खबर

शताब्दी पुरुष सत्यमोहनकी पत्नी राधा जोशीको निधन
निकासखबर संवाददाता

काठमाडौं । शताब्दी पुरुष स्व. सत्यमोहन जोशीकी पत्नी राधा जोशीको निधन भएको छ । जाेशीकाे आज बिहान ५ बजेर ५६ मिनेटमा सय वर्षकाे उमेरमा ललितपुरको इमाडाेलस्थित किष्ट मेडिकल तथा शिक्षण अस्पतालमा निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि किष्ट अस्पतालमा भर्ना भएकी उनकाे उपचारको क्रममा बिहान निधन भएकाे अस्पतालकी पब्लिक रिलेसन अफिसर विपना घिमिरेले बताइन् । यसअघि गत वर्ष असोज ३० गते जोशीको पति सत्यमोहन जोशीको निधन भएको थियो ।

एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत विहिन दोलखाको तामाकोशी गाउँपालिका
निकासखबर संवाददाता

दोलखा । दोलखाको तामाकोशी गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृत नभएपछि पालिकाको आर्थिक कारोवार एक महिनादेखि ठप्प भएको छ । प्रमुख प्रशासकिय अधिकृत नेत्र गिरी गत चैत २ गते सरुवा भएर गएसँगै तामाकोशी गाउँपालिका एक महिना दिनदेखि प्रशासकिय अधिकृत विहिन बनेको हो । प्रमुख प्रशासकिय अधिकृत नभएपछि गाउँपालिकाको दैनिक कामकाज सञ्चालन, योजना सम्झौता, अनुगमनदेखि आर्थिक कारोवार पुर्ण रुपमा ठप्प बनेको छ । एक महिनासम्म प्रमुख प्रशासकिय अधिकृत नहुँदा विशेष गरी विकास निर्माणका योजना प्रभावित भएका छन् । चालु आर्थिक वर्ष सकिन अब तीन महिना मात्रै समय बाँकी रहँदा पालिकामा धमाधम विकास निर्माणका काम भइरहेको छ । तर प्रमुख प्रशासकिय अधिकृत नहुँदा सम्पन्न…

देशको समृद्धिका लागि चरित्रवान नेतृत्व आवश्यक हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ
निकासखबर संवाददाता

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक रुपान्तरण र समृद्धिका लागि चरित्रवान नेतृत्वको आवश्यक हुने बताएका छन् । प्रर्दशनीमार्गस्थित राष्ट्रियसभागृहमा आज आयोजित धम्मवती गुरुमा विशेष सामूहिक धम्मपूजामा उनले सचरित्रवान व्यक्तिलाई राजनीतिमा स्थापित गर्न सकेमात्र प्रणाली र व्यवस्था परिवर्तनको जनताले महशुस गर्न सक्ने बताए । । “राजनैतिक प्रणाली र व्यवस्था परिवर्तनले मात्र पुग्दैन । आजको प्रदूषित राजनीतिलाई सफा गर्न जरुरी छ,” उपप्रधानमन्त्री श्रेष्ठले भने, “चरित्रवान, स्वच्छ र निस्वार्थ व्यक्तिलाई राजनीतिमा स्थापित गरेर र राजनीतिलाई सफा गरेर मात्र समाजको रुपान्तरण र समृद्ध नेपाल बनाउन सक्छौँ ।” उनले नेतृत्वको चरित्र निर्माणका लागि बौद्धशिक्षा महत्त्वपूर्ण हुने बताए । उनले गृह मन्त्रालयअन्र्तगत ध्यानको शिविर…

राप्रपा अध्यक्ष लिङ्देनले गरे ८४ पटक रक्तदान
निकासखबर संवाददाता

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले ८४ औं पटक रक्तदान गरेका छन् ।  राप्रपासंग आबद्ध राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान एवं रक्तदान कार्यक्रममा रक्तदान गर्दै उनले ८४ औं पटक रक्तदान गरेका हुन् । राप्रपा अध्यक्ष  लिङ्देनले रक्तदान गरि  शुभारम्भ गरेकाे कार्यक्रममा दर्जनाैंले रक्तदान गरेका छन् । रक्तदान जस्तो पवित्र कार्यबाट वर्षको शुरुआत गर्न पाएकोमा प्रसन्नता व्यक्त गर्दै अध्यक्ष लिङ्देनले नयाँ वर्षको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना समेत व्यक्त गरे । युवा संगठनद्वारा आयोजित कार्यक्रममा अध्यक्ष लिङ्देन, महामन्त्री डा.धवल शमशेर राणा, प्रवक्ता मोहन श्रेष्ठ, सांसद बिना लामा, सनातन धर्म संस्कृति संगठनका अध्यक्ष पुष्पराज पुरुष, युवा संगठन…

जनताको भेटघाटलाई सहज र व्यवस्थित गर्न प्रधानमन्त्रीको निर्देशन
निकासखबर संवाददाता

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासँगको भेटघाटलाई सहज र व्यवस्थित गर्न निर्देशन गरेका छन् । पार्टी र सरकारका कामकारबाहीलाई व्यवस्थित गर्न बनेको कार्यविधि कार्यान्वयनको सुरुवात गर्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा आयोजित कार्यक्रमलाई आज बिहान सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । उनले भने, ‘सरकार र पार्टीको कामलाई योजनावद्ध र व्यवस्थित गर्न तयार भएको कार्यविधि अनुसार आजबाट भेटघाटको सुरुवात भएको छ । सामान्य किसानदेखि कार्यकर्तासम्मले आफ्नो प्रधानमन्त्री भेट्ने वातावरणका लागि बनेको यस कार्यविधिलाई यान्त्रिक नबनी कार्यन्वयनमा आवश्यक कला र लचकता अपनाउँदै व्यावहारिक रुप दिन आग्रह गर्दछु ।’ उनले अब पार्टीभित्र नेताको मन…