खबर
गर्मी बढेपछि सर्लाहीमा पनि विद्यालय बन्द
निकासखबर संवाददातासर्लाही । सर्लाहीमा केही दिनयता अत्यधिक गर्मी बढेपछि विद्यालय बन्द गरिएको छ । गर्मी बढेपछि जिल्लाका सबै सामुदायिक तथा संस्थागत विद्यालय चार दिनका लागि बन्द गरिएको हो । गर्मीका कारण विद्यालयमा अध्ययनरत बालबालिकामा असर परेको सूचना आएपछि वर्खे बिदाबाट कट्टा हुने गरी गर्मी बिदा दिइएको शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीका निमित्त प्रमुख अशोककुमार रौनियारले जानकारी दिए । गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकाले जेठ २१ गतेदेखि २४ गतेसम्म वर्खे बिदाबाट कट्टा हुने गरी बिदा दिइएको उनको भनाइ छ । हाल सञ्चालित परीक्षाहरु भने यथावत रहने बतायउको छ ।
अबैध सामान सहित तीनजना प्रहरी नियन्त्रणमा
निकासखबर संवाददाताविराटनगर । मोरङको विराटनगर महानगरपालिका-५ बाट अबैध रजनीगन्धा र तुलसी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोक्राहा नरसिंह गाउपालिका-६ सुनसरीका २६ बर्षीय दिपक कुमार साह, २६ बर्षीय गुरुदेव साह र बिराटनगर-५ का ४२ बर्षीय अरुण यादव रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूहले बिराटनगर-५ चाँदनी चोक स्थित जय गणेश जनरल स्टोरमा भारतबाट अवैधरुपमा ८६९४ पिस रजनीगन्धा र ७३४४ पिस तुलसी ल्याइ स्टोर गरिरहेको अबस्थामा को. १३ प ५०८५ नम्बरको मोटरसाईकल सहित प्रहरीले उनीहरुाई पक्राउ गरेको हो । अबैध रजनीगन्धा र तुलसी सहित पक्राउ परेका तीनै जनालाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय…
अझै भेटीएनन् ‘सीटीईभीटी’का वेपत्ता कर्मचारी
निकासखबर संवाददातासिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका –७ लौकुनमा दुई दिनअघि सुनकोसी नदीमा जीप खस्दा बेपत्ता भएका सीटीइभीटीका तीन कर्मचारीको खोजी कार्य जारी छ । सशस्त्र प्रहरीको दुई वटा गोताखोर टोली, नेपाली सेनाको एउटा गोताखोर टोली र जनपथ प्रहरीको विपद् व्यवस्थापन गरी चार वटा टोली आइतबारदेखि परिचालन गरी खोजी कार्यलाई तीव्र बनाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । कार्यालयका अनुसार गोलन्जोर गाउँपालिका –७ लौकुनमा शुक्रबार दिउँसो प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी)को बा १ झ ७४६७ नम्बरको जीप सुनकोसी नदीमा खस्दा गाडीमा सवार चार जनामध्ये तीन जना बेपत्ता भएका थिए । बेपत्ता हुनेमा सीटीईभीटी प्रशासन शाखाका निर्देशक ५७ वर्षीय कृष्णबहादुर…
अझै भेटिएनन् सुनकोशीमा बेपत्ता सिटिइभिटीका कर्मचारी, बिहानैदेखि खोजी जारी
निकासखबर संवाददातासिन्धुली । सुनकोशीमा बेपत्ता सिटीइभिटीका कर्मचारी अझै भेटिएका छैनन् । शुक्रबार सिटिइभिटीका कर्मचारी सवार जिप सुनकोशीमा खस्दा तीन जना बेपत्ता भएका थिए । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायब उपरीक्षक चिरञ्जिवी दाहालका अनुसार अबेरसम्म नभेटिएपछि स्थगित गरिएको खोजीकार्य आज बिहानैबाट सुरू गरिएको छ । अहिले सशस्त्र प्रहरीको गोताखोर टोली र नेपाल प्रहरीसहित २४ जनाको टोली परिचालन गरिएको उनले डिएसपी दाहालले जानकारी दिए । बिहान शुक्रबार बिहान करिब साढे ११ बजे सिटिइभिटीको कर्मचारी सवार बा १ झ ७४६७ नम्बरको गाडी सिन्धुलीको गोलञ्जोर गाउँपालिका-७ लौकुनबाट सुनकोशी नदीमा खसेको थियो । गाडीमा सवार चार जनामध्य चालक दाङको राप्ती घर भएका ३१ वर्षीय…
विद्युतको पोलबाट लडेर गम्भीर घाइते बनेका कर्मचारीको हेलिकप्टरमार्फत उद्धार
निकासखबर संवाददाताखोटाङ । विद्युत मर्मत गर्नेक्रममा पोलबाट लडेर गम्भीर घाइते हुनुभएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ३२ वर्षीय मिननाथ दाहालको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । घर नजिकै काँडे भन्ने ठाउँमा नाङ्गो तार हटाएर एबिसी केबल लगाउनेक्रममा आज (बिहीबार) पोलबाट लडेर गम्भीर घाइते हुनुभएका दाहालको जिल्ला अस्पताल दिक्तेलमा उपचार सम्भव नभएपछि दुई लाख ४० हजारमा चार्टर गरिएको हेलिकोप्टरमार्फत गरेर काठमाडौँ लगिएको हो । विद्युतको पोलबाट लडेर घाइते बनेका दाहाललाई तत्कालै उद्धार गरेर जिल्ला अस्पताल ल्याइए पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ पठाइएको विद्युत प्राविधकरण दिक्तेल वितरण केन्द्रका कार्यालयका प्रमुख विजयराज रेग्मीले बताए । विद्युत प्राधिकरणमा दैनिक ज्यालादारी कर्मतारीको रुपमा काम…

