खबर
सरकारी वकिल कार्यालयमा पूर्वगृहमन्त्री खाँणको बयान
निकासखबर संवाददाताकाठमाडौं । नक्कली भुटानी शरणार्थी पक्ररणमा पक्राउ पुर्व गृहमन्त्री बालकृष्ण खाँणको बयान सुरु भएको छ । बबरमहलस्थित सरकारी वकिलको कार्यालयमा नेपाली कांग्रेसका नेतासमेत रहेका खाँणको वयान सुरु भएको हो । गत बिहिबार पक्राउ परेका पुर्व गृहमन्त्री खाँण माथी अनुसन्धान गर्नका लागि जिल्ला अदालत, काठमाडौंले हिजो ४ दिनको म्याद थप गरिए पछि आज पुनः सरकारी वकिलको कार्यालयमा बयान दिन ल्याईएको हो । टेकु परिसरको हिरासतमा ४ दिन देखी रहदैँ आएका खाँणले सो घटनामा आफनो संलग्नता अस्विकार गर्दै आएका छन । उनले हिजो पनि सञ्चारकर्मीसँग यस घटनामा अाफ्नाे कुनै संलग्नता नरहेको बताएका थिए । यद्धपी, सो प्रकरणमा पक्राउ परेका केशव दुलाल र…
पक्राउ परेका रायमाझीकाे संसद पद निलम्बीत हुने
निकासखबर संवाददाताकाठमाडौं । भुटानी शरणार्थी सम्बन्धी ठगी मुद्दाको आरोपमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री एवं सांसद टोपबहादुर रायमाझीको पद निलम्बन हुने भएको छ। उनी पक्राउ परेको सूचना प्रहरीले संसद सचिवालयलाई जानकारी दिए पछि उनकाे पद निलम्बनमा पर्ने भएकाे हाे । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन विचौलियसँग मिलेर पैसा असुल गरेको आरोपमा फरार रहेका उनी आइतबार राति बुढानिलकण्ठबाट पक्राउ परेका थिए । अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका रायमाझीलाई म्याद थपका लागि सोमबार अदालत लगिँदै छ । एमालेका सचिवसमेत रहेका उनी मंसिरमा भएको निर्वाचनमा अर्घाखाँचीबाट निर्वाचित भएका हुन् । उनी पक्राउ परेको सूचना प्रहरीले संसद सचिवालयलाई जानकारी दिए सांसद पद निलम्बित हुने संसद सचिवालयका…
आगलागीमा परेर बारामा एकै परिवारका चार जना घाइते
निकासखबर संवाददाताबारा । बाराको आदर्श कोतवाल गाउँपालिका १ च्युटाहास्थित एक घरमा आइतबार राति आगलागी हुँदा एकै परिवारका चार जना जलेर घाईते भएका छन् । घाइते हुनेमा पतीपत्नी र दुई छोरा रहेका छन्। लामखुट्टे भगाउन बालिएको घुरबाट आगो सल्किएर घरमा आगलागी हुँदा ३५ वर्षीय मनोज यादव, उनकी पत्नी ३० वर्षीया चेतरीदेवी, चार वर्षीय छोटु यादव र तीन वर्षीय सन्दीप यादव जलेर घाइते भएका हुन् । उनिहरुको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता पुरुषोत्तम पाण्डेका अनुसार घाइतेमध्ये चेतरीदेवीको अवस्था गम्भिर रहेको छ। सुतिरहेको बेला अचानक घरमा आगलागी भएपछि स्थानीयले उद्धार गरी उनिहरुलाई अस्पताल लगेका थिए। आगलागीबाट घर पूर्णरुपमा…
यसरी परे रायमाझी प्रहरी नियन्त्रणमा
निकासखबर संवाददाताकाठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको खोजीमा रहेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी अन्ततः पक्राउ परेका छन् । पक्राउ पुर्जी जारी भएको १२ औं दिनमा आइतबार नेपाल प्रहरीको विशेष ब्युरोले रायमाझीलाई काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको हो । ‘रायमाझी शनिबार काठमाडौँ आएको सूचना प्रहरीलाई थियो, प्रहरीले उनलाई बूढानीलकण्ठ पासिकोटबाट पक्राउ गरेको हो,’ नेपाल प्रहरीका कार्यवाहक प्रवक्ताको जिम्मेवारीमा रहेका एसएसपी भूपेन्द्र खत्रीले भने । उनी पासीकोटस्थित एक व्यक्तिको घरमा बसिरहेको अवस्थामा पक्राउ परेका हुन् । रायमाझी वैशाख २० गतेका दिन अर्घाखाँचीको आफ्नै निर्वाचन क्षेत्रमा आयोजित एक विद्यालयको कार्यक्रममा विशेष अतिथिका रूपमा सहभागी हुन पुगेका बखत उनीविरुद्ध काठमाडौंमा पक्राउ पुर्जी जारी भएको…
प्रचण्ड, ओली र कुँबरले हारगुहार नसुनेपछि
रूद्र भट्टकाठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा आइतबार पक्राउ परेका नेकपा एमाले केन्द्रीय कमिटी सचिव एवं अर्घाखाँचीका सांसद टोपबहादुर रायमाझी यतिबेला काठमाडौं प्रहरी परिसरमा छन् । राती नै मेडिकल जाँच गरेको उनलाई प्रहरीले आजै सोमबार १० बजे अदालत लैजाने तयारी गरेको छ। नेपाल प्रहरीको पक्राउ पूर्जीलाई बेवास्ता गर्दै ११ दिनदेखि फरार रहेका रायमाझी भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेमध्य उच्च तहका नेता हुन् । उनीसँगै यो प्रकरणमा १३ जना पक्राउ परिसकेका छन् । रायमाझी भन्दा अगाडि नेपाली कांग्रेसका नेता पुर्व गृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका थिए । पक्राउ पुर्जी जारी भएर पनि फरार केहीको खोजी जारी रहेको छ । गृह जिल्ला र आफ्नो…

