खबर
धरानमा खानेपानीको हाहाकार
निकासखबर संवाददाताधरान । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले जनश्रमदानबाट नगरवासीलाई पानीको अभाव हुन नदिएको दावी गरेपनि अहिले धरानका प्रायः वडाहरूमा खानेपानीको चरम् अभाव भएको देखिएको छ । धेरै वडाका स्थानीयले हप्तौंदेखि पानी नआएको बताएका छन् । धरान–११ स्थित ऐश्वर्य मार्गका दिलकुमार भूजेलका अनुसार चैतदेखि नै पर्याप्त मात्रामा पानी आएको छैन । वैशाखदेखि त झनै पानी आउन छाडेको स्थानीय बताउँछन् । पानीको चरम् अभाव भएकोले साथीभाइको शौचालय धाउनुपर्ने अवस्था रहेको उनको भनाइ छ । धरान–७ शान्तिपथका स्थानीयको धारामा १० दिनदेखि पानी झरेको छैन । पानी नझरेपछि स्थानीयहरू पानी किनेर प्रयोग गर्न बाध्य छन् । धरान–७ का स्थानीय विमल श्रेष्ठले पानी नआएपछि…
कम्युनिष्ट पार्टी स्थापना दिवशः
शिवप्रसाद ढुंगानाओखलढुंगा । वाम बुद्धिजीवि तथा विष्लेषक श्याम श्रेष्ठ र लोककृष्ण भट्टराईले नेपालमा एउटै कम्युनिष्ट पार्टी बन्ने आधार रहेका बताएका छन् । विष्लेषकद्वय भट्टराई र श्रेष्ठले जनमत कम्युनिष्ट पार्टीहरुको धेरै रहेको अवस्थामा शासन सत्तामा भने गैर कम्युनिष्टहरुको हालीमुहाली हुनु मुलुकको हितमा नभएको उनीहरुको ठहर छ । कम्युनिष्ट पार्टी स्थापनाको ७४ वर्ष पुगेको अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठान र नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठानले संयुक्त रुपमा आयोजना गरेको विचार गोष्ठीमा उनीहरुले देशमा एउटै कम्युनिष्ट पार्टी बनाउने अवस्था नरहेका न्यूनतम साझा समाजवादी कार्यक्रम तयार पारेर कम्युनिष्ट महासंघ निर्माण गर्न सकिने बताएका हुन् । एउटै पार्टी वा महासंघमा अटाउन नसकिएमा देशमा दुईवटा मात्रै कम्युनिष्ट पार्टी बनाउनु…
आचारसंहिता उल्लंघन गरेको स्वीकार गर्दै रविले मागे माफी
निकासखबर संवाददाताकाठमाडौं । चितवन–२ मा रोकिएको मतदान सुचारु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले आचारसंहिता उल्लंघन गरेको स्वीकार गरेर चितवन–२ को उपनिर्वाचनका उमेदवार रवि लामीछानेले माफी मागे पछि मतदान सुचारु भएको हो। रास्वपाले आचारसंहिता उल्लंघन गरेको स्वीकार गरेर उनले माफी मागेका हुन् । माफी मागेर निर्वाचन आयोग पठाउने सहमतिपछि मतदान सुचारु भएको हो । मतदान रोकिएपछि बसेको सर्वदलीय बैठकमा सहमति जुटेपछि अवस्था सहज बनेको छ । नेपाली सेनासहित प्रहरीले मतदान केन्द्रमा कडा सुरक्षा व्यवस्था मिलाएको छ । मतदान केन्द्रको ३ सय मिटर वरपर क्षेत्रमा कडा सुरक्षा व्यवस्था मिलाउने पनि सहमति भएको छ। यहाँ साढे ३ घन्टा मतदान रोकिएको थियो। चितवन–२ को…
यात्री मोटरसाइकल दर्ता गर्न प्रधानमन्त्रीले दिए निर्देशन
निकासखबर संवाददाताकाठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यात्री लगायत नेपालमा उत्पादन भएका सवारी साधनको दर्ता गर्ने कानुनी व्यवस्था मिलाउन निर्देशन दिएका छन् । नेपालमा उत्पादन भएको यात्री मोटरसाइकलको दर्ता हुन नसकेको भन्ने तथ्य सार्वजनिक भएपछि प्रधानमन्त्री प्रचण्डले मुख्य सचिव शंकरदाश बैरागीलाई आवश्यक कानुनी व्यवस्था मिलाउन निर्देशन दिएका हुन् । ‘यात्रीलगायत नेपालमा उत्पादित सवारी साधन दर्ता नभएको भन्ने गुनासोलाई गम्भीरतापूर्वक लिएको छु। सवारी साधन दर्ता एवं स्वदेशी उत्पादनलाई प्रवर्धन गर्नेगरि तत्काल कानुनी प्रबन्धको प्रक्रिया अगाडि बढाउन नेपाल सरकारका मुख्यसचिवमार्फत् सम्बन्धित निकायलाई निर्देशित गरेको छु,’ प्रधानमन्त्री प्रचण्डले सामाजिक संजाल मार्फत जानकारी दिएका छन् ।
राज्यबाट लखेटिएकी कृष्णकुमारी परियार
निराजन पौडेलकाठमाडौं । कृष्णकुमारी परियार उमेर ७३ वर्षकी एकल महिला हुन् । काठमाडौं महानगरले सम्पत्ति खोसेपछि पीडित बनेकी उनको परिचय यति नै काफी छ । नागरिकतामा घर बानेश्वर उल्लेख छ । तर, अहिले उनको त्यो ठेगाना र परिचय पनि महानगरले भत्काइदियो । बानेश्वर चोकको मुख्य सडकमा करोडौंको सम्पत्ति भएकी कृष्णकुमारी हाल अरूको घरमा शरण लिने अवस्थामा पुगेकी छन् । महानगरका मेयर बोलन शाहको ठाडो निर्देशनमा घर भत्किएपछि उनले सबै गुमाएकी छन् । ‘परिवार छिन्नभिन्न भए, सम्पत्तिको टुक्रो (जमिन) पनि मेयरको डोजरले खाइदियो,’ कृष्णकुमारीले भनिन् । महानगरले घर भत्किएपछि छोरा र बुहारी बिदेसिए । हातमा जग्गाको लालपुर्जा छ तर, साथमा जमिन छैन…

