खबर

सगरमाथाकाे बेसक्याम्पमा हिमपहिरो: ३ शेर्पा आरोहीको मृत्यु
निकासखबर संवाददाता

सोलुखुम्बु । सगरमाथा आरोहणका क्रममा हिमपहिरोमा परी ३ जना शेर्पाको मृत्यु भएको छ । खुम्बु आइसफल भत्किएर हिमपहिरो जाँदा क्याम्प–१ भन्दा तल हिउँमा पुरिएर खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ का तीन जना शेर्पा आरोहीको मृत्यु भएको हाे । सगरमाथाको ५ हजार ७ सय मिटरको उचाइमा हिमपहिरोमा परी मृत्यु हुनेहरूमा तेन्जिङ शेर्पा, लाक्पा रिता शेर्पा र बादुरे शेर्पा रहेका सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिए । इम्याजिन ट्रेक प्रा.लि.बाट सगरमाथा आरोहणमा गाइडको भूमिकामा रहेका बुधबार बिहान मृत्यु भएको हो । बिहान एक्कासी आएको पहिरोका कारण मृतकको शव खोंचमा पुरिएको छ । शव निकाल्न हेलिकोप्टर पठाउने तयारी भइरहेको प्रहरीको भनाइ…

सिन्धुलीमा कार दुर्घटना- मृत्यु भएका सबैको सनाखत
निकासखबर संवाददाता

काठमाडौं । आज विहान सिन्धुलीमा भएको भारतीय कार दुर्घटनामा मृत्यु भएका सबै व्यक्तिको पहिचान खुलेको छ । भारतीय नम्बर प्लेटको कार विपी राजमार्गको सिन्धुलीमाडी-खुर्कोट खण्डको कमलामाई नगरपालिका -४ सोलाभन्ज्याङमा दुर्घटना हुँदा चार जना भारतीय नागरिकको मृत्यु भएको थियो । प्रहरीका अनुसार मृत्युहुने सबै भारत विहारका हुन जसमा अभिषेक ठाकुर, मुकेशकुमार चौधरी ,मुत्यैजकुमार फुलहारा,र राजेशकुमार सिंह रहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार पूर्वबाट काठमाडौं जाँदै गरेको बी आर डीडी ०६८७ भारतीय नम्बरको कार सडकबाट करिब पाँच सय मिटर तल खसेर दुर्घटना हुँदा घटनास्थलमा तीन जना र सिन्धुली अस्पतालमा एक गरी चार जनाको मृत्यु भएको हो ।

संसद विघटन गरेर मध्यावधी चुनावमा जाने दाउमा एमाले
निकासखबर संवाददाता

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले संसद विघटन गर्ने दाउमा रहेको आरोप लगाएका छन् । बुधबार सुनसरीको इनरुवामा सञ्चारकर्मीहरूसँगको भेटमा नेता नेपालले एमाले संसद विघटन गरी मध्यावधी चुनावमा जाने दाउमा रहेको आरोप लगाएका हुन् । ‘एमाले भित्र अब अहिले प्रतिनिधि सभालाई फेरि पनि विघटन गर्न सकिने हुन्छ। विघटन गर्न सकिन्छ। मध्यावधीको अवस्थामा जान सकिन्छ भन्ने सोच हामीले सुनेका छौँ ।’ अध्यक्ष नेपालले भने, ‘त्यो बाटोमा त हामी जान सक्दैनौँ। संविधान मिच्ने कुरालाई हामी समर्थन गर्न सक्दैनौँ ।’ एमालेको सोचलाई पूरा हुन नदिने नेपालको भनाई छ । उनले संविधान मिच्ने कुरालाई आफूले समर्थन गर्न नसक्ने बताए। उनले…

सिन्धुलीमा कार दुर्घटना हुँदा ४ जनाको मृत्यु
निकासखबर संवाददाता

सिन्धुली । बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–३ मा पर्ने गढी गेट नजिक भारतीय कार दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ । गएराति साढे १२ बजे पूर्वबाट काठमाडौंतर्फ जाँदै गरेको बीआर ०६ डिडि ०६८७ नं. भारतीय कार सडकबाट ५ सय फीट तल खसेर दुर्घटना भएको हो । ५ जना सवार कारमा ३ जनाको घटनास्थलमै ज्यान गएको र २ जनाको उद्धार गरि उपचारका लागि सिन्धुली अस्पतालमा ल्याइएकोमा १ जनाको अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए । घाइते अर्का एक जनाको उपचार भइरहेको छ । दुर्घटनामा परेका कसैको पनि परिचय खुल्न नसकेको प्रहरीले…

माेरङमा सुरक्षित गर्भपतनसम्बन्धी प्रशिक्षण सुरु
निकासखबर संवाददाता

माेरङ । सुरक्षित गर्भपतन अपराध नभइ अधिकार भएको आज यहाँ सहभागीहरुले धारणा राखेका छन्। कोशी प्रदेश स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय धनकुटाद्वारा आज विराटनगरमा आयोजित तीनदिने सुरक्षित गर्भपतनसम्बन्धी मूल्यमान्यता र व्यवहार रुपान्तरणसम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिममा सहभागीहरुले उक्त विचार राखेका हुन् । प्रदेशका १४ जिल्लाका जिल्ला अस्पताल एवम् स्वास्थ्य कार्यालयका चिकित्सहरुलाई सुरक्षित गर्भपतन सम्बन्धमा पालिकास्तरमा रहेका हेल्थ पोष्टका स्टाफ नर्स, स्वास्थ्यकर्मीहरुलाई सुरक्षित गर्भतन सम्बन्धमा प्रशिक्षण दिई उनीहरुमार्फत नागरिकमा जनचेतना फैलाउनु कार्यक्रमले उद्देश्य लिएको छ । गर्भवतीको मञ्जुरीले १२ हप्तासम्मको गर्भ सुरक्षित गर्भपतन गराउने, विशेष अवस्थामा चिकित्सकको सल्लाहमा २८ हप्तासम्मको गर्भपतन गराउने विषयमा प्रशिक्षण दिइने कार्यक्रम रहेको छ । सो अवसरमा स्वास्थ्यमन्त्री निर्मला…