खबर
झापाको गौरीगञ्जमा साइबर अपराध र कानूनी व्यवस्था सम्बन्धी अन्तरक्रिया
निकासखबर संवाददाताझापा । झापाको गौरीगञ्जमा विद्यार्थीलाई लक्षित गरी प्रविधिको बढ्दो प्रयोग साइबर अपराध र कानूनी व्यवस्था सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । गौरीगञ्ज गाउँपालिकाको सहयोग र नारी सञ्चार गृह झापाको आयोजनामा सम्पन्न कार्यक्रममा प्रविधि हरेक मानिसको अभिन्न अंग झै बनिसकेको निष्कर्ष निकाल्दै प्रविधिको प्रयोगबाट हुने अपराधजन्य घटनाबाट बच्न व्यक्ति स्वयं सचेत र सतर्क हुनुपर्नेमा जोड दिइएको थियो । प्रविधिको सदुपयोगले मानिसलाई हरेक सहजता हुने निश्चित भएपनि सही सदुपयोग गर्न नजाने त्यसबाट हुने समस्याबारे छलफल गरिएको थियो । गौरीगञ्ज गाउँपालिका अन्तरगत रहेका मावि तहका विद्यार्थी, अभिभावक र शिक्षक प्रतिनिधि सहभागी कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमकी प्रमुख अतिथि तथा गाउँपालिकाकी अध्यक्ष फुलवती राजवंशीले…
दोस्रो जनआन्दोलनका ‘जिउँदो शहिद’ मुकेश कायस्थको निधन
निकासखबर संवाददाताबनेपा । दोस्रो जनआन्दोलनका घाइते ‘जिउँदो सहिद’ मुकेश कायस्थको निधन भएको छ । बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा बुधबार साँझ मृत्यु भएको अस्पतालले जनाएको छ । २०६२-०६३को १९ दिने जनआन्दोलनको क्रममा २०६२ चैत २७ गते बनेपामा भएको आन्दोलनमा प्रहरीले चलाएको गोली कञ्चटमा लागेको थियो । गोलीका कारण उनी अचेत बनेका उनलाई ११ महिनासम्म अस्पतालमा राखिएको थियो । गोलीका कारण उनलाई पक्षघात भएको थियो, जसका कारण त्यसयता उनी हिँडडुल समेत गर्न सक्दैनथे। गोली लाग्दा मुकेश १४ वर्षका मात्र थिए । बनेपा नगरपालिका वडा नम्बर ८ स्थायी घर भएका मुकेश २०४८ साल भदौ ९ गते काभ्रेको बनेपामा मिरा कायस्थ र कृष्णमान…
बालकृष्ण खाँणलाई चारदिन थुनामा राख्न अदालतले अनुमती दिए सँगै श्रीमती मञ्जु सम्पर्कविहीन
निकासखबर संवाददाताकाठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाण पक्राउ परेलगत्तै उनकी पत्नी मञ्जु खाण सम्पर्क विहीन भएकी छिन् । खाण पक्राउ परेको खबर पाउनेबित्तिकै ललितपुरस्थित निवासमा रहेकी पत्नी मञ्जु मोवाइल स्विच अफ गरेर सम्पर्कविहीन भएको स्रोतले जानकारी दिएको छ । पूर्व गृहमन्त्री खाण चावहिलस्थित कांग्रेस नेता कान्छाराम तामाङको घरबाट पक्राउ परेका थिए । पक्राउ पर्नुभन्दा ठिक अगाडि उनी श्रीमतीसँग भिडियो कलमा सम्पर्कमा भएको पनि दावी गरिएको छ । खाण पक्राउ परेलगत्तै उनी पनि पक्राउ पर्न सक्ने डरले सम्पर्कविहीन भएको स्रोतको दावी छ । यसअघि पूर्वगृहमन्त्री खाणकी श्रीमती मञ्जुले पनि नक्कली शरणार्थी बनाउने काममा पैसा लिएको आरोप लागेको थियो ।…
पहिचानको आन्दोलनः झापाको दमकमा १० प्रहरी सहित २२ जना घाइते
निकासखबर संवाददाताझापा । कोसी प्रदेश नामकरणको विषयमा असन्तुष्टि जनाउँदै मङ्गलवार साँझ झापाको दमकमा निस्केको राँके जुलुसको क्रममा भएको झडपमा परेर प्रहरी नायव उपरीक्षक मनोजकुमार लामा सहित २२ जना घाइते भएका छन् । पहिचान पक्षधर र प्रहरीबीच भएको झडपमा प्रहरी सहित २२ प्रदर्शनकारी घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार १० प्रहरी घाइते भएका छन् । करिब ३ सय मिटर टाडादेखि राँको बालेर आएका आन्दोलनकारीहरूलाई दमकको मुख्य गणतन्त्र चोकमा प्रहरीले रोकेर राँको निभाउन खोजेपछि दुई पक्षबिच झडप सुरु भएको थियो । झडपले उग्र रूप लिएपछि प्रहरीले बल प्रयोग गरेको बताइन्छ । आन्दोलनकारीहरूले प्रहरीमाथि आक्रमण गरेपछि भिडलाई तितरबितर गर्न र सार्वजनिक…
अर्घाखाँचीमा आगो निभाउने क्रममा जलेर ३ जनाकोमृत्यु, एक जनाको अवस्था गम्भीर
निकासखबर संवाददाताअर्घाखाँची । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा आगो निभाउने क्रममा जलेर ३ जनाको मृत्यु भएको छ । हिजो दिउँसो भुमिकास्थान नगरपालिका २ तिरतिरे खोला गाउँका पदम वेल्वासेको घरमा लागेको आगो निभाउने क्रममा घाइते भएका तीन जनाकाे ज्यान गएकाे हाे । भुमिकास्थान २ तिरतिरे गाउँका ७२ वर्षीय पिताम्बर वेल्वासे, ५५ वर्षीय पदम वेल्वासे र ५२ वर्षीय घनश्याम वेल्वासेको ज्यान गएको स्थानीय विष्णु वेल्वासेले जानकारी दिए । घाइतेलाई जिल्ला अस्पताल सन्धिखर्कमा उपचारपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा रेफर गरिएको थियो । पाल्पामा पनि उपचार हुन नसकेपछि काठमाडौं रेफर गरिएकोमा बाटोमै ज्यान गएको उनकाे भनाइ छ । आगलागी परेर घाइते भएका ३६ वर्षीय माधव…

