खबर
सन्दर्भः २४ औं मनमोहन अधिकारी स्मृति दिवस
मनाेज भट्टराईनेपालका पूर्व प्रधानमन्त्री¸ प्रजातान्त्रिक योद्धा तथा राजनीतिज्ञ हुन मनमोहन अधिकारी । यिनी विश्वकै इतिहासमा पहिलो निर्वाचित कम्युनिष्ट प्रधानमन्त्री थिए । उनी नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य रहेका थएि । वि.सं.२०४६ को जनआन्दोलन ताका नेकपा माक्र्सवादीका अध्यक्ष रहेका अधिकारी २०४७ मा नेकपा मालेसँग पार्टी एकीकरण भएपछि नेकपा एमालेको समेत संस्थापक अध्यक्ष बन्न पुगे । २०५१ को मध्यावधि निर्वाचनमा कुनै पार्टीको स्पष्ट बहुमत नआएपछि सबैभन्दा ठूलो दल नेकपा एमालेको तर्फबाट उनी प्रधानमन्त्री बनेका थिए । उनको सरकार बनेको ९ महिनापछि नेपाली कांग्रेसले उनी अस्पतालको शैयामै भएको समयमा अविश्वासको प्रस्ताव ल्याएर गिराएको थियो । अत्यतै लोकप्रिय सरकारको रुपमा स्थापित उनको सरकारको ९ महिने…
सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपाको तयारी
निकासखबर संवाददाताकाठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । माघ २२ गते सरकारलाई दिएको समर्थन कायम राख्दै सरकारबाट बाहिरिएको रास्वपाले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको हो। चितवन-२ बाट निर्वाचित भएपछि रास्वपा सभापति रवि लामिछानेले मंगलबार संचारकर्मीसँग कुरा गर्दै सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गर्ने बताएका थिए। उनले सरकारको काम चित्त बुझ्दो नभएको भन्दै सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गर्ने बताएका थिए। उपनिर्वाचन अघिसम्म सरकारलाई दिएको समर्थन कायम रहने बताएको रास्वपाले उपनिर्वाचन लगत्तै सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको हो । रास्वपा प्रवक्ता मुकुल ढकालले सरकारलाई दिएको समर्थन फिर्ता हुन सक्ने बताए। पार्टीभित्र सरकारलाई दिएको…
सर्वोच्चको आदेश बाघदरबारमा, बालेन भन्छन्– ‘आदेशको परिपालना गर्न प्रतिबद्ध छौँ’
निकासखबर संवाददाताकाठमाडौं । सर्वोच्च अदालले सिंहदरबारको फोहोर तत्काल उठाउन गरेको अन्तरिम आदेश काठमाडौं महानरपालिकाले प्राप्त गरेका छ । सर्वोच्चको उक्त आदेश काठमाडौं महानरले आज ९सोमबार० प्राप्त गरेको हो । आदेशको पालना गर्न आफूहरु प्रतिबद्ध रहेको महानर प्रमुख बालेन्द्र शाहले बताएका छन् । ‘सम्मानित अदालतले दिएको आदेशको परिपालना गर्ने सन्दर्भमा हामी प्रस्ट, प्रतिबद्ध र दृढ छौँ,’– बालेनले लेखेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्ः ‘सिंहदरबार समेतको फोहरमैला नउठेको सम्बन्धमा सम्मानित अदालतको अन्तरिम आदेश प्राप्त गरेका छौँ । निश्चित क्षेत्रको फोहरमैला नउठेको बिषय अदालतमा प्रवेश पाउँनु र सर्वोच्च अदालतबाट फोहरमैला उठाउन आदेश दिइनुले नागरिकको स्वच्छ र स्वस्थ ठाउँमा बस्न पाउने अधिकारको गम्भीरता…
कांग्रेसको गढ तनहुँमा वाग्लेको लोकप्रिय मत
निकासखबर संवाददाताकाठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि तीन क्षेत्रमा आइतबार भएको उपनिर्वाचनको नतिजा आउनेक्रम जारी रहेको छ । पछिल्लो मतपरिणामअनुसार तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले सुरूवाती अग्रता फराकिलो बनाउँदै लगेका छन् । दिउँसो १ बजे सम्मको मतपरिणाम आउँदासम्म वाग्ले १२ हजार ७०५ मतसहित अग्रता लिएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई ७ हजार ६४७ मतसहित पछ्याईरहेका छन् । यसैगरी एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ४ हजार २२० मत पाएका छन् । वाग्ले निकटतम प्रतिद्वन्द्वीभन्दा ५ हजार ५८ मतान्तरले अगाडि छन् । एमालेका उम्मेदवारले पाएको भन्दा उनी ८ हजार ४८५ ले बढी हो । मतपरिणाम हेर्दा वाग्लेका…
तनहुँ १ उपनिर्वाचनः १३ हजार मत गन्दा वाग्लेले कटाए सात हजार मत
निकासखबर संवाददाताकाठमाडौं । आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा स्वर्णिम वाग्लेले दोब्बर भन्दा बढी मतले अग्रता लिएका छन्। गए राति ११ः४५ बजेदेखि मतगणना सुरु भएकामा आज बिहान ७ः४५ बजेसम्म १३ हजार ६५ मतगणना हुँदाको नतिजाअनुसार रास्वपाका डा वाग्लेले सात हजार २९३ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका गोविन्द भट्टराईले ३ हजार २३४ र नेकपा एमालेका सर्वेन्द्र खनालले २ हजार १३४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिए । तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत ४२ वडामा ६३ हजार सात सय ५७ मत खसेको थियो । जिल्ला समन्वय समितिको…

