खबर
धनगढीमा एक डाक्टर मृत फेला
निकासखबर संवाददाताधनगढी। धनगढीमा एक डाक्टर मृत फेला परेकी छिन्। धनगढी उपमहानगरपालिका–५ हसनपुर निवासी २६ वर्षीया डा. प्रसन्ना शाह मृत फेला परेकी हुन्। उनी आफ्नो घरमा मृत भेटिएकी हुन्। शाहको शव बन्द कोठाभित्र झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी देवेन्द्र पालले बताए। उनको मृत्युको कारण खुल्न नसकेको र शवको पोस्टमार्टम गरिएकोमा रिपोर्ट आउन बाँकी रहेको बताए। शाह धनगढीस्थित माया मेट्रो अस्पतालमा कार्यरत थिइन्।
ताप्लेजुङमा ट्याक्टर दुर्घटना, सहचालकको मृत्यु
निकासखबर संवाददाताताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा सहचालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा फक्ताङ्लुङ गाउँपालिका वडा नं ३ सिँवाका सन्दिप तामाङ रहेका छन् । बिहीबार राति मैवाखोला गाउँपाकिला १ तेल्लाबुङतर्फ बालुवा लिएर जाँदै गरेको को २ त ७८७७ नम्बरको ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिए । चालक मिक्वाखोला गाउँपालिका १ का कुशल लिम्बू भने दुर्घटनापछि फरार रहेका छन् । दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ ।
सरकारको नीति तथा कार्यक्रम आज
निकासखबर संवाददाताकाठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज (शुक्रबार) सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् । सङ्घीय संसद्का दुवै सदन (राष्ट्रिय सभा र प्रतिनिधि सभा) को संयुक्त बैठकमा राष्ट्रपति पौडेलले शुक्रबार अपराह्न ४ बजे नीति तथा कार्याक्रम प्रस्तुत गर्ने भएका हुन् । संविधानको धारा ९५ मा राष्ट्रपतिले सङ्घीय संसद्को कुनै सदनको वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सकिने व्यवस्था छ । सङ्घीय संसद् सचिवालयका अनुसार राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेपछि ६ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्ने छन् । सोही बैठकमा सभामुख देवराज घिमिरेले धन्यवादको प्रस्ताव…
हाम्रो एक इन्च पनि जमिन अरुलाई छाड्दैनौंः प्रधानमन्त्री प्रचण्ड
निकासखबर संवाददाताकाठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतसँग सीमा समस्या समाधानका लागि पहल गर्ने बताएका छन् । सदनमा सांसद रघु पन्तले प्रधानमन्त्रीको भारत भ्रमणको बारेमा प्रश्न उठाएपछि उनले यस्तो बताएका हुन् । उनले भने, ‘ईपीजी रिपोर्टदेखि लिएर सीमा समस्यासँग सम्बन्धी विषयमा हामीले हाम्रो एक इन्च जमिन छाड्न सक्दैनौं । हामीलाई छिमेकीको एक इन्च जमिन पनि चाहिँदैन । नेपालका सबै राजनीति दल र सदन एकमत छौं ।’ नेपालको राष्ट्रिय हित, एकता र सार्वभौम अखण्डता र स्वाधीनतामा कुनै सम्झौता नगर्ने उनले बताए । प्रधानमन्त्रीले भारत भ्रमणको तयारी थालिरहेको भएपनि अहिलेसम्म मिति भने तय भएको छैन ।
लडाकु शिविरमा अनियमितताकाे कुरा पुष्टि भए जेल जान तयार छुः प्रधानमन्त्री प्रचण्ड
निकासखबर संवाददाताकाठमाडाैं, ४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लडाकू शिविरमा भ्रष्टाचार भएको भन्ने आरोप कपोलकल्पित रहेको जिकिर गरेका छन् । प्रतिनिधिसभा बैठकमा बिहीवार सांसद ज्ञानेन्द्र शाहीको प्रश्नको जवाफमा प्रचण्डले यो विषय पुष्टि भए आफू जेल जान तयार रहेको बताएका हुन् । ‘क्यान्टोनमेन्टको कुरा कपोलकल्पित र पूर्वाग्रही छ भन्ने मेरो दृढ विश्वास छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘फेरि पनि कसैले दिएको उजुरीकै आधारमा छानबिन गरेर दोषी ठहरिए म आफैं जेल जान तयार रहेको जानकारी गराउन चाहन्छु ।’ उनले यस विषयमा आरोपका निम्ति आरोप लगाइएको गुनासो गरे । ‘पूर्व माओवादीका लडाकूलाई राज्य कोषबाट दिइएको रकम हिनामिना गरेको भन्नु आरोपका निम्ति आरोप हो ।…

