खबर

भिरबाट लडेर आमा–छोराकाे मृत्यु
निकासखबर संवाददाता

काठमाडाैं ।  धादिङमा भिरबाट लडेर आमा–छोराकाे ज्यान गएकाे छ । धादिङकाे बेनिघाट रोराङ गाउँपालिका–२ की १९ वर्षीया अप्सरा चेपाङ र उहाँका दुई वर्षीय छोरा साजनको भिरबाट लडेर ज्यान गएकाे हाे । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार सोमवार हिजाे घर नजिकै जङ्गलमा छोरा बोकेर घाँस काट्न गएकी अप्सरा भिरबाट लडेकी हुन् । दुवैजनाको  उपचारको क्रममा मलेखु शिक्षण अस्पतालमा ज्यान गएकाे प्रहरीले जनाएकाे छ ।

भाेजपुरकाे मानेभञ्याङमा खानेपानीकाे हाहाकार
निकासखबर संवाददाता

भोजपुर । उपभोग गर्दै आएको खानेपानी एक महिना बढी समयबाट बन्द भएपछि भोजपुर मानेभञ्याङका स्थानीय समस्या परेका छन् । स्थानीयले पानी उपभोग गर्दै आएको पिखुवाखोला लिफ्टिङ आयोजना एक महिनाअघिबाट अवरोध भएसँगै स्थानीय सम्स्यामा परेका हुन् । पानी सञ्चालनको जिम्मा लिएको उपभोक्ता समिति निस्क्रिय बनेपछि नियमितरूपमा पानी उपभोग गर्न नपाए पछि स्थानीय आक्रोशितसमेत भएका छन् । समितिले महसुल तिर्न नसक्दा पानी तान्नको लागि पम्पमा जडान गरिएको लाइन विद्युत् प्राधिकरणले काटी दिएपछि स्थानीय पानी उपभोग गर्नबाट बञ्चित भएका हुन् । समितिले व्यवस्थितरूपमा योजना सञ्चालन गर्न नसक्दा खानेपानीबाट बञ्चित भएको स्थानीयवासीको भनाइ छ । उपभोक्ता समितिले महसुलवापतको रु ११ लाख बढी रकम नतिरेको…

सिन्धुलीमा सर्पले डसेर दाजु–भाइको मृत्यु
निकासखबर संवाददाता

सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका–१ कुर्थौलीमा सर्पले डसेर एकै परिवारका दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १३ वर्षीय ग्रिस पहाडी र उनका भाइ तीन वर्षीय ग्रिस्म पहाडी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । आमा गंगा पहाडीसँगै घरमा सुतिरहेका उनीहरुलाई आज बिहान सर्पले डसेको थियो । आज बिहान करिब ३ बजेतिर कान्छो छोरा छटपटाएपछि गंगा व्युँझिएकी थिइन् । त्यसपछि छोराहरुलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौली लगिएको थियो । त्यहाँ उपचार हुन नसक्ने भनेपछि थप उपचारका लागि जानकी हेल्थ केयर जनकपुर रिफर गरिएको थियो । आज बिहान करिब ८ बजेतिर चिकित्सकले दुवै बालकलाई मृत घोषणा गरेको…

मेरो नाम लिएर पार्टीकाे दाेकान विस्तार गर्ने काम नगर्नूः हर्क ‘सम्पाङ’ राई
निकासखबर संवाददाता

काठमाडौं । सुनसरीकाे धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राईले आफू कुनै पनि राजनीतिक दलसँग निकट नरहेको प्रष्ट पारेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै आफू कुनै पार्टीमा नरहेकेा प्रष्ट पारेका हुन् । आफू कुनै दल निकट नरहेकाे भन्दै उनले आफ्नो नाम लिएर पार्टी विस्तारको काम नगर्न पनि आग्रह गरेका छन् । उनले लेखेका छन्- ‘मेरो नाम लिएर कसैले पार्टी विस्तार गर्दैछ रे,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म कुनै पार्टी नजिक छैन ।’ उनले आफ्नो नाम बेचेर लाभ लिने काम नगर्न पनि आग्रह गरेका छन् । हरेक विषयमा प्रष्ट बोल्ने उनले आफ्नो नाम दुरूपयोग गर्ने दल कुन हो भन्नेबारे चाहिँ…

गणतन्त्रमाथि धावा बोेल्नेलाई डाँडो कटाउने कर्णालीका मुख्यमन्त्रीको चेतावनी
निकासखबर संवाददाता

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले गणतन्त्रको विकल्प कदापी राजतन्त्र हुन नसक्ने स्प्रष्ट पारेका छन् ।  १६औं गणतन्त्र दिवसको अवसरका कर्णाली प्रदेश सरकारले आयोजना गरेको कार्यक्रममा बोल्दै शर्माले यस्ताे बताइका हुन् । उनले गणतन्त्रको व्यवस्थामाथि धावा बोल्नेलाई डाँडो कटाउने चेतावनीसमेत दिएका छन् । उनले भने,म भन्न चाहन्छु गणतन्त्रको विकल्प राजतन्त्रविहिन समाजवाद हुन् सक्छ। देशमा आइपर्ने संकटमा देशका राजनीतिक दलहरु एक ठाउँमा हुने गरेका छन्। यो व्यवस्था दशकौं लामो संघर्षको जगबाट आएकाले हो, डाँडो कटाउन नपरोस्। जनतालाई जिस्काउने काम कसैले नगरोस्। केहीदिन अघि बसेको कर्णाली प्रदेशसभाको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सन्तोषी शाहीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई वडामहाराजधिराज भनेर सम्बोधन गरेकी…