खबर

गण्डकीमा कुन दलले कति मन्त्रालय पाउँदै ?
निकासखबर संवाददाता

गण्डकी । गण्डकी प्रदेश सरकारमा कुन दलले कति मन्त्रालय पाउनेबारे गठबन्धनमा सहमति जुटेको छ । प्रमुख सत्ता घटक नेपाली कांग्रेसले मुख्यमन्त्रीसहित चार, नेकपा (माओवादी केन्द्र) ले दुई र नेकपा (एकीकृत समाजवादी) ले एक मन्त्रालाय पाउने भएको हो । कांग्रेसको प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेका अनुसार मन्त्रालयगत बाँडफाँट भने अझै टुङ्गिन बाँकी छ । ‘कुन दलले कुन मन्त्रालय लिने भन्ने विषयमा गठबन्धनमा गृहकार्य भइरहेको छ’, उनले भने, ‘केही दिनमै मुख्यमन्त्रीज्यूले सरकारलाई पूर्णता दिनुहुन्छ ।’ मन्त्रालयको बाँडफाँट मिलेपछि दलहरुले मन्त्रीको नाम टुङ्ग्याउने प्रमुख सचेतक न्यौपानेले बताए। ‘केन्द्रीय गठबन्धनसँग पनि जोडिएको विषय भएकाले नेकपा एसलाई कुन मन्त्रालय दिने भन्ने विषयमा माथि…

नक्कली भूटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाही गर्न शान्ति समाजको माग
निकासखबर संवाददाता

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले नक्कली भूटानी शरणार्थी प्रकरणका दोषीमाथि कानुनसम्मत कारबाहीको माग गरेको छ । घटनाक्रमले उक्त प्रकरणमा राजनीतिज्ञसहित उच्च पदस्थको संलग्नता भएको देखाएको समाजका सभापति रामकृष्ण बरालले आज जारी गरेको वक्तव्यमा उल्लेख छ । यो प्रकरण प्रकाशमा आएपछि पक्राउ पुर्जी जारी भएका केही व्यक्ति रहस्यमय तवरमा बेपत्ता हुनुले राजनीतिक संरक्षण भएको देखिने वक्तव्यमा भनिएको छ । अध्यक्ष बरालले सरकारी कार्यदल गठनदेखि चलखेलसम्मका सबै प्रक्रियाको सुक्ष्म अध्ययन एवं अनुसन्धानको माग गरेका छन् । दोषी जो कोही हुन् कानुनसम्मत कारबाही सुनिश्चित हुनुपर्ने माग समाजको छ । “यो प्रकरणमा संलग्नलाई उन्मुक्ति दिन गरिने कुनै पनि प्रयास र सौदाबाजीको अभ्यासको…

अब भ्रष्टाचारविरुद्ध नयाँ लडाइँ सुरु भयोः प्रधानमन्त्री
निकासखबर संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरुद्ध नयाँ लडाइँ सुरु भएको बताएका छन् । काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकामा सडक तथा ग्रामीण विद्युतीकरण कार्यक्रमको आज शिलान्यास गर्दै भ्रष्टाचार नियन्त्रणका लागि आफू र पार्टीलाई जनयुद्धको जस्तै साथ चाहिएको बताए । प्रधानमन्त्री दाहालले विकास र समृद्धिबिना अन्यायको अन्त्य र समाजवादको नयाँ युग सुत्रपात गर्न नसकिने बताए । ‘यसका लागि हिजोका दिनमा तपाईंहरुले दिएको साथ आज पनि चाहिएको । यसका लागि म तपाईंहरुसँग सहयोगको अपिल गर्न चाहन्छु ।’ उनले आफूले सरकारको नेतृत्व सम्हालेदेखि नै तीन वटा शब्दलाई बढी महत्व दिएको बताए । ‘अन्यायमा परेकालाई न्याय, समानता र अधिकार चाहिन्छ । सामाजिक न्याय भनेको त्यही हो,’…

भारत भ्रमणमा विद्युत् निर्यातबारे सम्झौता हुनेछः प्रधानमन्त्री प्रचण्ड
निकासखबर संवाददाता

काभ्रेपपलाञ्चोक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आसन्न भारत भ्रमणमा विद्युत बिक्री र उत्पादनका विषयहरूमा केही नयाँ सहमति सम्झौता हुने स्थिति रहेको बताएका छन् । काभ्रे जिल्लाको महाभारत गाउँपालिकामा सडक तथा ग्रामीण विद्युतीकरण कार्यक्रमको आज शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले यसबारे जानकारी दिएका हुन् । सबै जनताको साथ र सहयोगसहितको प्रतिबद्धता भए अबको ५ वर्षमा रेकर्ड बनाउने उनले बताए । प्रधानमन्त्रीले लोडसेडिङको युगबाट विद्युत् बिक्री गर्ने युगमा आएको बताउँदै भारत भ्रमणका क्रममा विद्युत बिक्री र उत्पादनबारे सम्झौता हुने उल्लेख गरे । उनले भ्रष्टाचार नियन्त्रणका लागि एउटा नयाँ लडाइँ सुरु भएको बताउँदै त्यसका निम्ति जनयुद्धको जस्तै साथ चाहिएको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले…

प्रेस स्वतन्त्रता सुनिश्चत गर्न गणतन्त्र सुदृढ गर्नु आवश्यकः मन्त्री शर्मा
निकासखबर संवाददाता

काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले राजनीतिक स्वतन्त्रता र प्रेस स्वतन्त्रता एक अर्कासँग जोडिएको बताएकी छन् । विश्व प्रेस स्वतन्त्रता दिवसको ३० औं वार्षिकोत्सवको अवसरमा युनेस्कोसँग सहकार्यूमा राष्ट्रिय मानवअधिकार आयोग, नेपाल पत्रकार महासंघ र त्रिभुवन विश्वविद्यालयको आमसञ्चार तथा पत्रकारिता विभागले गरेको कार्यक्रमलाई सम्वोधन गर्दै उनले राजनीतिक स्वतन्त्रताविना प्रेस स्वतन्त्रता संभव नहुने भएकाले संघीय लोकतान्त्रिक गणतान्त्रिकको सुदृढीकरणबाट मात्रै प्रेस स्वतन्त्रता सुनिश्चित गर्न संभव हुने बताइन् । ‘अहिलेको पुस्तालाई सुन्दा पनि कथाजस्ता लाग्छ होला तर कुनै यस्तो जमाना थियो, जतिबेला लेख्ने बोल्ने स्वतन्त्रताकै लागि जनताले बलिदानपूर्ण संघर्ष गर्नुपरेको थियो’– मन्त्री शर्माले भनिन्– ‘अहिले बेला प्रेस स्वतन्त्रता…