खबर

शरणार्थी प्रकरणमा पार्टी सभापति देउवा मौन हुनुहुन्नः डा महत
निकासखबर संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशरण महतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टी सभापति शेरबहादुर देउवा मौन नरहेको बताएका छन् । समसामयिक विषयमा कांग्रेसको धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्। नक्कली शरणार्थी प्रकरणमा पार्टी सभापति किन मौन भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘उहाँको पहिल्यैदेखि धेरै बोल्ने बानी छैन। तर, उहाँले अनुसन्धानमा सहयोग हुन्छ भनिराख्नु भएको छ । दोषी निर्दोष हुने निर्दोष दोषी हुने कुरा हुन्न। कानूनी प्रक्रिया अनुसार अघि बढ्छ।’ उनले यो प्रकरणले सत्ता गठबन्धन नभत्किने पनि बताए।

आरजु र मञ्जुबारे सामाजिक सञ्जालमा र मिडिया ट्रायल गरेर दोषी हो भन्नु गलत होः कांग्रेस
निकासखबर संवाददाता

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु देउवा र नेता बालकृष्ण खाणकी पत्नी मञ्जुलाई शरणार्थी प्रकरणमा मुछिएकोमा कांग्रेसले आपत्ति जनाएको छ । पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले नेतृद्वयमाथि सोसल मिडिया र मिडिया ट्रायल भइरहेको आरोप लगाए । आज कांग्रेसले आयोजना गरेको पत्रकार सम्मेलनमा डा. महतलाई पार्टी केन्द्रीय सदस्य र सांसदसमेत रहेकी मञ्जु खाणको अवस्था के हो ? भनी सोधिएको थियो । त्यसमा महतले कडा जवाफ दिएका थिए ।  उनले भने, ‘को कहाँ छन्, कहाँ गए, के गरे भनेर पार्टीले फलो गर्ने कुरा भएन । उहाँहरुमाथि मिडिया ट्रायल भइराख्या छ । डा. आरजु आफैंले प्रतिरक्षा गरिराख्नुभएको छ । न उहाँ…

इनरुवा–काँकडभिट्टा रेलवे बनाउँन रोकिएको जग्गाको तत्काल मुआब्जा दिइयोस्ः सांसद शर्मा
निकासखबर संवाददाता

काठमाडाैं । प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले इनरुवादेखि काँकडभिट्टासम्म रेलमार्ग निर्माणका लागि वर्षौ अघिदेखि रोक्का गरेर राखिएको जग्गाको तत्काल मुआब्जा उपलब्ध गराउँन सरकारसँग माग गरेका छन् । सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद शर्माले पीडितहरूलाई तत्काल जग्गाको मुआब्जा दिन वा जग्गा फुकुवा गर्न माग गरेका हुन् । २०६८ असार १ गते बसेको मन्त्रिपरिषद् बैठकले सुनसरीको इनरुवादेखि झापाको काँकडभिट्टासम्म रेलमार्ग निर्माण गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयपछि जग्गा रोक्का गरिएको भएपनि हालसम्म जग्गाको मुआब्जा नदिइएको र जग्गा फुकुवा पनि नगरिँदा सो क्षेत्रका जनताको बिजोक भएको भन्दै सांसद शर्माले तत्काल मुआब्जा दिन वा जग्गा फुकुवा गरेर समस्याको समाधान गर्न माग…

एमालेका सांसद टोपबहादुर रायमाझी निलम्बित
निकासखबर संवाददाता

काठमाडाैं । नेकपा (एमाले)का सांसद टोपबहादुर रायमाझी निलम्बनमा परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेपछि रायमाझी निलम्बनमा परेका हुन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा सभामुख देवराज घिमिरेले रायमाझी निलम्बनमा परेको सूचना सुनाएका छन् । कुनै सांसद पक्राउ परेमा प्रहरीले संसद् सचिवालयलाई जानकारी गराउँछ। सांसद पक्राउ परेको जानकारी सभामुखले प्रतिनिधि सभाको बैठकमा सुनाएपछि वा सूचना टाँस गरेपछि स्वतः निलम्बनमा पर्ने संवैधानिक व्यवस्था रहेकाे छ। पूर्व उपप्रधानमन्त्रीसमेत रहेका रायमाझी गत मंसीर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा अर्घाखाँचीबाट निर्वाचित भएका थिए । उनी वैशाख ३१ गते राति काठमाडौंको बूढानिलकण्ठबाट पक्राउ परेका थिए। उनलाई आज प्रहरीले अदालतमा पेश गरेको थियो।

आरजुले संसदमा भनिन्: मेरो चरीत्रमाथि बलात्कार भयो
निकासखबर संवाददाता

काठमाडाैं ।  नेपाली कांग्रेसकाी नेता तथा कांग्रेस सांसद आरजु राण देउवाले आफ्नो चरीत्रमाथि बलात्कार भएको बताएकी छन् । सोमबारको संसद बैठकमा संबोधन गर्ने क्रममा उनले यस्तो बताएकी हुन् । उनले देशमा फेक समाचार संस्थाहरु भएको र गलत समाचर बनाएर गलत प्रचार गर्न दुस्प्रयास भएको बताइन् । बैठकमा संवाधन गर्ने क्रममा उनले भुटानी शरणर्थी प्रकरणमा आफ्नो गलत अडियो बनाइ चरीत्र हत्या गरीउको र उक्त अडीयोको सवालमा आफु साइवर अपराधका विषयमा मुद्धा दर्ता गर्न जाँदा प्रहरीले आफ्नो निवेदन समेत दर्ता गर्न नमानेकोमा यस प्रति खेद प्रकट गर्दै उनले आफ्नो मात्र नभएर अन्यको पनि फेक अडीयो बनेको पाइएको हुँदा सरकारले यो टेपको सत्यतथ्य…