खबर

सरकारले धमाधम जनमुखी काम गरेपछि प्रतिक्रान्तिकारीहरुले गलत प्रचार सुरु गरेः प्रधानमन्त्री
निकासखबर संवाददाता

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवउदारवादले मजदुर र आम जनतामाथि नयाँ प्रकारले शोषण र उत्पिडन गरेकाले त्यसका विरुद्ध साझा प्रतिवाद जरुरी रहेको बताएका छन् । अखिल नेपाल ट्रेड युनियन महासङ्घको आठौंँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले श्रमजीवी र मजदुर वर्गलाई शोषण मात्रै गर्ने प्रवृत्तिको अन्त्यका लागि सशक्त प्रतिवाद जरुरी रहेको बताए । प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार गठन भएपछि मजदुर र आम जनताको हितमा केही महत्वपूर्ण काम तथा निर्णय भएको उल्लेख गरे । वर्तमान सरकारले वैदेशिक रोजगारीमा गएका श्रमिकलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याएको जानकारी दिँदै त्यसबाट लाखाैं नेपाली नागरिक लाभान्वित हुने विश्वास व्यक्त गरे । राहदानी लिनैका लागि…

कोइरीको विवाद नटुंग्याई सकियो संसद् अधिवेशन
निकासखबर संवाददाता

काठमाडौं । संघीय संसद्को चालू अधिवेशन शुक्रवार राति १२ बजेबाट अन्त्य हुने भएको छ ।​ संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले अधिवेशन अन्त्य सम्बन्धी पत्र राष्ट्रपति कार्यालयबाट प्राप्त भएको जानकारी दिए। चालू अधिवेशन २०७९ पुस २५ गतेदेखि शुरु भएको थियो । जेठ १५ गते नयाँ आर्थिक वर्षका लागि बजेट ल्याउने तयारी गर्नुपर्ने भएकाले अधिवेशन अन्त्य गरिएको बताइएको छ। केही दिनभित्रै बजेट अधिवेशनका रूपमा संघीय संसद्को वर्षे अधिवेशन आह्वान हुनेछ। आज प्रतिनिधिसभामा नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको अनुपस्थितिलाई स्वीकृत गर्ने विषयमा आज संसद् बैठकमा विवाद भएको थियो। सभामुख देवराज घिमिरेले कोइरी निरन्तर २१ वटा बैठकमा अनुपस्थित भएको र विरामी भई…

सभामुखलाई रामहरिकाे प्रश्न अदालतले थुनामा राख्न भनेको व्यक्ति सांसदबाट किन निलम्बित भएनन् ?
निकासखबर संवाददाता

काठमाडाैं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले एमाले सांसद लक्ष्मी महत्तो कोइरीलाई निलम्बन नगर्नुको कारणबारे प्रश्न उठाएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसद खतिवडाले कोइरी निरन्तर प्रतिनिधिसभाका १० वटा बैठकहरुमा अनुपस्थित हुँदा पनि संसदीय समितिमा समेत राखिएको भन्दै विरोध गरेका हुन् । उनले प्रहरीले थुनामा राख्नुपर्ने व्यक्तिलाई सभामुखले सांसदबाट निलम्बन नगराएर जोगाएर राख्नुको कारणबारे माग गरेका छन् । ‘लक्ष्मी महत्तो कोइरीका बारेमा मैले पटक–पटक कुरा उठाएको छु । अहिले पनि नेपाल प्रहरीले चिठी लेखेर उच्च अदालत जनकपुरको आदेशअनुसार उहाँ थुनामा बस्नुपर्ने भनेको छ । तर संसद् सचिवालयले उहाँलाई निलम्बित गरेको छैन,’ सांसद खतिवडाले भने, ‘सभामुखको भूमिका सत्तापक्ष, प्रतिपक्षतर्फ लक्षित नभईकन…

इलाममा एमाले अध्यक्ष ओलीलाई कालाे झण्डा !
निकासखबर संवाददाता

काठमाडौं ।  कोशी प्रदेशमा पैदेशको नामाकरणको विरोधमा प्रदर्शन गर्दै आएकालाई प्रहरीले नियन्त्रणमा लिन थालेको छ । सोही क्रममा  इलाममा कालो झण्डा देखाउने नौ जना पक्राउ परेका छन् । इलाममा आयोजित नेकपा एमालेको जिल्ला अधिवेशन प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली सदरमुकाम पुगेपछि उनलाई लक्षित गर्दै कालो झण्डा देखाउन खोजिएको थियो । त्यसैगरी इलाम निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ बाट निर्वाचित प्रदेश सांसद राम रानालाई कोशी प्रदेश नामाकरणको विरोधीहरुले कालो झण्डा ओढाउन खोजेका थिए ।  दिउँसो कार्यक्रमस्थल सिटी हल जाँदै गरेको अवस्थामा प्रदेशसभा सदस्यलाई कालो झण्डा ओढाउन खोजिएपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । प्रहरी दमनका…

गण्डकीका मुख्यमन्त्री पाण्डेले आज शपथ लिँदै, मन्त्रीको अझै बेटुंगो
निकासखबर संवाददाता

पोखरा। गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज पद तथा गोपनियताका शपथ लिँदैछन्। नेकपा माओवादीलगायतका राजनीतिक दलको समर्थनमा मुख्यमन्त्री भएका पाण्डेले आज अपरान्ह १२ बजे पद तथा गोपनीयताका सपथ लिन लागेका हुन्। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनको पद तथा गोपनीयताको सपथ गराउने छन्। नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख गुरुङले बिहिवार पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। तर, मुख्यमन्त्री पाण्डेसँग मन्त्रीहरुले पनि सपथ लिन्छन कि लिन्नन भन्ने अझै टुंगो भने लागेको छैन्। यद्धपी, मुख्यमन्त्री पाण्डेले मन्त्रीहरुका आंकक्षी आफनै पार्टी नेपाली कांग्रेसका सांसद तथा प्रमुख सत्ता सहयोगी नेकपा माओवादी केन्द्रका सांसदहरुसँग भने छलफल गरिरहेका छन्। उता, लुम्बिनीका मुख्यमन्त्री…