खबर
सांसद अमरेशकुमार सिंह संसदमै लुगा फुकालेर बने अर्धनग्न
निकासखबर संवाददाताकाठमाडौं । सांसाद अमरेश कुमार सिंह सोमबार जारी संसद बैठकमै लुगा फुकालेर अर्धनग्न बनेका छन्। प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय माग गरेका भए पनि सभामुख देवराज घिमिरेले आकस्मिक समय नदिएपछि त्यसको विरोधमा उनी अर्धनग्न बनेका हुन्। विरोध स्वरुप उनले शरीरको माथिल्लो भागको सर्ट र भित्री लुगा फुकालेका थिए। यसपछि सभामुख घिमिरेले मर्यादाको ख्याल गर्न चेतावनी दिएपछि उनले लुगा लगाएका थिए।
नक्कली भुटानी शरणार्थी प्रकरणः लहरो तान्दा पहरो थर्कियो
निकासखबर संवाददाताकाठमाडौं । भुटानी शरणार्थी बनाएर अमेरिका लग्ने भन्दै नेपाली नागरिकबाट रकम असुल्ने गिरोहको अनुसन्धानमा लहरो तान्दा पहरो थर्किएको छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणकी पत्नीहरूले पनि पैसा बुझेको दाबी गरिएको अडियो सार्वजनिक भए सँगै यो प्रकरणको लहरो तान्दा पहरो थर्किएको हो । खाँणले रोजेका तत्कालीन गृह सचिव टेकनारायण पाण्डे सबुतसहित पक्राउ परिसकेका छन् भने कागजी प्रमाणअनुसार खाँण पनि अछुतो देखिएका छैनन् । भुटानी शरणार्थी समस्या समाधान गर्ने होइन, नक्कली शरणार्थी खडा गर्ने र पैसा उठाउने उद्देश्यले केपी शर्मा ओली नेतृत्वको सरकारका पाला कार्यदल गठन गरिएको विभिन्न कडीहरूले देखाएका छन् । केशव दुलाल र सानु भण्डारीको गिरोहले बनाएको योजनाअनुसार कार्यदल…
मेरो कुनै गल्ती छैन, म डराउँदिनः आरजु देउवा
निकासखबर संवाददाताकाठमाडौं । नेपाली कांग्रेसकी सांसद डा आरजु राणा देउवाले नक्कली भूटानी शरणार्थी प्रकरणमा आफूलाई नियतबस र जबर्जस्ती तान्न खोजिएको भन्दै तर त्यसमा आफूले नबिराएकाले नडराउने बताएकी छन् । प्रतितिधिसभको आजको बैठकमा आफूमाथि लक्षित गर्दै उठेका प्रश्नको जवाफमा उनले आफूले त्यस प्रकरणका बारेमा थाहा नपाएको स्पष्ट गन् ि। उनले आफू नभएको दिनमा आफ्नो नाम जोडेर अनेक थरी प्रश्नहरु उठाइएको र नक्कली मान्छेहरु खडा गरेर अडियो बनाइएको देख्दा र सुन्दै आफूलाई निकै दुःख लागेको बताइन् । उनले आफूले कसैका बारेमा कुनै टिकाटिप्पणी नगरी आफ्नै हिसाबले समाजसेवा र राजनीतिक गरेको तर आफ्ना विरुद्धमा भने नियोजित रुपमै दुष्प्रचार गरिएको बताइन् । उनले भनिन्, “एउटा…
रायमाझीलाई कानुनी दायरामा ल्याउनुमै एमालेको कल्याण छः सांसद सापकोटा
निकासखबर संवाददाताकाठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अर्बौं रकम ठगी विषयलाई अन्यत्र नमोड्न एमालेलाई चेतावनी दिएका छन्। प्रतिनिधि सभाको आइतबारको बैठकमा भुटानी शरणार्थी प्रकरणबारे कुरा उठेपछि एमाले सांसदहरूले अरू विषयमा पनि छानबिन गर्नुपर्ने बताएका थिए। माओवादी सांसद सापकोटाले एमाले सांसद टोपबहादुर रायमाझीलाई कानुनको दायरामा ल्याउन एमालेलाई आग्रह गरेका हुन्। ुप्रमुख विपक्षी दलका साथीहरूले छापामार शैलीमा आफ्नो कुरा राख्ननुभएको छ। प्रधानमन्त्रीमाथि खिसिट्युरी गर्नुभएको छ,ु सापकोटाले भने,ुतपाईंहरूले भ्रष्टाचारीलाई छानबिन गर्न माग गरेको हो भने टोपबहादुरलाई ल्याउनुस्। त्यसैमा तपाईंहरूको कल्याण हुनेछ।ु नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा मुछिएका रायमाझीविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।…
सिम्रिक एयरका सबै उडानमा प्रतिबन्ध
निकासखबर संवाददाताकाठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका सबै उडानमा प्रतिबन्ध लगाएको छ । गत शुक्रबार संखुवासभामा सिम्रिक एयरको नाइन एन– एजेजेट हेलिकप्टर दुर्घटनामा परेको थियो । चालक सुरेन्द्र पौडेलसहित पाँचजना सवार उक्त हेलिकप्टर दुर्घटनाका तीनजना घाइतेमध्ये एकजनाको मृत्यु भएको भने बाँकीको उपचार भइरहेको छ । यसपछि प्राधिकरणले सिम्रिक एयरका हेलिकप्टरहरूको विस्तृत निरीक्षण, वायु योग्यता र सुरक्षा व्यवस्थापन प्रणालीको लेखा परीक्षणका लागि उडानमा प्रतिबन्ध लगाएको जनाएको छ ।

