खबर
एकपटक माओवादी भएर काम गर्न प्रधानमन्त्रीलाई विप्लवको सुझाव
निकासखबर संवाददाताकाठमाडाैं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले जनताका चाहनालाई समयमा नै सम्बोधन नगरे विद्रोह हुने चेतावनी दिएका छन्। आइतबार काठमाडौंमा आयोजित १४औँ राष्ट्रिय बेपत्ता योद्धा स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । जनयुद्ध पनि जनताका माग र गुनासा नसुन्दाको विरोधमा भएको भन्दै उनले अहिले पनि त्यस्तै स्थिति आइरहेको दाबी गरे। सरकारले मन्त्रिपरिषदमा जनचाहनाअनुरूपका प्रस्तावहरु गरे आफूले सडकबाट साथ दिने विप्लवको भनाइ छ। उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई एकपटक पुनः माओवादी बनेर काम गर्न आग्रह गरे। ‘मैले भनेको छु– क्याबिनेटमा प्रस्ताव गर्नुहोस्, हामी रत्नपार्कमा बसेर साथ दिनेछौँ। हामी हरेक नराम्रा कामको विरुद्धमा उभिन तयार छौँ। तर,…
गणतन्त्र दिवसलाई भव्य बनाउने तयारी
निकासखबर संवाददाताकाठमाडौं । सरकारले यो वर्षको गणतन्त्र दिवसलाई भव्य बनाउने तयारी गरेको छ । २०६५ जेठ १५ गते नेपालमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनलाई हरेक वर्ष गणतन्त्र दिवसको रुपमा मनाउने गरिएको छ । गणतन्त्र स्थापना भएको पन्ध्र वर्ष पूरा भएकाले गणतन्त्रका पन्ध्र वर्षको समीक्षासहित तीन दिनसम्म विविध कार्यक्रम गर्ने तयारी थालिएको सञ्चार तथा सूचना प्रवधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । गणतन्त्र दिवस भव्यताका साथ मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति २०८० गठन गरिएको छ । जसमा उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, राज्यमन्त्रीहरु, काठमाडौं महानगरका प्रमुख, नेपाल सरकारका मुख्य सचिव, प्रधानसेनापति, नेपाल सरकारका सचिव तथा राजपत्रांकित विशिष्ठ श्रेणीका अधिकृतकहरु,…
लडाकु शिविरमा अनियमितता भएको छैन : माओवादी केन्द्र
निकासखबर संवाददाताकाठमाडाैं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले तत्कालीन लडाकु शिविर व्यवस्थापन कार्यालयमार्फत माओवादी सेनाको भत्ता र अन्य व्यवस्थापनको रकम भुक्तानी भएकाले त्यसमा कुनै पनि आर्थिक अनियमितता नभएको स्पष्ट पारेको छ । माओवादी केन्द्रले आज पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडमा पत्रकार सम्मेलनको आयोजना गरी महालेखापरीक्षक कार्यालयले नै यस विषयमा स्पष्ट पारिसकेको उल्लेख गर्दै सरकारी निकायको उपस्थितिमा भएको खर्च र त्यसको फाँटबारीमा कुनै अनियमितता नभएको बताएको हो । पार्टीका उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराका अनुसार महालेखा परीक्षकले २०६९ जेठ १९ गते शिविरको खर्चको समर्थन, फछ्र्यौट र मिनाहा गरी सम्परीक्षणको जानकारी पत्र शिविर व्यवस्थापन केन्द्रीय समन्वयकर्ताको कार्यालय सिंहदरबारमा पठाएको बताए । महालेखा परीक्षक कार्यालयको वार्षिक…
बुद्धको जहाज भित्र मुसा भेटियो
निकासखबर संवाददाताकाठमाडौं । शनिबार जनकपुरमा ‘मुसा’ देखिएपछि ग्राउण्डेड भएको बुद्ध एयरको जहाज नाइनएन–एजेएलमा मुसो फेला परेको छ । जहाजमा मुसो रहेको यात्रुले देखेका थिए । तर, शनिबार चेकजाँचका क्रममा मुसो फेला नपरेका कारण जहाज जनकपुरमै रोकिएको थियो । आइतबार बिहान ट्रयापमा मुसा भेट्टिएको र जहाजलाई सम्पूर्ण चेकजाँच गरी २–३ घण्टासम्म रनअप लिई थप सजगता अपनाइएको बुद्ध एयरले जनाएको छ । आइतबार नै प्रशिक्षक चालक र टेक्निकल टिमले सो जहाजलाई काठमाडौं ल्याएको छ । जहाजलाई थप निरीक्षण गरी आइतबार दिउँसोदेखि पुनः व्यावसायिक उडान थालिने समेत बुद्धको भनाइ छ । बुद्धले यात्रुलाई आफ्नो ब्यागेज तथा लगेजलाई राम्ररी प्याक तथा बन्द गरी ल्याउन समेत…
नीति तथा कार्यक्रमले देश र जनताको आवश्यकतालाई सम्बोधन गर्न सक्दैनः ओली
निकासखबर संवाददाताकाठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम यथार्थताको नजिक नरहेको आरोप लगाएका छन् । जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि आजदेखि प्रतिनिधिसभामा सुरु भएको छलफलका क्रममा उनले यो नीति तथा कार्यक्रमले देश र जनताको आवश्यकतालाई सम्बोधन गर्न नसक्ने बताए । उनले नीति तथा कार्यक्रम पुनःलेखन गर्न माग गरे । प्रमुख प्रतिपक्षी दलका नेता ओलीले सरकारको नीति तथा कार्यक्रमले १५औँ पञ्चवर्षीय कार्यक्रमकोसमेत समीक्षा गर्न नसकेको बताए । उनले भने, “१५औँ पञ्चवर्षीय कार्यक्रमको अन्तिम वर्षमा त्यसको गम्भीरतासाथ समीक्षा हुनुपर्नेमा, कार्यक्रम सफल भयो…

