खबर

झिमरुकमा डोको बुन्ने प्रतियोगिता सम्पन्न
निकासखबर संवाददाता

प्युठान। नयाँ वर्षको अबसरमा प्युठानको झिमरुक गाउँपालिका–५ ओखरकोटमा डोको बुन्ने प्रतियोगिता, परम्परागत घरेलु सामग्री प्रदर्शन तथा लोकनृत्य प्रतियोगिता शनिबार सम्पन भएको छ। स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने, स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने तथा सास्कृतिक सङ्ग्रहालय निर्माण गर्ने लक्षका साथ परम्परागत घरेलु सामग्री प्रदर्शन गरिएको आयोजकले जनाएको छ। ओखरकोट चोयाचित्र उद्योगले आयोजना गरेको डोको बुन्ने प्रतियोगिता परम्परागत घरेलु सामग्री प्रदर्शन तथा लोकनृत्य प्रतियोगिता कार्यक्रममा डोको बुन्ने कार्यक्रम विशेष आकर्षक बनेको थियो। जिल्ला समन्वय समिति प्युठानका अध्यक्ष धरमबहादुर जीसीले स्थानीय उद्योगले तयार पारेका सामग्रीहरु स्थानीय तहहरुले कार्यालय प्रयोजन तथा अन्य कामका लागि खरिद गरी सहयोग गर्न आग्रह गरेका थिए। स्थानीय उत्पादन बाँसको सदुपयोग…

सातै प्रदेशमा डिजिटल प्रदेश संवाद हुँदै, डिजिटल सक्षमताको मापन गर्ने प्रयास
निकासखबर संवाददाता

काठमाडौं ।  सातै प्रदेशमा डिजिटल प्रदेश संवाद आयोजना हुने भएको छ । आइसिटी फाउन्डेसन नेपालको आयोजनामा आगामी वैशाख ४ गतेदेखि कोशी प्रदेशबाट डिजिटल प्रदेश संवाद कार्यक्रम सुरू हुँदैछ । डिजिटल प्रदेश संवादमा प्रदेशको डिजिटल अवस्था बारे प्रदेश सरकार, जनप्रतिनिधि, सरोकारवाला र सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधिबीच वृहत छलफल हुनेछ । हरेक प्रदेशमा २ जना बिषय बिज्ञबाट कार्यपत्र प्रस्तुतिको कार्यक्रम रहेको छ भने प्रदेश सरकारका मन्त्रि र मुख्यमन्त्रिको सहभागितामा प्यानल सेसन संचालन हुनेछ । संवादमा सम्बन्धित प्रदेशको डिजिटल अवस्था, आगामी दिनमा लिनुपर्ने नीति तथा कार्ययोजना बारे पनि महत्त्वपूर्ण बहस हुने आइसिटी फाउन्डेसन नेपालका अध्यक्ष राजन लम्सालले जानकारी दिए । यस…

४५ दिने निःशुल्क शिक्षक सेवा आयोगका तयारी कक्षा सञ्चालन गर्दै युएण्टो
निकासखबर संवाददाता

काठमाडौं । नेकपा माओवादी निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन युएण्टोले शिक्षक सेवा आयोगको आधारभूत तह(१८ कक्षा)परीक्षालाई लक्षित गर्दै ४५ दिने अनलाइन निशुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको छ । युएण्टो केन्द्रीय समितिको आयोजनामा सञ्चालन हुन लागेको सो अनलायन तयारी कक्षा आगामी आइतबारदेखि शुरु हुने संगठनका अध्यक्ष शंकर अधिकारीले जानकारी दिए । उनका अनुसार ४५ सेसनमा चल्ने उक्त तयारी कक्षा दैनिक १ घण्टा ३० मिनेटको हुनेछ । दैनिक लोकसेवा र शिक्षक सेवा आयोगका ख्याति प्राप्त विज्ञ, प्रशिक्षक, पुस्तक लेखकहरुद्वारा सहजीकरण उक्त अनलाइन तयारी कक्षामा देशभरबाट जोडिन सकिनेछ । दैनिक हाजिरी हुने व्यवस्था गरिएको छ भने नियमित ३ दिनसम्म अनुपस्थित हुनेलाई…

पीएसओकाे पेस्तोल असमाधानीका कारण पड्कदा वर्षमान पुनकी आमा घाइते
निकासखबर संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुनकी आमा  पीएसओले बोकेको पेस्तोल असमाधानीका कारण पड्कदा घाइते भएकी छन् ।  शुक्रबार राती १० बजे पीएसओ प्रकाश पुनले बोकेको पेस्तोल असमाधानी पूवर्क पड्कदा पुनको आमा घाइते भएकी हुन् । उनकाे खुट्टामा चोट लागेको छ ।  उनको अहिले  ट्रमा सेन्टरमा उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ । साथै उनको अवस्था अहिले सामान्य रहेको अस्पताल स्राेतले जनाएकाे छ ।

सिरहामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
निकासखबर संवाददाता

सिरहा । हात्तीको आक्रमणबाट सिरहामा शुक्रबार राति एक जनाको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट शुक्रबार राति गोलबजार नगरपालिका–३ गोला मुक्सारका ७४ वर्षीय तुलबहादुर आले मगरको मृत्यु भएको हो । छिमेकी घनश्याम आले मगरका अनुसार नयाँ वर्षको अवसरमा गाउँमा आयोजित नाच हेर्न जाने क्रममा राति घरनजिकै हात्तीको आक्रमणमा ७४ वर्षीय तुलबहादुर आले मगर परेका थिए । सिरहाको उत्तरवर्ती चुरे क्षेत्रमा अवस्थित गोला मुक्सारमा उनीसँगै छिमेकी हर्कमान राईसहित चार जना राति साढे १० बजे नाच हेर्न निस्केका थिए । घरबाट निस्कनेबित्तिकै बाटोमा जंगलबाट आएको हात्तीले आक्रमण गर्दा प्रकाश श्रेष्ठ, बमबहादुर थापासहति आफूहरुले भागेर ज्यान जोगाएको सँगै नाच हेर्न गएका हर्कमान राईले…