएको बताएका छन् । प्रदेशसभा बैठकमा शुन्य समयमा बोल्दै सांसद शेर्पाले सोलुखुम्बुका जनतालाई संघीय राजधानी काठमाडौं जानुभन्दा दुईगुणा बढि समय प्रदेश राजधानी विराटनगर आउन समय र खर्च लाग्ने भएकाले संघीयताको प्रत्याभुत गर्न नपाएको बताएका हुन् । ‘सोलुखुम्बुका जनतालाई राजधानी काठमाडौं जानुभन्दा विराटनगर आइपुग्न दुई गुणा बढि समय, दुई गुणा बढि खर्च र तीन गुणा बढि कष्ट बेहोरेर विराटनगर आइपुग्न बाध्य छन्,’ सांसद शेर्पाले भने, ‘सोलुको जनताले मेरो प्रदेश मेरो प्रदेश राजधानी र मेरो प्रदेश सरकार भन्ने प्रत्याभूती, गौरव कहिले गर्न पाउनु पर्ने…
सीटीइभीटीको गाडी सुनकोसीमा खस्यो, निर्देशकसहित ३ कर्मचारी बेपत्ता
निकासखबर संवाददातासिन्धुली । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्(सिटीइभीटी)को गाडी सुनकोसी नदीमा खसेको छ । प्रहरीका अनुसार सिटीइभीटी कार्यालय भक्तपुरबाट खोटाङका लागि हिँडेको बिएबी ७४६७ नम्बरको स्कार्पियो बीपी राजमार्गस्थित गोलन्जोर गाउँपालिका– ७ लौकुनबाट सुनकोसीमा खसेको हो। सिटीइभीटीका तीन कर्मचारी बेपत्ता भएका छन् । गाडीचालक कृष्णबहादुर चौधरी पौडिएर निस्कन सफल भएका छन् । गाडीमा सिटीइभीटीका निर्देशक कृष्णबहादुर केसी, निर्देशक यमबहादुर भुजेल र प्राविधिक अधिकृत भानु पौडेल सवार रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी राजकुमार सिलवालले जानकारी दिए। सुरक्षाकर्मीरु स्थानीयबासी मिलेर वेपत्ताका खोजी गरिरहेका छन् । नदीमा पानी निकै गहिरो रहेकाले खोजीका लागि गोताखोर ल्याउनुपर्ने अवस्था रहेको एक प्रत्यक्षदर्शीले बताएका छन् ।…
पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष जीएमसहित दाङका १९० जनाको सदस्यता खारेजी सिफारिस
निकासखबर संवाददातादाङ । नेपाल पत्रकार महासंघ दाङ शाखाले महासंघका केन्द्रीय उपाध्यक्ष उदय जीएमसहित १९० जनाको साधारण सदस्यता खारेजीको सिफारिस गरेको छ ।महासंघको शुक्रबार बसेको बैठकले ‘शुद्वीकरण अभियान’ अन्तर्गत नवीकरण मापदण्डभित्र नपर्ने र क्रियाशील नरहेकाको सदस्यता खारेज गर्ने निर्णय गरेको हो । दाङ महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलको गृहजिल्ला हो । केन्द्रीय उपाध्यक्ष जीएम हाल पत्रकारिता पेसामा निष्क्रिय भएकाले उनको सदस्यता खारेजीको सिफारिस गरिएको शाखा अध्यक्ष दुर्गालाल केसीले जानकारी दिए । सदस्यता खारेजीको सिफारिसमा अध्यक्ष केसी स्वयम् परेका छन् । महासंघले बनाएको मापदण्डमा नपर्ने भएकाले आफ्नो सदस्यता पनि खारेजीको सिफारिस गरिएको उनले बताए । शुद्वीकरणको मापदण्डमा नपर्ने भएकाले आफ्नैसमेत सदस्यता खारेजीको सिफारिस…
भरतपुरमा बालेनकै शैलीमा उत्रिइन् रेनु, अवैध संरचना हटाउन सुरु
निकासखबर संवाददाताचितवन । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र अवैध र मापदण्ड विपरीत बनेका भौतिक संरचना हटाउन सुरुआत गरेको छ । भरतपुर–१ नारायणी नदी किनारबाट यस्ता संरचना हटाउन सुरु गरिएको हो । अवैध संरचना हटाउने क्रममा आज नारायणी नदी किनारका आठ संरचना हटाउन लागिएको छ । यस्तै सोही क्षेत्रमा ३५ सङ्घसंस्थाले अवैध संरचना निर्माण गरेको महानगरपालिकाले जनाएको छ । ती संरचनासमेत भत्काउनका लागि सूचना जारी गरिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको २९ वटै वडामा अवैध संरचना हटाउने कार्य सुरु भएको बताइन् । मङ्सिरदेखि नै कानुनी प्रक्रिया सुरु गरिएको बताउँदै उनले अब सबै वडामा अवैध संरचना हटाउने काम सुरु गरिने बताइन्…
नेपालको राष्ट्रियता, अखण्डता र सार्वभौमिकता माथि गरिएको हस्तक्षेप सह्य हुँदैनः अखिल (क्रान्तिकारी)
निकासखबर संवाददाताकाठमाडाै । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले भारत सरकारले पछिल्लो पटक मे २८मा आफ्नो नयाँ संसद भवनको उद्घाटन गर्ने क्रममा संसद भवनमा राखिएको अखण्ड भारतको नक्सामा नेपालको कपिलवस्तु र लुम्बिनी समेत राखेर नक्सा सार्वजनिक गर्नु घोर आपत्तिजनक भएकाे बताएकाे छ । संगठनका संयाेजक पवन कार्कीले एक विज्ञप्ति जारी गर्दै यस्ताे बताएका हुन् । कार्कीद्वारा जारी विज्ञप्तिमा- नेपालको भुभाग भारतले आफ्नो नक्सामा राख्ने कुरा प्रती हाम्रो संगठन अखिल(क्रान्तिकारी) घोर आपत्ति र निन्दा प्रकट गर्दछ भनिएकाे छ । उनले हाम्रो देशको भू-भाग नियोजित ढङ्गले आफ्नो देशको नक्सामा राख्ने भारतिय विस्तारवादको यो रवैया खेदजनक रहेकाे बताउँदै नेपाली जनतालाई कुनै पनि हालतमा…

