खबर

अध्ययनविनाको हावादारी योजना नल्याउन माधव नेपालकाे आग्रह
निकासखबर संवाददाता

  काठमाडौं । नेकपा एकीकृत समाजवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अध्ययनविनाको हावादारी योजना नल्याउन आग्रह गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले यस्ताे बताएका हुन् । उनले नामका लागि गरिने व्यक्तिवादी सोचबाट गरिएको योजनाले विकास गर्न नसकेकोले देशभरका ५७३ वटै पालिकामा कभर्ड हलको स्वीच अन गरेर शिलान्यास गर्न गल्ती नगर्न समेत आग्रह गरे । अध्ययनविनाको हावादारी योजना नल्याउन आग्रह गर्दै उनले ‘६७४१ वडामा खेल मैदानको र ६५३ वटा पालिकामा कभर्ड हलको स्वीच अन गरेर शिलान्यास गर्ने गल्ती नगर्न आग्रह गर्छु ।’ उनले भने, -‘नामका लागि गरिने काम, व्यक्तिवादी सोचले बिग्रिएको…

कार्यकारी निर्देशक पौडेलसहित नौजनाविरुद्ध ६९ करोडको भ्रष्टाचार मुद्दा
निकासखबर संवाददाता

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण (सेक्युरिटी प्रिन्टिङ प्रेस) केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललगायत नौजनाविरुद्ध करिब ७० करोडको बिगो माग गर्दै विशेष अदालतमा आइतबार भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। २०७६ सालमा निकै चर्चामा आएको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा भ्रष्टाचार भएको आरोपमा अख्तियारले उनीहरूविरुद्ध मुद्दा दर्ता गरेको हो। सेक्युरिटी प्रिन्टिङ प्रेस र फ्युल स्टोरेज ट्यांक खरिदमा ठेकेदारसँग मिली कमिसन लिएर दुईवटा ठेक्का सम्झौता र भुक्तानी गरी अनियमितता गरेको अख्तियारको आरोप छ। प्रिन्टिङ प्रेस खरिद गर्नुअघि नै विभिन्न बहानामा अस्वाभाविक लागत अनुमान तयार गरी भुक्तानी गरेको भेटिएको हो। सार्वजनिक खरिद ऐन र नियमावलीविपरीत सुरक्षण मुद्रण केन्द्रले कानुनविपरीत अस्वाभाविक रूपमा बढी…

छापामा आज : कसले के लेखे ?
निकासखबर संवाददाता

काठमाडाैं । काठमाडौंबाट प्रकाशित दैनिक अखबारहरूले सोमबार विविध विषयलाई समाचारको रूप दिएर छापेका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दाबारे निरन्तर फलोअपमा रहेका अखबारले आज पनि यसलाई नछुटाइ ‘कभरेज’ गरेका छन् । नयाँ प्रधान सम्पादक पाएको कान्तिपुर दैनिकले बजार नपाएर बारीमै तरकारी सुकेको तस्बिरलाई निकै प्राथमिकतापूर्वक मुख पृष्ठमा छापेको छ । भुटानी शरणार्थी प्रकरण चलिरहँदा जापानमा राजवंशी कोटा खुलेको भन्दै ठगी गरिएको अर्को विषय सतहमा आएको छ, जसलाई कान्तिपुरले आज मुख्य समाचार बनाएको छ । समाचारअनुसार राजवंशी कोटाका नाममा झापा र मोरङका भित्री गाउँका ४० युवासँग गिरोहले तीन करोड ठगी गरेको छ । मदिरा सेवन गरी…

यो पटक थोरै बोल्ने धेरै गर्ने संकल्प लिएको छु : प्रधानमन्त्री प्रचण्ड
निकासखबर संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसपटकको कार्यकालमा थोरै बोल्ने धेरै गर्ने संकल्प लिएको बताएका छन् । राष्ट्रिय बेपत्ता योद्धा स्मिति दिवसको अवसरमा काठमाडौंको नाँचघरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । कार्यक्रममा नेकपाका महासचिव विप्लवले आफुले भन्नुपर्ने धेरै कुरा बोलिसकेको बताउँदै आफुले यसपटक कम बोल्ने तर धेरै गर्ने  संकल्प लिएको बताए । प्रधानमन्त्री प्रचण्डले भने –“म अहिले धेरै बोल्दिन म प्रधानमन्त्री जस्तो भएर बोल्नुपर्ने हुन्छ । मैले बोल्ने भाषा विप्लव जीले बाहिरबाट बोलि रहनुभएको छ । यो पटक म भन्न चाँहि थोरै भन्ने काम चाँहिं धेरै गर्ने संकल्प लिएको छु । मैले प्रधानमन्त्री भएको दिन देखि…

बझाङ हिम पहिरो एकको मृत्यु, दुई घाइते र दुईजना बेपत्ता
निकासखबर संवाददाता

कैलाली । बझाङमा यार्चागुम्बा सङ्कलनका लागि गएका एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । हिम पहिरोमा परि बेपत्ता भएकाहरूमध्ये एक जनाको शव फेला परेको, अन्य २ जना घाइते भएको र २ जना अझै सम्पर्क विहीन रहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए । जिल्लाको सुर्मा गाउँपालिका र साईपाल गाउँपालिका सिमाना अन्तर्गत पर्ने धनसेरी हिमालमा आइतबार बिहान ९ बजेतर्फ यार्चागुम्बा सङ्कलनका लागि गएका ५ जना हिम पहिरोमा परि बेपत्ता भएका थिए । उनीहरुको खोजी गर्ने क्रममा एक जनाको शव फेला परेको अन्य २ जना घाइते र अन्यको खोजी भइरहेको प्रहरी नायव…