खबर
एमाले भ्रष्टाचारीलाई जोगाउने पक्षमा छैनः एमाले अध्यक्ष ओली
निकासखबर संवाददाताकाठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारीलाई जोगाउने पक्षमा आफू र आफ्नो पार्टी नरहेको बताएका छन् । राष्ट्रिय युवा सङ्घ नेपालको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले एमालेले कसैको पनि दोषको ढाकछोप नगर्ने बताएका हुन् । उनले एमालेले कसैको पनि दोष र अपराधलाई ढाकछोप गर्दैन भन्दै अगाडी भने “कोही पनि दोषीलाई एमालेले बचाउ गर्दैन र भ्रष्टाचार कसैले गर्छ भने जान्छ । व्यक्तिगत भ्रष्टाचारलाई एमाले पनि समर्थन गर्दैन ।” उनले एमालेविरुद्ध षड्यन्त्र हुन्छ भने त्यसको मुकाबिला गर्न पनि आफू तयार रहेको बताए । अध्यक्ष ओलीले भ्रष्टाचारको मुद्दामा प्रमाणले तानिनुपर्ने भन्दै केही दिनअघि गिरफ्तार भए पनि मान्छेलाई किन छाडियो भनेर…
काठमाडौं महाागरले गर्यो टुकुचा खोला र आसपासको जग्गाको लगत कट्टा गर्न पत्राचार
निकासखबर संवाददाताकाठमाडौं। काठमाडौं महानगरपालिकाले टुकुचा खोला र खोलाको बहाव क्षेत्रभित्र व्यक्तिका नाममा रहेको जग्गाको लगत कट्टा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्राचार गरेको छ । महानगरप्रमुख बालेन्द्र साहको निर्णयअनुसार प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले सोमबार मन्त्रालयलाई पत्राचार गरेका हुन् । पत्रमा भनिएको छ, “हात्तीसार क्षेत्रमा टुकुचा खोला खोलाको बहाव क्षेत्रभित्रको जग्गा त्रुटिवश व्यक्तिविशेषको नाममा दर्ता कायम रहन गएको देखिएको हुँदा यथाशीघ्र व्यक्तिविशेषको नाममा दर्ता रहेको जग्गा लगत कट्टा गर्ने र सार्वजनिक प्रयोजनमा रहने गरी प्रबन्ध गर्ने सम्बन्धमा आवश्यक कारबाहीका लागि मालपोत ऐन, २०३४ को दफा २४ को प्रयोजनार्थ अनुरोध गरिन्छ।” मालपोत ऐन, २०३४ को दफा २ ले नदी,…
पत्रकारिता क्षेत्रमा महिलाको संख्या बढाउन सरकार र सञ्चार माध्यमहरु संवेदनशील बन्नुपर्छः सञ्चार मन्त्री शर्मा
निकासखबर संवाददाताकाठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले पत्रकारिता क्षेत्रमा महिलाको संख्या बढाउन सरकार र सञ्चार माध्यमहरु संवेदनशील बन्नुपर्ने ताएकी छन् । उनहाँले पछिल्ला केही वर्षहरुमा नेपालमा समावेशीकरणको सवाल धेरै अगाडि बढेको भए पनि पत्रकारिता क्षेत्रमा महिलाको संख्या निकै कम रहेको भन्दै यसलाई बढाउन आवश्यक रहेको बताइन् । मिडिया एड्भोकेसी ग्रुप (म्याग) ले वैदेशिक मामिलामा रिपोर्टिङ गर्ने महिला पत्रकारको बारेमा तयार गरिएको अनुसन्धान प्रतिवेदन सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले पत्रकारितामा महिलाहरुको प्रवेशलाई प्राठथमिकता दिनुपर्ने र उनीहरु सम्मानजनकरुपमा पेशामा टिकिरहने बनाउन आम सञ्चार क्षेत्र गम्भीर हुनुपर्ने बताइन् । नेपाल पत्रकार महासंघका साढे १३ हजार सदस्यमध्ये दुई हजार चार सय…
लैंगिक हिंशा र वालविवाह अन्त्यका लागि कालिमाटीमा सार्वजनिक प्रतिवद्धता
निकासखबर संवाददातासल्यान । सल्यानको कालिमाटी गाउँपालिकामा महिला सशक्तीकरण कार्यक्रम सुरु भएको छ । गाउँपालिकाको सात वटै वडामा यो कार्यक्रम सञ्चालन हुनेछ । सोमबार वडा नम्बर १ को लक्ष्मीपुरमा महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत महिलाको नेतृत्व, क्षमता र उद्यमशिलता विकास, लैंगिक हिंशा विरुद्ध सचेतना र वाल विवाह न्यूनीकरणका विषयमा अभिमुखिकरण, अन्तरक्रिया तथा छलफल सम्पन्न भएको छ । गाउँपालिकाको सहयोग तथा सामुदायीक विकास केन्द्रको आयोजनामा कार्यक्रम सुरु भएको हो । कार्यक्रममा बालविवाह तथा लैंगिकताको आधारमा हुने सबै प्रकारको हिंसा र अपराधलाई अन्त्य गर्नका लागि जनप्रतिनिधी, कर्मचारी, स्थानीय महिला तथा सरोकारवालाहरुले सार्वजनिक प्रतिवद्धता पनि जनाएका छन् । हिंशामुक्त समाज निर्माण र बाल विवाह अन्त्यका…
सांसद शर्माको खुलासाः नक्कली शरणार्थी प्रकरणका अभियुक्तको बयान फेर्न खोजिदैछ
निकासखबर संवाददाताकाठमाडौं । प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले नक्कली शरणार्थी प्रकरणका अभियुक्तको बयान फेर्न दवाव दिने काम भइरहेको खुलासा गरेका छन् । आइतवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शर्माले मुख्य व्यक्तिलाई उन्मुक्ति दिन अभियुक्तहरुको बयान फेर्ने प्रयास भइरहेको खुलासा गरेका हुन् । नेपाली कांग्रेसका युवा नेता शर्मा मोरङको क्षेत्र नं.३ बाट निर्वाचित भएका हुन् । आफ्नो निर्वाचन क्षेत्रसँग पनि शरणार्थीको विषय जोडिएकाले अभियुक्तहरुलाई भेट्न जाँदा उनीहरुको बयान फेर्ने प्रयास भइरहेको थाहा पाएको उनले खुलासा गरे । ‘मेरो क्षेत्रसँग केही सम्बन्धित केस भएकाले के रहेछ भनेर बुझ्नका लागि थुनामा राखिएका मान्छेलाई भेट्न गएको थिए,’ सांसद शर्माले भने, ‘उनीहरुलाई त्यहाँ राखेर बयान गर्ने…

