खबर
ताप्लेजुङमा चट्याङः बाबुआमा गम्भीर घाइते छोराको मृत्यु
निकासखबर संवाददाताताप्लेजुङ । ताप्लेजुङमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। गए राति असिना पानीसँगै परेको चट्याङ लागेर मैवाखोला गाउँपालिका–४ साँघु चित्रेका ११ वर्षीय दोर्ची शेर्पाको मृत्यु भएको हो। चट्याङ लागेर दोर्चीका बुबा दारिञ्जी र आमा मिङ्लाल्हमु गम्भीर घाइते भएका छन् । घाइते दुवै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिए ।
ससुराली गएका ज्वाइँको हत्या प्रयास
निकासखबर संवाददातामहोत्तरी । महोत्तरीमा ससुरालीमै ज्वाइँको हत्या प्रयास भएको छ । महोत्तरीको सोनमा गाउँपालिका-४ का २८ वर्षीय सन्तोष झाको हत्या प्रयास भएको घटना बाहिरिएको हो । घटना गत चैत २२ गतेको हो । सोनामा गाउँपालिका वडा नं. १ स्थित ससुराली घरमा सन्तोषलाई बोलाइएको थियो । दिउँसो पुगेपछि ससुरा हिरण ठाकुर, सासू नगिना ठाकुर, सालो धर्मेन्द्र ठाकुर, ससुरा नाता पर्ने घनश्याम ठाकुरलगायतले टाउकोमा ठोस् बस्तु प्रहार गर्नुका साथै घाँटी च्यापेर हत्या प्रयास गरेको सन्तोषका परिवारजनले जनाएको छ । मरणासन्न हुने गरी आक्रमण गरेर सन्तोषलाई लुकाउने प्रयास गरेपछि स्थानीयले उनको घरमा फोन गरेर जानकारी गराएका थिए । टाउकोको खप्पर फुटेर रक्ताम्य तथा घाँटी…
संखुवासभाको भोटखोलामा खाद्यान्न अभाव
निकासखबर संवाददातासंखुवासभा । संखुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा खाद्यान्य अभाव भएको छ । कोरोना महामारीका कारण देखाउँदै चीन सरकारले किमाथांका नाका तीन वर्षअघि बन्द गरेको थियो । नाका बन्द भएपछि चीनतिरबाट खाद्यान्य आयात हुन नसक्दा भोटखोलामा खाद्यान्य अभाव भएको भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिए । भोटखोलामा आलु, कोदो, मकै र फापर मात्र उत्पादन हुन्छ । ती उत्पादित खाद्यान्यले अधिकांस स्थानीयलाई तीन महिना मात्र खान पुग्ने गरेको छ । सदरमुकाम खाँदबारीबाट किमाथांका नाका करिब १६२ किलोमिटर टाढा पर्दछ । किमाथांका स्थानीयवासी दैनिक रोजगारीका लागि पनि विगतमा पारिका चाँगा र देन्दाङसम्म जाने गरेका थिए । त्यो पनि अहिले बन्द हुँदा ज्याला मजदुरी गरिखानेलाई मर्का…
मेची पारिको विद्यालय बन्द हुँदा……………..
निकासखबर संवाददाताझापा। सीमामा तैनाथ भारतीय सुरक्षा बल ९एसएसबी०को चौकी छिचोलेर लख्खी राजवंशी दिनहुँ भारतीय विद्यालयमा कक्षा ७ मा पढ्न जाने गर्छिन् । आफ्नो गाउँ ग्लावाबस्तीमा विद्यालय बन्द भएपछि पढ्नैका लागि उनी सीमा नाघेर भारत धाउन बाध्य छन्। सडक, सञ्चार, खानेपानी, सुरक्षालगायतका कुनै पनि भौतिक विकासका पूर्वाधार नपुगेको ‘मेचीपारिको नेपाल’ भनेर चिनिएको मेचीनगर वडा नं १५ को ग्वालाबस्ती र सिसौडाँगीका धेरै बालबालिका लख्खीले जस्तै दिनहुँ सीमा पार गर्ने चुनौती खेप्दै पढ्नका लागि भारतीय विद्यालय जाने गर्छन्। सिसौडाँगीका २० वर्षीय कमल बाँस्के पढाइ छाडेर अहिले खेतीपाती र चिया मजदुरीमा लागेका छन्। ग्वालाबस्तीको मेची प्राथमिक विद्यालयमा कक्षा २ पढेपछि मेची तरेर नेपालतिरकै कालिका आधारभूत विद्यालयमा…
एमाले अध्यक्ष केपी ओलीलाई गृहजिल्लामा कालाे झण्डा र ढुंगा प्रहार
निकासखबर संवाददाताकाठमाडौं । झापाको बुद्धशान्ति गाउँपालिकामा कोशी नाम खारेज गर्दै पहिचानको आधारमा नामकरण गर्न माग गर्ने समूहले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई कालोझण्डा देखाएका छन् । एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने बुद्धशान्ति गाउँपालिकास्थित कार्यक्रमस्थलतर्फ जाने क्रममा उनलाई कालोझण्डा देखाइएको हो । ओली कार्यक्रमस्थलतर्फ जाने क्रममा कालो झण्डा देखाउँदै पहिचान पक्षधरले ढुंगा प्रहार गरेपछि प्रहरीले लाठीचार्ज गरेको थियो । प्रदर्शनकारीहरुको ढुंगा लागेर दुई प्रहरी घाइते भएका छन् । इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक अनिल माबुहाङ र प्रहरी सहायक हवल्दार सुदिन राजवंशी घाइते भएकोजिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख एसपी दुर्गाराज रेग्मीले जानकारी दिए । ओली बुद्धशान्तिस्थित रामजानकी मन्दिरमा कार्यकर्ता भेटघाटको…

