खबर
नौं दिनदेखि माइतीघर मण्डलामा अनसनरत बिनु यादवका विषयमा राज्य बेखबर
निकासखबर संवाददाताकाठमाडौं । बिनु यादव नौ दिन देखी माइतीघर मण्डलामा अनसन बसेकी छन् । आफुले न्याय पाउनु पर्ने बिभिन्न पाँचबुँदे माग राखी अनसन बसेकी हुन् । गत २०७५ सालमा आफु माथी जर्बजस्ती करणी भएको र सो को उजुरी फिर्ता गर्न लगाउने डिएसपी सुरज कार्की मार्थी कारबाही गर्नुपर्ने, आफ्नो इच्छा बिपरित सबन्ध बिच्छेद गराउने न्यायधिस बद्रीप्रसाद ओलीमाथि कारबाही गर्नुपर्ने, आफुमाथि पटक पटक बलात्कारको प्रयास गर्ने काका ससुरा पवन कठायतलाई पक्राउ गर्नुपर्ने, पहिला बलात्कार अनि विवाह गरेर सबन्ध बिच्छेद गराउन बाध्य बनाउने प्रदिप कठायतलाई कारबाही गर्नुपर्नेसहित ५ बुदेँ माग राखेर उनी माइतीघर मण्डलामा अनसनरत रहेकी छन्। उनी अनसन बसेको नौ दिन बितिसक्दा पनि…
नागरिक उन्मुक्ति पार्टीले जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्द गर्ने
निकासखबर संवाददाताकाठमाडौं । नागरिक उन्मुक्ति पार्टीले टीकापुरको घटना राजनीतिक भएको बताएको छ। बुधबार पत्रकार सम्मेलन गर्दै नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले टीकापुर घटना राजनीतिक घटना भएकाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न र रेशम चौधरी लगायतलाई रिहाई गर्नुपर्ने बताएका हुन्। उनले यो अदालती मुद्दा नभई राजनीतिक भएकाले सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने बताए। उनले आयोगको प्रतिवेदन सार्वजनिक नगरे आन्दोलन गर्ने घोषणासमेत गरे। उनले नाउपाले जेठ ३, ४, ५ गते कोणसभा र विरोध प्रदर्शन गर्ने बताए । भण्डारीले त्यति बेलासम्म पनि माग पूरा नभए जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्द गर्ने घोषणा गरे। भण्डारीका अनुसार रेशम चौधरी हत्यारा हुन…
भ्रष्टाचारीलाई संरक्षण भए हातमा दही जमाएर नबस्ने पर्यटन श्रमिकको चेतावनी
निकासखबर संवाददाताकाठमाडौं । सक्कली नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अरबौं रकम ब्रम्हलुट गर्नेहरुमाथि कडाभन्दा कडा कारबाही गनुपर्ने माग गर्दै देशैभरका पर्यटन श्रमिकहरुको खबरदारी अभियान शुरु भएको छ । नेपालीलाई लुटेर खान पल्किएकाहरु जो कोही भएपनि उन्मुक्ति दिन नहुने भन्दै पर्यटन श्रमिकहरुको सबैभन्दा ठूलो संस्था नेपाल ट्रेकिङ, ट्राभल, ¥याफ्टिङ, एअरलाईन्स, सांस्कृतिक, पुरातात्विक, कार्गो, कुरियर श्रमिक यूनियन ९युनिट्राभ नेपाल० ले खबरदारी अभियान थालेको हो । युनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले ‘दोषी नछुटुन्, निर्दोष नफसुन्’ भन्ने मुल मर्मलाई आत्मसाथ गर्दै यो प्रकरणमा मुछिएका जुनसुकै ओहदा र पदका व्यक्तिलाई कारबाही गर्न माग गरेका हुन् । अडियो प्रकरण सार्वजनिक भइसकेका पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर…
जिपको ठक्करबाट बालकको मृत्यु
निकासखबर संवाददातामकवानपुर। मकवानपुरको हेटौँडामा जिपको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ। हेटौँडा उपमहानगरपालिका–११ सिमलटारबाट हेटौँडातर्फ आइरहेको बागमती प्रदेश ०३–००१च १५९७ नं को जिपले ठक्कर दिँदा सिमलटारका दुई वर्षीय समर लोको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ठक्करबाट गम्भिर घाइते भएका उनको हेटौँडा अस्पतालमा मृत्यु भएको हो। प्रहरीले जिप चालकलाई पक्राउ गरेको छ।
अष्ट्रेलियाली सहायक विदेश मन्त्रीद्वारा प्रधानमन्त्रीसँग भेटवार्ता
निकासखबर संवाददाताकाठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका अष्ट्रेलियाली सहायक विदेश मन्त्री टिम वाट्सले भेटवार्ता गरेका छन् । भेटवार्तामा द्विपक्षीय हितका विषयमा कुराकानी भएको थियो । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उनले नेपालको विकास र समृद्धिमा अष्ट्रेलियन सरकार र जनताको सहयोगको निरन्तरताको अपेक्षा गरेका थिए । प्रधानमन्त्रीले अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरुको अवस्था र समस्याहरुका बारेमा चासो व्यक्त गरे । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले अष्ट्रेलियाका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो पनि दिएका थिए । भेटमा नेपालको आर्थिक समृद्धिमा कृषि क्षेत्रको व्यवसायीकरण र कृषिमा आधारित उद्योगहरुको विकास र पर्यटन क्षेत्रको प्रवद्र्धनमा सहयोगका बारेमा छलफल भएको थियो । मन्त्री वाट्सले अष्ट्रेलियामा…

