खबर
नागरिकता विधेयक अगाडि बढ्छः गृहमन्त्री श्रेष्ठ
निकासखबर संवाददातारुपन्देही । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अहिलेको गठबन्धनले नै देशमा स्थायित्व दिने र सरकारले पूर्णता पाएसँग सरकार र आफ्नो मन्त्रालयले देखिने गरी काम गर्ने बताएका छन् । प्रेस सेन्टर रुपन्देहीले आज भैरहवामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले यस्तो बताएका हुन् । सरकारले १ सय दिन पूरा गर्दा पनि प्रभावकारी काम गर्न नसकेको र सरकारको स्थायित्वका आधारका विषयमा पत्रकारहरूको जिज्ञासामा श्रेष्ठले भने, ‘यसअघिको गठबन्धनमा समस्या थियो, त्यसबाट स्थायित्व सम्भव थिएन, अब त्यो समस्या हटेको छ, अब हामीले मूर्तरूपमा काम गर्न पाउनेछौँ ।’ यसअघि संसदमा रोकिएको नागरिकता विधेयकलाई अब अगाडि बढाउने उनले जनाएका छन् । ‘मैले गृह मन्त्रालय सम्हालेको दिन भनेको…
विराटनगरमा गुट्खा, खैनी र चुरोट निषेध
निकासखबर संवाददाताविराटनगर । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले नयाँ वर्षको वैशाख १ गतेदेखि सार्वजनिक स्थलहरूमा धूम्रपान, खैनी, चुरोट, पानपराग, गुट्खालगायतको सेवन गर्न निषेध गर्ने भएको छ । गत पुस २७ गते बसेको नगरसभाको निर्णयअनुसार महानगर क्षेत्रभित्र धूम्रपानदेखि प्रेसर हर्न बजाउन निषेध नो हर्न गर्न लागिएको महानगरका प्रमुख नागेश कोइरालाले जानकारी दिए । ध्वनि प्रदूषण नियन्त्रण गर्ने महानगरको योजनाअन्तर्गत सवारी साधनको प्रेसर हर्न बजाउन निषेध गर्न लागिएको उनको भनाइ छ । केही हप्ताअघि महानगरले धार्मिक सङ्घसंस्था, साउन्ड सिस्टम प्रतिनिधिलगायतलाई बोलाएर ध्वनि प्रदूषण नियन्त्रण एवम् धूम्रपान र गुट्खा, खैनी खाएर सहर फोहोर गर्ने गरेका विषयमा छलफल गरेको थियो…
सभामुख निवास तीन शीर्षनेताको बैठक
निकासखबर संवाददाताकाठमाडौं । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रमुख तीन दलका शीर्षनेताको बैठक सभामुख देवराज घिमिरेको बालुवाटारस्थित निवासमा बिहान १०ः३० बजेबाट सुरु भएको छ । बैठकमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सहभागी रहेका छन् । त्यसैगरी बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद ईश्वरी न्यौपाने, महान्यायाधिवक्ता दीनमणि पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडालको पनि सहभागिता रहेको प्रधानमन्त्री दाहालको सचिवालयले जानकारी दिएको छ । मुलुकको राजनीतिक परिवर्तनमा एकताबद्ध भएका प्रमुख राजनीतिक दल सङ्क्रमणकालीन न्यायको विषयलाई निष्कर्षमा पुर्याउने विषयमा…
सरकारी सञ्चारमाध्यमलाई बदलिँदो परिस्थितिअनुसार अगाडि बढाइनुपर्छ : सञ्चारमन्त्री
निकासखबर संवाददाताकाठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी सञ्चारमाध्यमलाई बदलिँदो परिस्थितिअनुसार अगाडि बढाइनुपर्ने बताएकी छन् । प्रतिनिधिसभाको आजको बैठकमा पेस भएको ‘सार्वजनिक प्रसारण सेवा विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले सिर्जनात्मक ढङ्गले निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्नसक्ने गरेर सरकारी सञ्चारमाध्यमलाई अगाडि बढाइनुपर्ने बताएकी हुन् । “निजी क्षेत्रसँग ‘कन्टेन्ट’मा प्रतिस्पर्धा गर्नसक्ने बनाउनुपर्छ भन्ने म सहमत छु । कन्टेन्टका रूपमा छलफल गरौँला, नीतिगतरूपमा प्रतिस्पर्धा गर्न लायक संस्था हामी बनाऔँ । कहाँनेर कमजोरी छ, दफाबार छलफलका क्रममा अगाडि बढौँ”, उनले भनिन् । विधेयकमा नेपाल टेलिभिजन र रेडियो नेपालको सञ्चालनका लागि राज्यको दायित्वबाट वञ्चित नगरिएको उल्लेख…
कोशी प्रदेशको नाम खारेजीका लागि संघर्ष समिति गठन
निकासखबर संवाददाताखोटाङ । कोशी प्रदेशको नाम खारेजीको मागमा आन्दोलन चर्काउनका लागि खोटाङमा एक हजार २०३ सदस्यीय पुनः नामांकन संयुक्त संघर्ष समिति गठन गरिएको छ । कोशी नाम खारेज गरी किरात प्रदेश नामाकरण गराउन दबाबमूलक आन्दोलनलाई सशक्त बनाउनका लागि किरात राई यायोक्खाका अध्यक्ष युगसन किरातको संयोजकत्वमा पुनस् नामांकन संयुक्त संघर्ष समिति गठन गरिएको हो । आइतबार ज्येष्ठ अगुवा पर्खनबहादुर राईको अध्यक्षतामा बसेको आदिवासी जनजाति महासंघ, यायोक्खा, जातीय संगठन, पहिचान पक्षधर दल, सामाजिक संघसंस्था, नागरिक समाज लगायत सम्मिलित बैठकले पुःन नामांकन संयुक्त संघर्ष समिति गठन गरेको हो । बैठकको निर्णय सोमबार दिक्तेलमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको छ । संघर्ष समितिको सह–संयोजकमा नेकपा…

