खबर
भ्रष्टाचारको अर्थ राजनीति विषयक विमर्श सम्पन्न
निकासखबर संवाददाताकाठमाडौं। नेपाल प्रज्ञा–प्रतिष्ठान भाषा ,साहित्य ,संस्कृति ,दर्शनशास्त्र र सामाजिक शास्त्रको सर्वोच्च निकाय नेपाल प्रज्ञा–प्रतिष्ठानको वर्तमान कार्यसमितिले बृहत् रूपमा प्राज्ञिक कार्यसम्पादन गरिरहेको छ। नेपाल वैकल्पिक अध्ययन समाजसँगको सहकार्यमा ‘भ्रष्टाचारको अर्थ राजनीति’ विषयक विमर्श कार्यक्रम सम्पन्न गरेको छ । नेपाल प्रज्ञाप्रतिष्ठानका माननीय कुलपति भूपाल राईले सांस्कृतिक आयामको विश्लेषण नगरी भ्रष्टाचारलाई बुझ्न सकिँदैन । भ्रष्टाचार न्यायिक ,प्राज्ञिक,नीतिगत ,वैचारिक र संस्थागत लगायतका अनेकौँ रूप र स्वरूपमा प्रकट हुने गर्दछन् । तिनको निर्मुल पार्न सके मात्रै देशको समुन्नति हुने बताए । सो विषयमा नेपाल राष्ट्र बैङ्कका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले कार्यपत्र प्रस्तुत गर्दै सार्वजनिक ओहोदामा रहेका व्यक्तिहरूले अनुचित ढङ्गबाट आर्जन गरेको सम्पत्ति नै भ्रष्टाचार भएको…
तपाइँको टाउको दुख्छ भने यी कुरा कहिल्यै नखानुस
निकासखबर संवाददाताकाठमाडौं । यदि तपाईंको टाउको दुखिरहेको छ भने केही खानेकुराहरुले त्यसलाई अझै बढावा दिन सक्छ । त्यसैले टाउको दुखेको बेला केही खानाहरु खानबाट बच्नुपर्दछ । यदी तपाईंलाई ती खानाहरुको बारेमा थाहा छैन भने आज जान्नुहुनेछ । रक्सी धेरै मात्रामा रक्सीको सेवनले टाउको दुखाई अझै बढ्न सक्छ । ह्यांगओभरको रुपमा पनि तपाईंको टाउको दुखेको हुन सक्छ । त्यसैले टाउको दुखिरहेको बेला रक्सी पिउनु हुँदैन । क्याफिन टाउकोमा तेज दुखाई भइरहेको बेला क्याफिनले भरपूर खाना खानु हुँदैन । यसले टाउको दुखाई अझै बढ्न सक्छ । त्यसैले कफी, चकलेट वा चिया जस्ता खानेकुरा खानु हुँदैन । धुम्रपान टाउको दुखेको बेला धुम्रपान गर्नाले स्वास्थ्यमा अझै…
बाजुराको बिछिया केन्द्रविन्दु भएर भूकम्प
निकासखबर संवाददाताबाजुरा । बाजुरा जिल्लाको बिछिया केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुरा जिल्लाको बिछिया वरपर केन्द्रविन्दु भएर आज साँझ ६ बजेर ५४ मिनेट जाँदा ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि बाजुरा जिल्लाको हुकाम केन्द्रविन्दु भएर जेठ ७ गते बिहान ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको थियो । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रुपमा लिने गरिन्छ । पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ ।
शरणार्थी प्रकरण : प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन, ३२ जना प्रतिवादी
निकासखबर संवाददाताकाठमाडौं । नक्कली शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र नेपाल सरकार बहालवाला सचिव टेकनारायण पाण्डेसहित ३२ जनालाई प्रतिवादी बनाउँदै अनुसन्धान प्रतिवेदन बुझाएको हो। प्रहरीले हाल हिरासतमार रहेका १६ जना र फरार सूचीका १६ जनालाई प्रतिवादी बनाएको छ। अन्य केहीको पनि नाम प्रतिवेदनमा रहे पनि अझै उनीहरुविरुद्ध अनुसन्धान आवश्यक पर्ने प्रहरीले जनाएको छ। अब सरकारी वकिलले आगामी शुक्रबारसम्म यो मुद्दा जिल्ला अदालतमा पुर्याइसक्नु पर्नेछ। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै लाखौँ ठगी गरेको आरोपमा पूर्वउप्रधानमन्त्री रायमाझी, पूर्वगृहमन्त्री खाँणसमेत १६ जना पक्राउ परेका…
ब्राउन सुगर सहित १ जना पक्राउ
निकासखबर संवाददाताविराटनगर । मोरङको विराटनगर महानगरपालिका-१७ ईस्लामपुरबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित एक जना पक्राउ परेका छन् । भारत बाट नेपाल तर्फ आउदै गरेका साईकल यात्री बिराटनगर महानगरपालिका-१८ का ३० बर्षीय शुसिल मण्डललाई अस्थाई प्रहरी पोष्ट मटेरुवाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेकाे हाे । प्रहरीले शंका लागि चेकचाँज गर्दा उनको साथबाट १२ मिलिग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका उनकलाई ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको प्रहरील जनाएकाे छ ।

